back
NMB ad

बैंकको सफ्टवेयर ह्याक प्रकरणमा ४० भन्दा बढी नेपाली एजेन्ट सक्रिय

Kumari bank ad

काठमाडौं । कृषि विकास बैंकको सफ्टवेयर ह्याक गरी नेपाली नागरिक प्रयोग गरेर विदेशी गिरोहले पाँच अर्ब विदेश लाने योजना बनाएका थिए ।

उक्त घटनाबारे प्रहरीले बेलैमा खबर पाएकाले ठूलो रकम विदेशिनबाट जोगियो । उक्त घटनामा सङ्लग्न १८ जनालाई पक्राउ गरी कानूनी कारवाही अघि बढाइसकिएको छ ।

उनीहरुले बैकबाट निकालेर विदेश पठाउन ठिक्क पारेको ६० लाख बरामद गर्न प्रहरी सफल भयो । अझै पनि घटनामा सङ्लग्न रहेका धेरै एजेन्ट फरार छन् भने विदेशी ह्याकर पक्राउ पर्न सकेका छैनन् । उनीहरुले धेरैजसो बैंक र वित्तीय संस्थालाई तारो बनाउँदै आएका छन् ।

यसरी रकम लैजाने गिरोहले भारतको भूमि प्रयोग गर्ने गरेका छन् । लामो समयदेखि भारतको मुम्बईमा बसी नेपालका बैंक तथा वित्तीय संस्थाको सफ्टवेयर ह्याक गरी रकम निकाल्दै आएका छन् । विदेशी ह्याकर तथा ठगीका गिरोहले सबै घटनामा नेपाली एजेन्ट परिचालन गर्ने गरेका छन् ।

यस्तै घटनामा सङ्लग्न रहेका तीन जनालाई पक्राउ गरी बिहिबार मात्रै महाशाखाले सार्वजनिक गरेको छ । प्रहरीको पछिल्लो अनुसन्धानमा यसैगरी रु १४ करोड ६७ लाख रकम विदेश गएको खुल्न आएको छ । विदेशमा बसेर प्रविधिको दुरुपयोग गरी उनीहरुले नेपालीलाई प्रयोग गरेर नेपालका वैंक तथा वित्तीय संस्थाको पैसा लगेका हुन् ।

यस्ता घटनामा नाइजेरियन नागरिक पिटर हरम्यान एसेन्जा, स्मीथ मोरिस र १० जना भारतीय नागरिकको सङ्लग्नता रहेको खुल्न आएको छ । उनीहरुले भारतको दिल्ली र मुम्बई तथा पाकिस्तान, चीन, तान्जानिया, बेलायतमा बसी नेपालका नागरिकलाई एजेन्ट बनाइ रकम लाने गरेका छन् ।

बैंक वित्तीय संस्थासँगै उनीहरुले सामाजिक सञ्जाल या अनलाइनको माध्यमबाट चिठ्ठा परेको र पार्सल आएको बहानामासमेत व्यक्तिको करोडौँ रकम ठगेर लगेका छन् ।

उक्त गिरोह नेपालका बैंक तथा वित्तीय संस्थासमेत ह्याक गर्ने कार्यमा सङ्लग्न रहेको महानगरीय अपराध नियन्त्रण महाशाखाका प्रमुख सहकुलबहादुर थापाले बताउनुभयो ।

भाइवर, ह्वाट्स एप, ईमो, फेसबुकलगायत सामाजिक सञ्जालको प्र्रयोग गरी रकम विदेश पठाउने कार्यमा सक्रिय रहेका तीन जनालाई महाशाखाले हालै पक्राउ गरेपछि उक्त कुरा खुलेको हो ।

पक्राउ पर्नेमा दोलखाका ५२ वर्षीय रमेश खड्का, नवलपरासी रामग्राम नगरपालिका १७ का ३७ वर्षीय विश्वेश्वरप्रसाद तिवारी र सन्दीप कलवार छन् । नेपाली एजेन्टले ठगी तथा ह्याक गरेको रकम नेपालका विभिन्न बैंक तथा वित्तीय संस्थामार्फत खाता खोलेर विदेश पठाउने गरेका थिए ।

उक्त रकममध्ये १५ देखि २० प्रतिशत नेपाली एजेन्टलाई दिने र बाँकी रकम विभिन्न माध्यमबाट भारत लगेको फेला परेको छ ।

प्रहरीको अनुसन्धानमा ४० भन्दा बढी नेपाली एजेन्ट उक्त कार्यमा सक्रिय छन् । एउटै एजेन्टले छ भन्दा बढी बैँक खाताबाट कारोवार गरेको र हालसम्म रु १४ करोड ६७ लाख ९१ हजार रुपैयाँ शङ्कास्पद रुपमा कारोवार भएको फेला परेको छ ।

सोही गिरोहले नेपालको कृषि विकास बैंक र पानस रेमिट ह्याक गरेको तथा अन्य १७ वटा बैंकलाई उक्त ठगी कार्यमा प्रयोग गरेको पाइएको छ ।

उनीहरुले बैंक अफ काठमाडाँै, प्रभु, मेगा, हिमालयन, सनराइज, सिटिजन, नेविल, लुम्बिनी विकास, माछापुच्छ«्रे, एसबिआई, नेपाल बङ्गलादेश, ग्लोबल आईएमई, एनआईसी एसिया, स्टाण्डर्ड च्यार्टर, एनएमबी, सिद्धार्थ र लक्ष्मी बैंक प्रयोग गरेको पाइएको छ ।

अहिलेसम्म ३४ जना नेपाली घटनामा सङ्लग्न रहेको पाइएको छ । यस्तो घटनामा पीडित भएको भनेर १५ जना प्रहरीको सम्पर्कमा आएका छन् ।

ठगी गरेको रकम पठाउन प्रयोग भएका बैंकको सफ्टवेयरसमेत ह्याक गरेको हुनसक्ने आशङ्कामा अनुसन्धान जारी रहेको महाशाखाका प्रहरी उपरीक्षक सुशील सिंह राठौरले जानकारी दिए । (रासस)

२०७६ मंसिर २६ गते प्रकाशित

वि.सं.२०७६ मंसिर २६ बिहीवार ११:३१ मा प्रकाशित

You can share this post!

सहकारी सञ्चालकले आर्थिक नियमको उल्लङ्घन गर्दा समस्या सिर्जना भयो  

सहकारी सञ्चालकले आर्थिक नियमको उल्लङ्घन गर्दा समस्या सिर्जना भयो  

वि.सं.२०८१ जेठ ४ शुक्रवार १८:४१

गण्डकी, ४ जेठः गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले सहकारीका सञ्चालकहरूकै...

इप्पानद्वारा नीति अनुसन्धान र भवन निर्माण कोष स्थापना   

इप्पानद्वारा नीति अनुसन्धान र भवन निर्माण कोष स्थापना   

वि.सं.२०८१ जेठ ४ शुक्रवार १८:३७

काठमाडौँ, ४ जेठः स्वतन्त्र ऊर्जा उत्पादकको संस्था नेपाल (इप्पान)ले नीति...

सरकारले १३ मिलियन यूरो अनुदान सहायता स्वीकार गर्ने   

सरकारले १३ मिलियन यूरो अनुदान सहायता स्वीकार गर्ने   

वि.सं.२०८१ जेठ ४ शुक्रवार १८:२९

काठमाडौँ, ४ जेठ : सरकारले स्थानीय जलवायु अनुकूलनसम्बन्धी कार्यक्रम कार्यान्वयनका...

त्रिशूली ‘थ्री बी हब सबस्टेसन’ सञ्चालनमा   

त्रिशूली ‘थ्री बी हब सबस्टेसन’ सञ्चालनमा   

वि.सं.२०८१ जेठ ४ शुक्रवार १६:५३

काठमाडौँ, ४ जेठ : चिलिमे–त्रिशूली दुई सय २० केभी प्रसारण...

विद्यार्थी मृत फेला परेपछि आक्रोशित भिडद्वारा स्कुलमा आगलागी   

विद्यार्थी मृत फेला परेपछि आक्रोशित भिडद्वारा स्कुलमा आगलागी   

वि.सं.२०८१ जेठ ४ शुक्रवार १६:४३

पटना (भारत), ४ जेठ : बिहारको राजधानी पटनास्थित एक विद्यालय...

महालक्ष्मी विकास बैंक र एनसीएचएल बिच अन्तर्देशीय कारोबार भुक्तानी सहजीकरणका लागि समझदारी

महालक्ष्मी विकास बैंक र एनसीएचएल बिच अन्तर्देशीय कारोबार भुक्तानी सहजीकरणका लागि समझदारी

वि.सं.२०८१ जेठ ४ शुक्रवार १६:३७

काठमाडौं । महालक्ष्मी विकास बैंक र नेपाल क्लियरिङ हाउस (एनसीएचएल)...