back
NMB ad

सरकार गुठीको सम्पत्ति जोगाउने अभियानमा छ, नीजि गुठी गुठियारकै सम्पत्ति – मन्त्री अर्याल

Kumari bank ad

काठमाडौं । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्माकुमारी अर्यालले सरकार गुठीको सम्पत्ति जोगाउने अभियानमा रहेको बताउनु भएको हो । मन्त्री अर्यालले नीजि गुठीका सन्दर्भमा गुठियारले भने अनुसार नै अगाडी बढिने बताउनु भएको हो ।

सरकारले गुठीको विषय समेटिएको एकिकृत भूमि ऐन ल्याउन लागेको सन्दर्भमा गुठी विधेयक विरुद्ध एकीकृत आन्दोलन समितिले आज बिहिवार मन्त्री अर्याललाई ध्यानाकर्षण गराउन मन्त्रालय पुगेका गुठी बचाउ अभियानका अगुवाहरूलाई सम्बोधन गर्दै त्यस्तो बताउनुभएको हो । मन्त्री अर्यालले नीजि गुठीको सन्दर्भमा सरकारले धेरै चासो नदिने बताउदै गुठी संस्थानले हेर्दै आएको बाँकी गुठीलाई सुशासन कायम गर्दै व्यवस्थित गरिने बताउनुभयो । नीजि गुठीको हकमा यो नै यसको समाधान हो भनेर तपाइहरूले ल्याएको कुरा नै हामी ओके गरेर जान्छौ । बाँकी गुठी संस्थानले हेरेका गुठीका हकमा तपाइहरूले धेरै चासो नदिनुहोला, मन्त्री अर्यालले भन्नुभयो हामी गुठीको सम्पत्ति जोगाउने अभियानमा छौ । सुशासन कायम गर्ने अभियानमा राज्य हो । यो जनता र राष्ट्रकै निम्ती फाइदा हुने कुरा हो ।

गुठीको समस्या अब लामो समय नरहने भन्दै मन्त्री अर्यालले छिट्टै सरकारले यसको समाधान गर्ने बताउनुभयो । विगतको गुठी विधेयकमा पनि गुठी संस्थानले हेरेको ३ वटा गुठी व्यवस्थित गर्ने कुरामा मन्त्रालय केन्द्रित भएको भन्दै उहाँले ‘नीजि गुठि नीजि गुठियाराकै सम्पत्ति भएको बताउनुभयो । सरकारले नीजि गुठियाराको हक समाप्त गर्न खोजेका थिएनौ । नीजि गुठिलाई सरकारले हस्तक्षेप गर्ने थिएन ‘ मन्त्री अर्यालले भन्नुभयो, ‘तत्कालिन प्रस्तावित गुठी ऐनको कुनै भाषाले तपाइहरूलाई त्रशित बनाएको रहेछ भने हामी जतिखेर पनि सच्याउन तयार नै थियौं ।’ विगतमा जे जे भएपनि हल्लाको पछि लाग्नु भन्दा विधेयक फिर्ता लिएर सरकार अगाडी बढेको भन्दै उहाँले अब नयाँ ढंगबाट विधेयक अगाडी बढ्ने बताउनुभयो ।

गुठी संस्थानले हेर्दै आएको गुठी क्षतविक्षत भएको भन्दै सरकारको सम्पत्तिको रक्षा गर्न सरकार लागेको बताउनुभयो । ‘दाताले पवित्र भावनाले नीजि सम्पत्ति गुठीमा लगेर राखे । तर अहिले मान्छेले बेचीबेची क्षतविक्षत बनाइदिए। यतिधेरै ध्वस्त भएको छ हामीसँग जवाफै छैन । हाम्रो मौलिकता, संस्कृति नै हरायो’ मन्त्री अर्यालले भन्नुभयो । गुठीलाई कानुनबाट नै व्यवस्थित गरौं भनेर जाँउ भन्ने मनसाय भएपनि नीजि गुठियारा र सरकारको भावना भेट नहुदा विगतमा स्थिती तनावपुर्ण बनेको बताउनुभयो ।

दुवै पक्षबीच छलफल नहुदा समस्या उत्पन्न भएको उहाँको भनाइ थियो । सरकारले गुठी विधेयक लगायतका विषयलाई समेटेर नयाँ एकिकृत भूमि विधेयक ल्याउने तयारी गर्दैछ । यसै सन्दर्भमा मन्त्रालयले मंसिर २३ गते सरोकारवाला पक्षसँग छलफल कार्यक्रमको आयोजना गरेको छ । त्यस अवसरमा ध्यानाकर्षणपत्र बुझाउदै गुठी विधेयक विरुद्ध एकीकृत आन्दोलनका संयोजक डा.महेशमान शाक्यले यसपटक विधेयक ल्याउन सरोकारवाला सबैसँग छलफल गरेर मात्र अगाडी बढ्न आग्रह गर्नुभयो । उहाँले जनताको हित गर्ने विधेयक ल्याउन सहयोग गर्ने समेत बताउनुभयो ।

२०७६ मंसिर २० गते प्रकाशित

वि.सं.२०७६ मंसिर २० शुक्रवार ११:१४ मा प्रकाशित

You can share this post!

लगानी सम्मेलन : उद्योग विभागमार्फत नौ अर्ब १३ करोड रुपैंया बराबर लगानी स्वीकृत   

लगानी सम्मेलन : उद्योग विभागमार्फत नौ अर्ब १३ करोड रुपैंया बराबर लगानी स्वीकृत   

वि.सं.२०८१ वैशाख १७ सोमवार १७:४६

काठमाडौँ, १७ वैशाख : तेस्रो लगानी सम्मेलनका क्रममा उद्योग विभागमार्फत...

नेपाल–कोरिया दौत्य सम्बन्धको ५० वर्ष पूरा, काठमाडौंमा नेपाल कोरिया फ्रेन्डसीप एक्सपीडिसन कार्यक्रम

नेपाल–कोरिया दौत्य सम्बन्धको ५० वर्ष पूरा, काठमाडौंमा नेपाल कोरिया फ्रेन्डसीप एक्सपीडिसन कार्यक्रम

वि.सं.२०८१ वैशाख १७ सोमवार १७:३२

काठमाडौं । नेपाल–कोरिया दौत्य सम्बन्धको स्वर्ण महोत्सवको अवसरमा काठमाण्डौमा नेपाल...

हाइड्रोलिक समस्या आएपछि सीता एयरको जहाज काठमाडौँमा आकस्मिक अवतरण   

हाइड्रोलिक समस्या आएपछि सीता एयरको जहाज काठमाडौँमा आकस्मिक अवतरण   

वि.सं.२०८१ वैशाख १७ सोमवार १७:०३

काठमाडौँ, १७ वैशाख : रामेछापका लागि उडेको सीता एयरको जहाजमा...

विकास साझेदारले भने, नेपालमा लगानीको वातावरण बनेको छ

विकास साझेदारले भने, नेपालमा लगानीको वातावरण बनेको छ

वि.सं.२०८१ वैशाख १७ सोमवार १६:३६

काठमाडौँ । विकास साझेदार संस्थाहरुले नेपालमा लगानीको वातावरण बन्दै गएको...

महोत्तरीको जलेश्वर भन्सारबाट नौ महिनामा दुई अर्ब ३५ करोड राजश्व सङ्कलन   

महोत्तरीको जलेश्वर भन्सारबाट नौ महिनामा दुई अर्ब ३५ करोड राजश्व सङ्कलन   

वि.सं.२०८१ वैशाख १७ सोमवार १६:२७

जनकपुर, १७ वैशाखः महोत्तरीको जलेश्वर भन्सार कार्यालयले नौ महिनामा रु...

लगानी सम्मेलनः रारामा रिसोर्ट निर्माण गर्न अस्ट्रेलियन लगानी भित्रियो   

लगानी सम्मेलनः रारामा रिसोर्ट निर्माण गर्न अस्ट्रेलियन लगानी भित्रियो   

वि.सं.२०८१ वैशाख १७ सोमवार १६:२२

काठमाडौँ, १७ वैशाख: मुगुको रारा ताल क्षेत्रमा सुविधासम्पन्न रिसोर्ट खोल्नका...