back
NMB ad

एभरेष्ट बैंकलाई एनएमबीले उछिन्यो, बजार पुँजीकरणमा कुन–कुन कम्पनी अगाडि ?

Kumari bank ad

काठमाडौं । एनएमबी बैंकले बजार पुँजीकरणमा एभरेष्ट बैंकलाई उछिनेको छ । एनएमबी बजार पुँजीकरणको ५ औं स्थानमा छ । यस्तै एभरेष्ट बैंक छैठौं स्थानमा रहेको छ । यसअघि एभरेष्ट एनएमबी भन्दा माथि थियो ।

एनएमबीको बजार पुँजीकरण बढेर ४५ अर्ब ७३ करोड रुपैयाँ पुगेको छ । यस्तै एभरेष्टको ४५ अर्ब १९ करोड रुपैयाँ छ । स्ट्याडड चाटर्ड बैंकको ४३ अर्ब १० करोड रुपैयाँ बजार पुँजीकरण रहेको नेपाल स्टक एक्सचेन्ज (नेप्से) लिमिटेडले जनाएको छ ।

ओम डेभलपमेन्ट बैंकलाई समाहित गरेपछि एनएमबीको बजार पुँजीकरण बढेको हो ।  बजार पुँजीकरणका आधारमा सबैभन्दा बढी नेपाल टेलिकमको छ । टेलिकमको बजार पुँजीकरण घटेर ९७ अर्ब ६५ करोड रुपैयाँ छ ।

दोस्रो स्थानमा नविल बैंक रहेको छ । नविलको बजार पुँजीकरण ६७ अर्ब ४४ करोड, नेपाल इन्भेस्टमेन्ट बैंकको ५५ अर्ब २१ करोड र नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको ५० अर्ब २८ करोड रुपैयाँ बजार पुँजीकरण छ ।

यसैगरी हिमालयन बैंकको ४२ अर्ब ९४ करोड, एनआईसी एसिया बैंकको ४० अर्ब २३ करोड र कृषि विकास बैंकको ३७ अर्ब १४ करोड रुपैयाँ पुगेको नेप्सेले जनाएको छ ।

२०७६ पुस ०२ गते प्रकाशित

वि.सं.२०७६ पुस २ बुधवार १२:३४ मा प्रकाशित

You can share this post!

नेपाल ‘आइटी हव’का रूपमा विकास हुँदैछ : रेखा शर्मा, सञ्चार तथा सूचना प्रविधिमन्त्री

नेपाल ‘आइटी हव’का रूपमा विकास हुँदैछ : रेखा शर्मा, सञ्चार तथा सूचना प्रविधिमन्त्री

वि.सं.२०८१ वैशाख २० बिहीवार १३:४४

‘समृद्ध नेपालको आधार, सूचना प्रविधि र सञ्चार’ नाराका साथ आज...

सोलुखुम्बुमा डढेलोले दश घर जले, दर्जनौँ पशुचौपाया हताहत   

सोलुखुम्बुमा डढेलोले दश घर जले, दर्जनौँ पशुचौपाया हताहत   

वि.सं.२०८१ वैशाख २० बिहीवार १३:२६

सल्लेरी (सोलुखुम्बु), २० वैशाख : हिमाली जिल्ला सोलुखुम्बुमा जङ्गलको डढेलो...

काठमाडौँ बन्यो सबैभन्दा प्रदूषित सहर   

काठमाडौँ बन्यो सबैभन्दा प्रदूषित सहर   

वि.सं.२०८१ वैशाख २० बिहीवार १३:०५

काठमाडौँ, २० वैशाखः काठमाडौँ आज फेरि वायु प्रदूषणको हिसाबले विश्वकै...

ठोरी भन्सार पुनः सञ्चालनमा   

ठोरी भन्सार पुनः सञ्चालनमा   

वि.सं.२०८१ वैशाख २० बिहीवार १२:५२

चितवन, २० वैशाख : माडी नगरपालिका र पर्साको ठोरी जोड्ने...

प्रेस स्वतन्त्रताको पक्षमा लालटिन बालेर प्रदर्शन

प्रेस स्वतन्त्रताको पक्षमा लालटिन बालेर प्रदर्शन

वि.सं.२०८१ वैशाख २० बिहीवार १२:१८

काठमाडौं । संविधानमा उल्लेख गरिएको पूर्ण प्रेस स्वतन्त्रताको व्यवस्था बिपरित...

वेस्ट इन्डिज ‘ए’ ब्याटिङ गर्दै, नेपाल जित्नैपर्ने दबाबमा   

वेस्ट इन्डिज ‘ए’ ब्याटिङ गर्दै, नेपाल जित्नैपर्ने दबाबमा   

वि.सं.२०८१ वैशाख २० बिहीवार १२:०५

काठमाडौँ, २० वैशाख : टी–ट्वान्टी क्रिकेट शृङ्खलाअन्तर्गत नेपालविरुद्धको चौथो खेलमा...