back
NMB ad

स्थानीय सेवामा कार्यरत कर्मचारी सोही प्रदेशभित्र मात्रै सरुवा हुन पाउने

Kumari bank ad

काठमाडौं । प्रदेश लोक सेवाबाट स्थानीय सेवामा कार्यरत कर्मचारी सोही प्रदेशभित्र मात्रै सरुवा हुन पाउने भएका छन् ।

कांग्रेस सांसद दिलेन्द्र बडू लगायतले अन्य प्रदेशमा पनि जान पाउने प्रवधान राख्नुपर्ने माग गरे पनि अन्ततः एकै प्रदेशमा सरुवाको व्यवस्था मिलाउने गरी प्रदेश कानुन बनाउन सहमति जनाइएको हो ।

‘सम्बन्धित प्रदेशमा रहेका स्थानीय तहमा कार्यरत स्थानीय सेवाका कर्मचारीलाई निश्चित आधार र मापदण्ड निर्धारण गरी सम्बन्धित सोही प्रदेशभित्रको अर्को स्थानीय तहको समान पदमा सरुवा गर्नुपर्ने’ छलफलमा रहेको निरजामती कर्मचारी विधयेकमा व्यवस्था गरिएको छ ।

यसअघि स्थानीय तहको सहमति लिनुपर्ने प्रावधान राखिएकोमा प्रतिवेदनमाथिको छलफलमा सहमति राख्ने वा नराख्ने भन्ने विषयमा प्रदेश कानुलले नै स्पष्ट पार्न सक्ने व्यवस्था गरिएको हो ।

तीन तहका सरकार फरकरफरक भएका कारण स्थानीय तहले पनि आफ्ना कर्मचारीको विषयमा आफैँ कानुन बनाउनेसम्मको छलफल भएको थियो ।

त्यसपछि स्थानीय तहको सहमतिको लिएर सरुवा गर्न पाउने सहमति जुटाइए पनि पुनः प्रदेश कानुन व्यवस्था गर्ने गरी सहमति जुटाइएको हो। कांग्रेस सांसद दिलेन्द्र बडु, डा. डिला संग्रौला, अमरेशकुमार सिंह र नेकपाका सांसद झपट रावल समेतले निश्चित अवधिपछि अन्य प्रदेशमा जान सक्ने व्यवस्थामा पनि छलफल गरिनुपर्ने बताएका थिए ।

नेकपा सांसद रेखा शर्मा, नवराज सिलवाल, पम्फा भुसाल लगायतले यो विषयमा प्रदेश मातहतको रहेकोले प्रदेशमा मात्रै सर्न सक्ने व्यवस्था हुनुपर्ने माग गरेका थिए ।

२०७६ मंसिर २३ गते प्रकाशित

वि.सं.२०७६ मंसिर २३ सोमवार १६:२५ मा प्रकाशित

You can share this post!

आज विश्व प्रेस स्वतन्त्रता दिवस, नेपालसहित विश्वभर मनाइदै   

आज विश्व प्रेस स्वतन्त्रता दिवस, नेपालसहित विश्वभर मनाइदै   

वि.सं.२०८१ वैशाख २१ शुक्रवार ०६:४९

काठमाडौँ, २१ वैशाख: आज ३१ औँ विश्व प्रेस स्वतन्त्रता दिवस,...

अप्रिलमा नेपाल भित्रने पर्यटकको संख्या १२.७५ प्रतिशतले वृद्धि, कुन देशबाट कति आए ?

अप्रिलमा नेपाल भित्रने पर्यटकको संख्या १२.७५ प्रतिशतले वृद्धि, कुन देशबाट कति आए ?

वि.सं.२०८१ वैशाख २१ शुक्रवार ०६:४४

काठमाडौँ :  नेपालमा विदेशी पर्यटक आगमन १२ दशमलव ७५ प्रतिशतले...

नागरिक लगानी कोषले पाल्पा सिमेन्टको शेयर प्रत्याभूति गर्ने   

नागरिक लगानी कोषले पाल्पा सिमेन्टको शेयर प्रत्याभूति गर्ने   

वि.सं.२०८१ वैशाख २१ शुक्रवार ०६:३९

काठमाडौँ : नागरिक लगानी कोषले पाल्पा सिमेन्ट इण्डस्ट्रिजको शेयर प्रत्याभूति...

देशमा पश्चिमी र स्थानीय वायुको प्रभाव कायमै   

देशमा पश्चिमी र स्थानीय वायुको प्रभाव कायमै   

वि.सं.२०८१ वैशाख २१ शुक्रवार ०६:३०

काठमाडौँ, २१ वैशाख: हाल देशमा पश्चिमी वायु र स्थानीय वायुको...

कुन राशिको कस्तो छ ? हेर्नुहोस् आजको राशिफल

कुन राशिको कस्तो छ ? हेर्नुहोस् आजको राशिफल

वि.सं.२०८१ वैशाख २१ शुक्रवार ०६:२५

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...

नेपाल ‘आइटी हव’का रूपमा विकास हुँदैछ : रेखा शर्मा, सञ्चार तथा सूचना प्रविधिमन्त्री

नेपाल ‘आइटी हव’का रूपमा विकास हुँदैछ : रेखा शर्मा, सञ्चार तथा सूचना प्रविधिमन्त्री

वि.सं.२०८१ वैशाख २० बिहीवार १३:४४

‘समृद्ध नेपालको आधार, सूचना प्रविधि र सञ्चार’ नाराका साथ आज...