२०७६ मंसिर १९ गते प्रकाशित
काठमाडौं । ज्योति विकास बैंकले गत आवको मुनाफाबाट १२ दशमलव ७५ प्रतिशत लाभांश दिने घोषणा गरेको छ ।
कम्पनीको मंसिर १८ गते सम्पन्न सञ्चालक समितिको ३४५ औं बैठकले वितरण योग्य जगेडा तथा कोषबाट बोनस वितरण गर्ने निर्णय गरेको हो ।
उक्त लाभांश आगामी वार्षिक साधारण सभाले पारित गरेपछि र नेपाल राष्ट्र बैंकबाट स्वीकृत भएपछि शेयरधनीहरुले पाउने छन।
वि.सं.२०७६ मंसिर १९ बिहीवार ११:४३ मा प्रकाशित