back
NMB ad

कुमारी बैंकलाई तीन अर्बको ऋणपत्र निष्कासन अनुमति

Kumari bank ad

काठमाडौं। कुमारी बैंकले तीन अर्ब रूपैयाँको ऋणपत्र निष्कासन गर्ने अनुमति पाएको छ । धितोपत्र बोर्डले ’कुमारी बैंक डिवेन्चर(२०८६’ को निष्कासन अनुमति प्रदान गरेको छ।

बैंकले १०.२५ प्रतिशत ब्याजदरमा १० वर्षका लागि उक्त ऋणपत्र निष्कासन गर्न लागेको हो । तीन अर्बमध्ये एक अर्ब २० करोड रूपैयाँको ऋणपत्र सर्वसाधारणका लागि निष्कासन गर्नेछ । बाँकी एक अर्ब ८० करोड रूपैयाँको ऋणपत्र ’प्राइभेट प्लेसमेन्ट’ मार्फत बिक्री गर्नेछ ।

ऋपत्रको निष्कासन तथा बिक्री प्रबन्धक नेपाल एसबिआई मर्चेन्ट बैंक छ । कुमारीको हालको चुक्ता पुँजी ९ अर्ब ५५ करोड रूपैयाँ छ ।

साथै जगेडा कोषमा २ अर्ब ५२ करोड रूपैयाँ छ। तीन अर्ब रुपैयाँको ऋणपत्र निष्कासनसँगै बैंकको दीर्घकालीन पुँजी तथा पुँजी कोष थप बढ्ने छ ।

नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिमार्फत बैंकहरूले ऋणपत्र निष्कासन गर्नैपर्ने अनिवार्य गरेको व्यवस्थालाई पालना गर्ने क्रममा ऋणपत्र निष्कासन गर्न लागेको हो ।

अन्य बैंकहरूले ५÷७ वर्षका लागि ऋणपत्र निष्कासन गर्दै आएकोमा कुमारीले भने एकैपटक १० वर्षे अवधिको ऋणपत्र निष्कासन गर्न लागेको हो। यसले बैंकलाई वर्षको दायित्व सिर्जना गर्नेछ । बढ्दो क्रममा रहेको ब्याजदरले गर्दा लगानीकर्ताहरूको ध्यान ऋणपत्रमा छैन ।

तर बैंकले लगानीकर्तालाई आकर्षित गर्न १० वर्षका लागि ऋणपत्र निष्कासन गर्न लागेको हो। बैंकसँग ७८ अर्ब रूपैयाँभन्दा माथि निक्षेप छ ।

साथै ७६ अर्ब रूपैयाँभन्दा माथिको कर्जा लगानी छ। निक्षेप र कर्जाको अन्तर कम हुँदा बैंकको पुँजीकोष अनुपात ११.५७ प्रतिशत छ ।

२०७६ पुस ०१ गते प्रकाशित

वि.सं.२०७६ पुस १ मंगलवार १३:२४ मा प्रकाशित

You can share this post!

भारतमा आँधीका कारण १४ जनाको मृत्यु   

भारतमा आँधीका कारण १४ जनाको मृत्यु   

वि.सं.२०८१ जेठ १ मंगलवार १२:२९

नयाँदिल्ली, १ जेठ : भारतको दक्षिणपश्चिमी राज्य महाराष्ट्रमा सोमबार राति...

मन्त्रिपरिषद् बैठक : नीति तथा कार्यक्रम पारित   

मन्त्रिपरिषद् बैठक : नीति तथा कार्यक्रम पारित   

वि.सं.२०८१ जेठ १ मंगलवार १२:२५

काठमाडौँ, १ जेठः सरकारले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम...

कांग्रेसले संसद्मा नीति तथा कार्यक्रम प्रस्तुत गर्न दिने   

कांग्रेसले संसद्मा नीति तथा कार्यक्रम प्रस्तुत गर्न दिने   

वि.सं.२०८१ जेठ १ मंगलवार १२:१४

काठमाडौँ, १ जेठः प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले सङ्घीय संसद्मा नेपाल...

सानिमा रिलायन्स लाईफको पुनर्जागरण अभियान शुरु

सानिमा रिलायन्स लाईफको पुनर्जागरण अभियान शुरु

वि.सं.२०८१ जेठ १ मंगलवार ११:५६

काठमाडौं । सानिमा रिलायन्स लाईफ इन्स्योरेन्सले नवीकरण नभएका बीमालेखका लागि...

गणतन्त्र दिवस मनाउन प्रधानमन्त्रीको अध्यक्षतामा मूल समारोह समिति गठन   

गणतन्त्र दिवस मनाउन प्रधानमन्त्रीको अध्यक्षतामा मूल समारोह समिति गठन   

वि.सं.२०८१ जेठ १ मंगलवार ११:४९

काठमाडौँ, १ जेठः सरकारले ‘गणतन्त्र दिवस’ लाई भव्यरूपमा मनाउन ‘गणतन्त्र...

सुनको भाउमा गिरावट, आज कति घट्यो ?

सुनको भाउमा गिरावट, आज कति घट्यो ?

वि.सं.२०८१ जेठ १ मंगलवार १०:५७

काठमाडौं । साताको तेस्रो कारोबार दिन सुनको भाउ घटेको छ...