काठमाडौं । सूर्या लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले मंसिर १५ गते लिलामी शेयरको बाँडफाँट गरेको छ ।
कम्पनीले संस्थापक समूहको २७ हजार ३८९ दशमलव २ कित्ता र सर्वसाधारण समूहको २ लाख ८१ हजार ९१२ दशमलव ८ कित्ता नबिकेको हकप्रद कात्तिक २४ गतेदेखि मंसिर १ गतेसम्म लिलमीमार्फत विक्रीमा ल्याएको थियो ।
साथै, कम्पनीले बोलपत्रमा नपरेका शेयरधनीको रकम मंसिर १६ गतेदेखि आवेदकले उल्लेख गरेको बैंक खातामा जम्मा गर्ने भएको छ । कम्पनीको विक्री प्रवन्धक एनआइसी एशिया क्यापिटल लिमिटेड रहेको छ ।
२०७६ मंसिर १६ गते प्रकाशित
वि.सं.२०७६ मंसिर १६ सोमवार ०९:२६ मा प्रकाशित