काठमाडौं । कामना सेवा विकास बैंक मर्जर र प्राप्ति प्रक्रियामा सहभागी हुने भएको छ । बैंकले मर्जर प्राप्ति प्रक्रिया अघि बढाउन पुस १७ गते १३ औं वार्षिक साधारणसभा बोलाएको छ ।
सभामा मर्जर र प्राप्तिका लागि विशेष प्रस्ताव लैजाने बैंकले जनाएको छ । कामना सेवाले उपर्युत बैंक तथा वित्तीय संस्थासंग मर्जर र प्राप्ति, समझदारीपत्र (एमओयू) मा हस्ताक्षर, नेपाल राष्ट्र बैंकमा सैदान्तिक स्वीकृतिका लागि निवेदन दिने र चलअचल सम्पत्ति तथा दायित्व मूल्याँकन (डीडीए) सम्बन्धित काम गर्न भएको छ ।
डीडीएका लागि लेखापरीक्षक नियुक्ति गर्न सञ्चालक समितिलाई अख्तियारी दिन सभामा प्रस्ताव पेश गर्न लागेको बैंकले जनाएको छ ।
२०७६ मंसिर २३ गते प्रकाशित
वि.सं.२०७६ मंसिर २३ सोमवार १४:२९ मा प्रकाशित