back
NMB ad

यी बैंकहरुले मर्जरका लागि जोडी खोजिदिन राष्ट्र बैंकलाई नै लगाए जिम्मा !

Kumari bank ad

काठमाडौं । आधा दर्जन वाणिज्य बैंकले नियामक नेपाल राष्ट्र बैंकलाई मर्जरका लागि पार्टनर खोजिदिन आग्रह गरेका छन । राष्ट्र बैंकले मर्जर जान दबाब बढाएपछि बैंकहरुले उपयुक्त संस्था खोज्ने जिम्मा राष्ट्र बैंकलाई नै लगाएका हुन् ।

सिटिजन्स, सिभिल, सेञ्चुरी, कुमारी, एनसीसी लगायतका बैंकले मर्जरका लागि जोडी खोजिदिन आग्रह गरेको स्रोतको भनाई छ । बैंकहरुले नै पार्टनर खोजिदिन आग्रह गरेपछि राष्ट्र बैंकका उच्च अधिकारीहरु जोडी खोजिदिने काममा सक्रिय हुन थालेका छन् ।

स्रोतका अनुसार पार्टनर खोजिदिन आग्रह गर्ने बैंकले आफ्नो नाम गुमाउन चाहेका छैनन् । उनीहरुले पनि राम्रा विकास बैंक र फाइनान्स कम्पनी पाए मर्ज गरेर आफ्नो अस्तित्व जोगाउने रणनीति बनाएका छन् ।

‘आगामी २ महिनाभित्र ३ देखि ४ वटा बैंकबीच मर्जर सम्बन्धी सम्झौता हुनेगरी हामीले काम गरिरहेका छौं,’ राष्ट्र बैंक स्रोतले भन्यो, ‘विकास बैंक र फाइनान्स कम्पनी गाभेर अघि बढ्न उहाँहरुको रणनीति त ठीकै हो । तर, उहाँहरु पनि रहनसक्ने अवस्था कम नै देखिन्छ ।’

ग्लोबल र जनता बैंक मर्ज भएर देशकै ठूलो बैंक बनेपछि अन्य संस्थाहरुलाई मर्जरमा जान थप दबाब परेको छ । राष्ट्र बैंकले संख्या घटाउने उदेश्यले बैंकहरुलाई मर्जरमा जान नीतिगतरुपमा प्रोत्साहन र व्यवहारिकरुपमा दबाब दिइरहेको छ ।

२०७६ पुस ०२ गते प्रकाशित

वि.सं.२०७६ पुस २ बुधवार ०८:४१ मा प्रकाशित

You can share this post!

प्रतिनिधिसभा बैठक ४ बजे बस्ने   

प्रतिनिधिसभा बैठक ४ बजे बस्ने   

वि.सं.२०८१ जेठ ३ बिहीवार १२:३३

काठमाडौँ, ३ जेठ : प्रतिनिधिसभाको बैठक अपराह्न ४ बजे बस्ने...

दुर्घटनामा दुईजनाको मृत्यु, चार घाइते   

दुर्घटनामा दुईजनाको मृत्यु, चार घाइते   

वि.सं.२०८१ जेठ ३ बिहीवार १२:२४

बागमती, ३ जेठ : मकवानपुरको छुट्टाछुटै स्थानमा भएको सवारी दुर्घटनामा...

राज्यले अटो क्षेत्रलाई अत्यावश्यक क्षेत्रमा समेट्नुपर्दछः नाडा उपाध्यक्ष श्रेष्ठ

राज्यले अटो क्षेत्रलाई अत्यावश्यक क्षेत्रमा समेट्नुपर्दछः नाडा उपाध्यक्ष श्रेष्ठ

वि.सं.२०८१ जेठ ३ बिहीवार ११:५१

काठमाडौं । नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालका उपाध्यक्ष राजनबाबु श्रेष्ठले...

बजेटमार्फत ऊर्जा दशक र विशेष सुरक्षा नीति घोषणा गरियोस्ः इप्पान अध्यक्ष कार्की

बजेटमार्फत ऊर्जा दशक र विशेष सुरक्षा नीति घोषणा गरियोस्ः इप्पान अध्यक्ष कार्की

वि.सं.२०८१ जेठ ३ बिहीवार ११:४२

काठमाडौं । स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था इप्पानका अध्यक्ष गणेश कार्कीले...

नबील बैंकको सिइओमा ज्ञानेन्द्र प्रसाद ढुङ्गाना पुनः नियुक्त

नबील बैंकको सिइओमा ज्ञानेन्द्र प्रसाद ढुङ्गाना पुनः नियुक्त

वि.सं.२०८१ जेठ ३ बिहीवार ११:२२

काठमाडौं । नबील बैंकको प्रमुख कार्यकारी अधिकृत(सिइओ)मा ज्ञानेन्द्र प्रसाद ढुङ्गाना...

सुनको भाउमा रेकर्ड ब्रेक, हालसम्मकै उच्च विन्दुमा पुग्यो

सुनको भाउमा रेकर्ड ब्रेक, हालसम्मकै उच्च विन्दुमा पुग्यो

वि.सं.२०८१ जेठ ३ बिहीवार १०:४७

काठमाडौं । साताको पाँचौ कारोबार दिन सुनको भाउ उच्च विन्दुमा...