back
NMB ad

सरकारले बनाउँदै छ यस्तो नयाँ कानुन, यस्ता कर्मचारीलाई सेवाबाट बर्खास्त गर्ने

Kumari bank ad

काठमाडौं । बहुविवाह गर्ने निजामति कर्मचारीलाई सेवाबाट बर्खास्त गर्ने गरी सरकारले कानुन बनाउने प्रस्ताव गरेको छ ।

सरकारले संघीय निजामति सेवाको गठन, सञ्चालन र सेवाका शर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकमा यस्तो व्यवस्था थप गर्ने गरी प्रतिवेदन तयार पारेको छ ।

संसदको राज्य व्यवस्था तथा सुशासन समितिमा विधेयकको मस्यौदा प्रतिवेदन विचाराधीन छ । मस्यौदा प्रतिवेदनमाथि छलफल गर्न समितिले सोमबार संघीय मामला तथा सामान्य प्रशासनमन्त्री हृदयश त्रिपाठीलाई आमन्त्रण गरेको छ ।

फौजदारी संहितामा अघिल्लो विवाह कायम रहँदा रहँदै अर्को विवाह गरे स्वतः बदर हुने ब्यवस्था छ । बहुविवाहलाई निरुत्साहित गर्ने भन्दै सरकारले निजामति सेवासम्बन्धी विधेयकमा फौजदारीसंहितामा जस्तै ब्यवस्था राख्न खोजेको छ ।

अर्थात, फौजदारी संहिताअनुसार अघिल्लो विवाह कायम रहँदा रहँदै अर्को विवाह गरे त्यस्तो विवाह स्वतः बदर हुने छ भने, संघीय निजामति सेवामा राख्न प्रस्तावित व्यवस्थाअनुसार त्यस्ता व्यक्ति निजामति कर्मचारी रहेछन् भने जागिर बर्खास्तीमा पर्नेछन् ।

प्रचलित कानुनमा बहुविवाह गर्नु हुँदैन भन्ने उल्लेख भए पनि बहुविवाह गरे के कारवाही गर्ने ? भन्ने प्रष्ट व्यवस्था थिएन ।
यससम्बन्धी संशोधन प्रस्तावमा भ्रष्टाचार गरेमा, विदेशको स्थायी अनुमतिपत्र लिएमा वा लिनको लागि आवेदन दिएमा, बहुविवाह गरेमा, जासुसीसम्बन्धी कसुर गरेमा, नागरिकता, उमेर र योग्यता ढाँटेर जागिर खाएमा, शरीर बन्धक, बहुविवाह, जवरजस्ती करणी तथा नैतिक पतन देखिने फौजदारी अभियोगमा अदालतबाट कसुरदार ठहरिएमा त्यस्ता कर्मचारीलाई सेवाबाट बर्खास्त गर्ने उल्लेख छ ।

 

वि.सं.२०७६ मंसिर १५ आइतवार १४:०१ मा प्रकाशित

You can share this post!

नेपाल ‘आइटी हव’का रूपमा विकास हुँदैछ : रेखा शर्मा, सञ्चार तथा सूचना प्रविधिमन्त्री

नेपाल ‘आइटी हव’का रूपमा विकास हुँदैछ : रेखा शर्मा, सञ्चार तथा सूचना प्रविधिमन्त्री

वि.सं.२०८१ वैशाख २० बिहीवार १३:४४

‘समृद्ध नेपालको आधार, सूचना प्रविधि र सञ्चार’ नाराका साथ आज...

सोलुखुम्बुमा डढेलोले दश घर जले, दर्जनौँ पशुचौपाया हताहत   

सोलुखुम्बुमा डढेलोले दश घर जले, दर्जनौँ पशुचौपाया हताहत   

वि.सं.२०८१ वैशाख २० बिहीवार १३:२६

सल्लेरी (सोलुखुम्बु), २० वैशाख : हिमाली जिल्ला सोलुखुम्बुमा जङ्गलको डढेलो...

काठमाडौँ बन्यो सबैभन्दा प्रदूषित सहर   

काठमाडौँ बन्यो सबैभन्दा प्रदूषित सहर   

वि.सं.२०८१ वैशाख २० बिहीवार १३:०५

काठमाडौँ, २० वैशाखः काठमाडौँ आज फेरि वायु प्रदूषणको हिसाबले विश्वकै...

ठोरी भन्सार पुनः सञ्चालनमा   

ठोरी भन्सार पुनः सञ्चालनमा   

वि.सं.२०८१ वैशाख २० बिहीवार १२:५२

चितवन, २० वैशाख : माडी नगरपालिका र पर्साको ठोरी जोड्ने...

प्रेस स्वतन्त्रताको पक्षमा लालटिन बालेर प्रदर्शन

प्रेस स्वतन्त्रताको पक्षमा लालटिन बालेर प्रदर्शन

वि.सं.२०८१ वैशाख २० बिहीवार १२:१८

काठमाडौं । संविधानमा उल्लेख गरिएको पूर्ण प्रेस स्वतन्त्रताको व्यवस्था बिपरित...

वेस्ट इन्डिज ‘ए’ ब्याटिङ गर्दै, नेपाल जित्नैपर्ने दबाबमा   

वेस्ट इन्डिज ‘ए’ ब्याटिङ गर्दै, नेपाल जित्नैपर्ने दबाबमा   

वि.सं.२०८१ वैशाख २० बिहीवार १२:०५

काठमाडौँ, २० वैशाख : टी–ट्वान्टी क्रिकेट शृङ्खलाअन्तर्गत नेपालविरुद्धको चौथो खेलमा...