back
NMB ad

उपचुनाव : ५२ मध्ये ४३ स्थानको नतिजा सार्वजनिक

Kumari bank ad

काठमाण्डौ । प्रतिनिधिसभा सदस्य, प्रदेशसभा सदस्य र स्थानीय तहको शनिबार भएको उपचुनावको प्राप्त पछिल्लो मत परिणामअनुसार नेकपा अग्रस्थानमा रहेको छ ।

हालसम्म घोषणा भएका ४३ स्थानको मत परिणाममा नेकपाले २४ स्थानमा विजय हासिल गरेको छ । प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेस १२ स्थानसहित दोस्रो स्थानमा र चार स्थानका साथ समाजवादी पार्टी नेपाल तेस्रो स्थानमा रहेको छ । राष्ट्रिय जनता पार्टी नेपालका उम्मेदवारले तीन स्थानमा विजय हासिल गरेका छन।

भक्तपुरको प्रदेशसभा सदस्यको उपनिर्वाचनमा नेपाली काँग्रेसका उम्मेदवार विजयी भएका छन् भने सङ्खुवासभाको मकालु गाउँपालिका अध्यक्ष र हुम्लाको खार्पुनाथ गाउँपालिका उपाध्यक्षमा नेकपा उम्मेदवार विजयी भएको निर्वाचन आयोगले जानकारी दिएको छ ।

उपनिर्वाचन भएको ४३ वडाध्यक्षमध्ये ४० स्थानको मतगणना सकिँदा नेकपा २२, कांग्रेस ११, समाजवादी पार्टी नेपाल चार र राजपा नेपालले तीन स्थानमा विजय हासिल गरेको छ । प्रतिनिधिसभा सदस्यको कास्की, प्रदेशसभा सदस्य बागलुङ र दाङको उपनिर्वाचनको मतगणना जारी छ ।

स्थानीय तहअन्तर्गत धरान उपमहानगरपालिका र महोत्तरीको पिपरा, पाँचथरको फागुनन्द गाउँपालिकामा पनि मतगणना जारी छ । यस्तै तीन वटा वडाको अन्तिम मतपरिणाम पनि आउन बाँकी छ ।-रासस

२०७६ मंसिर १५ गते प्रकाशित

वि.सं.२०७६ मंसिर १५ आइतवार १७:३१ मा प्रकाशित

You can share this post!

नेपाल ‘आइटी हव’का रूपमा विकास हुँदैछ : रेखा शर्मा, सञ्चार तथा सूचना प्रविधिमन्त्री

नेपाल ‘आइटी हव’का रूपमा विकास हुँदैछ : रेखा शर्मा, सञ्चार तथा सूचना प्रविधिमन्त्री

वि.सं.२०८१ वैशाख २० बिहीवार १३:४४

‘समृद्ध नेपालको आधार, सूचना प्रविधि र सञ्चार’ नाराका साथ आज...

सोलुखुम्बुमा डढेलोले दश घर जले, दर्जनौँ पशुचौपाया हताहत   

सोलुखुम्बुमा डढेलोले दश घर जले, दर्जनौँ पशुचौपाया हताहत   

वि.सं.२०८१ वैशाख २० बिहीवार १३:२६

सल्लेरी (सोलुखुम्बु), २० वैशाख : हिमाली जिल्ला सोलुखुम्बुमा जङ्गलको डढेलो...

काठमाडौँ बन्यो सबैभन्दा प्रदूषित सहर   

काठमाडौँ बन्यो सबैभन्दा प्रदूषित सहर   

वि.सं.२०८१ वैशाख २० बिहीवार १३:०५

काठमाडौँ, २० वैशाखः काठमाडौँ आज फेरि वायु प्रदूषणको हिसाबले विश्वकै...

ठोरी भन्सार पुनः सञ्चालनमा   

ठोरी भन्सार पुनः सञ्चालनमा   

वि.सं.२०८१ वैशाख २० बिहीवार १२:५२

चितवन, २० वैशाख : माडी नगरपालिका र पर्साको ठोरी जोड्ने...

प्रेस स्वतन्त्रताको पक्षमा लालटिन बालेर प्रदर्शन

प्रेस स्वतन्त्रताको पक्षमा लालटिन बालेर प्रदर्शन

वि.सं.२०८१ वैशाख २० बिहीवार १२:१८

काठमाडौं । संविधानमा उल्लेख गरिएको पूर्ण प्रेस स्वतन्त्रताको व्यवस्था बिपरित...

वेस्ट इन्डिज ‘ए’ ब्याटिङ गर्दै, नेपाल जित्नैपर्ने दबाबमा   

वेस्ट इन्डिज ‘ए’ ब्याटिङ गर्दै, नेपाल जित्नैपर्ने दबाबमा   

वि.सं.२०८१ वैशाख २० बिहीवार १२:०५

काठमाडौँ, २० वैशाख : टी–ट्वान्टी क्रिकेट शृङ्खलाअन्तर्गत नेपालविरुद्धको चौथो खेलमा...