back
NMB ad

आजदेखि नारायणगढ–मुग्लिन सडक दैनिक चारघण्टा बन्द हुने

Kumari bank ad

चितवन । नारायणगढ–मुग्लिन सडकखण्ड आजदेखि दैनिक चारघण्टा बन्द गरिने भएको छ । पहिरो रोकथाम र मर्मतका लागि बिहान ११ बजेदेखि अपराह्न ३ बजेसम्म बन्द गर्न लागिएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।

जिल्ला प्रशासन कार्यालयले बुधबार जिल्ला सुरक्षा समितिको बैठकपछि पुस १० गतेसम्मका लागि दैनिक चारघण्टा उक्त सडकखण्ड बन्द गर्न लागेको जनाएको छ ।

हिउंँदमा पनि सुख्खा पहिरो खस्ने जोखिम देखिएकोले दैनिक चारघण्टा बन्द गरेर काम गर्न लागिएको प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टराईले जानकारी दिए ।

उनका अनुसार अहिले पनि पहिरो नियन्त्रणका लागि काम भएको भए पनि अति सुस्त भएकाले वर्षाअघि नै मर्मत कार्य सम्पन्न गर्नका लागि अहिले बन्द गर्न लागिएको हो ।

बैठकको निर्णय अनुसार नारायणगढबाट मुग्लिनतर्फ जाने यात्रुवाहक सवारी साधनलाई पन्ध्रकिलोमा रोकिनेछ भने मालवाहक सवारी साधनलाई दासढुंगामा रोकिनेछ ।

यसैगरी काठमाडौंबाट मुग्लिनतर्फ आउने यात्रुवाहक सवारीलाई मुग्लिन बजार र पोखराबाट आउने सवारी साधनलाई बेनिटारमा रोकिनेछ ।

काठमाडौंबाट मुग्लिनतर्फ आउने मालवाहक सवारी साधनलाई लेवाटारमा र पोखराबाट आउने मालवाहक सवारीलाई आँबुखैरेनीमा रोकिने प्रजिअ भट्टराईले जानकारी दिए । यो सडकखण्डमा दैनिक झन्डै १० हजार सवारी ओहोरदोहोर गर्दछन् ।

२०७६ मंसिर २७ गते प्रकाशित

वि.सं.२०७६ मंसिर २७ शुक्रवार ०८:२० मा प्रकाशित

You can share this post!

नेपाल ‘आइटी हव’का रूपमा विकास हुँदैछ : रेखा शर्मा, सञ्चार तथा सूचना प्रविधिमन्त्री

नेपाल ‘आइटी हव’का रूपमा विकास हुँदैछ : रेखा शर्मा, सञ्चार तथा सूचना प्रविधिमन्त्री

वि.सं.२०८१ वैशाख २० बिहीवार १३:४४

‘समृद्ध नेपालको आधार, सूचना प्रविधि र सञ्चार’ नाराका साथ आज...

सोलुखुम्बुमा डढेलोले दश घर जले, दर्जनौँ पशुचौपाया हताहत   

सोलुखुम्बुमा डढेलोले दश घर जले, दर्जनौँ पशुचौपाया हताहत   

वि.सं.२०८१ वैशाख २० बिहीवार १३:२६

सल्लेरी (सोलुखुम्बु), २० वैशाख : हिमाली जिल्ला सोलुखुम्बुमा जङ्गलको डढेलो...

काठमाडौँ बन्यो सबैभन्दा प्रदूषित सहर   

काठमाडौँ बन्यो सबैभन्दा प्रदूषित सहर   

वि.सं.२०८१ वैशाख २० बिहीवार १३:०५

काठमाडौँ, २० वैशाखः काठमाडौँ आज फेरि वायु प्रदूषणको हिसाबले विश्वकै...

ठोरी भन्सार पुनः सञ्चालनमा   

ठोरी भन्सार पुनः सञ्चालनमा   

वि.सं.२०८१ वैशाख २० बिहीवार १२:५२

चितवन, २० वैशाख : माडी नगरपालिका र पर्साको ठोरी जोड्ने...

प्रेस स्वतन्त्रताको पक्षमा लालटिन बालेर प्रदर्शन

प्रेस स्वतन्त्रताको पक्षमा लालटिन बालेर प्रदर्शन

वि.सं.२०८१ वैशाख २० बिहीवार १२:१८

काठमाडौं । संविधानमा उल्लेख गरिएको पूर्ण प्रेस स्वतन्त्रताको व्यवस्था बिपरित...

वेस्ट इन्डिज ‘ए’ ब्याटिङ गर्दै, नेपाल जित्नैपर्ने दबाबमा   

वेस्ट इन्डिज ‘ए’ ब्याटिङ गर्दै, नेपाल जित्नैपर्ने दबाबमा   

वि.सं.२०८१ वैशाख २० बिहीवार १२:०५

काठमाडौँ, २० वैशाख : टी–ट्वान्टी क्रिकेट शृङ्खलाअन्तर्गत नेपालविरुद्धको चौथो खेलमा...