back
NMB ad

केही घट्यो मूल्यवृद्धि : व्यापार घाटामा सुधार, सेवा आय बढ्दो

Kumari bank ad

काठमाण्डौ । देशमा मूल्यवृद्धि विस्तारै कम हुँदै गएको छ । नेपाल राष्ट्रबैंकका अनुसार असोजसम्म ६ दशमलव ४४ प्रतिशत मूल्यवृद्धि रहेकोमा कार्तिकमा घटेर ६ दशमलव २७ प्रतिशतमा झरेको छ ।

नेपाल राष्ट्रबैंकले प्रकासन गरेको देशको वर्तमान आर्थिक तथा वित्तीय स्थितिको रिपोर्ट अनुसार काठमाण्डौ उपत्यकामा ६ दशमलव ५० प्रतिशत, तराइमा ६.०४ प्रतिशत, पहाडमा ४.५६ प्रतिशत र हिमालमा ४.०१ प्रतिशत मूल्यवृद्धि रहेको छ ।

वार्षिक विन्दुगत आधारमा उपभोक्ता मूल्य सूचकांकमा आधारित मूल्यवृद्धि ५.७६ प्रतिशत छ । चार महिनाको औसत मुद्रास्फीति ६.२७ प्रतिशत छ ।

निर्यात बढ्दो, आयात घट्दो

राष्ट्रबैंकको रिपोर्ट अनुसार चालु आर्थिक वर्षका ४ महिनामा आयातको दर घटेको छ भने निर्यातको दर बढिरहेको छ । चार महिनामा वस्तु निर्यात २३.९ प्रतिशतले बढेर ३६ अर्ब २८ करोड रुपैयाँ पुगेको छ । अघिल्लो वर्षको ४ महिनामा निर्यात जम्मा ११ प्रतिशतले वृद्धि भएको थियो ।

पाम तेल, अलैँची, धागो (पोलिष्टर तथा अन्य), जुटका सामान, आयुर्वे्दिक औषधि लगायतका वस्तुको निर्यात बढेको छ भने जस्तापाता, तार, तयारी पोशाक, जुस, ऊनी गलैँचा लगायतका वस्तुहरुको निर्यात घटेको छ ।

यस्तै यस आर्थिक वर्षको चार महिनामा वस्तु आयात ६ दशमलव ९ प्रतिशतले घटेर ४ खर्ब ५० अर्ब ३० करोडमा सीमित भएको छ । गएको वर्षको सुरुको ४ महिनामा वस्तु आयात ३५ दशमलव ८ प्रतिशतले बढेको थियो ।

सेवा आय बढ्दो, व्यय घट्दो

४ महिनामा खुद सेवा आय २ अर्ब ७१ करोडले घाटामा रहेको छ । अघिल्लो वर्षको ४ महिनामा अवधिमा खुद सेवा आय १३ अर्ब १६ करोडले घाटामा रहेको थियो । सेवा खाता अन्तर्गत भ्रमण आय ४ महिनामा ११.३ प्रतिशतले बढेर २७ अर्ब ८९ करोड पुगेको छ ।

सेवा खाता अन्तर्गत समीक्षा अवधिमा भ्रमण व्यय २६.१ प्रतिशतले घटेर २५ अर्ब ८० करोड रुपैयाँमा सीमित भएको छ । यसमध्ये शिक्षातर्फको खर्च १२ अर्ब १७ करोड रहेको छ ।

अघिल्लो वर्षको त्यसै अवधिमा भ्रमण व्यय ३४ अर्ब ९१ करोड र त्यसमध्ये शिक्षातर्फको खर्च.१९ अर्ब ३१ करोेड रुपैयाँ रहेको थियो ।

शोधानान्तर घाटा सुध्रँदै, वैदेशिक लगानी बढ्दै

४ महिनामा चालु खाता घाटा ३७ अर्ब ३० करोड रुपैयाँ रहेको छ । अघिल्लो वर्षको ४ महिनामा यस्तो घाटा ८८ अर्ब ४३ करोड रुपैयाँ रहेको थियो ।

अमेरिकी डलरमा अघिल्लो वर्षको चार महिनासम्ममा ७७ करोड २१ लाख रहेको चालु खाता घाटा अहिलेको ४ महिनामा ३२ करोड ८८ लाख रहेको छ ।

यस्तै वैदेशिक लगानी पनि बढेको छ । प्रत्यक्ष वैदेशिक लगानी ४ अर्ब ९२ करोड रहेको छ । अघिल्लो वर्षको सुरुको ४ महिनामा प्रत्यक्ष वैदेशिक लगानी ४ अर्ब २४ करोड रहेको थियो ।

यस्तै ४ महिनामा शोधनान्तर स्थिति २७ अर्ब २९ करोड रुपैयाँले बचतमा रहेको छ । गएको वर्ष सुरुको ४ महिनामा शोधनान्तर स्थिति ५७ अर्ब ३३ करोड रुपैयाँले घाटामा रहेको थियो ।

अमेरिकी डलरमा शोधनान्तर स्थिति अघिल्लो वर्षको चार महिनासम्ममा ५० करोड ३६ लाखले घाटामा रहेकोमा अहिले २४ करोड ८ लाखले बचतमा रहेको छ ।

यस्तै २०७६ असार मसान्तमा १० खर्ब ३८ अर्ब ९२ करोड रहेको कुल विदेशी विनिमय सञ्चिति ६.२ प्रतिशतले बढेर कात्तिक मसान्तमा ११ खर्ब ३ अर्ब १२ करोड रुपैयाँ पुगेको छ ।

कुल विदेशी विनिमय सञ्चितिमध्ये नेपाल राष्ट्र बैंकमा रहेको सञ्चिति २०७६ असार मसान्तमा ९ खर्ब २ अर्ब ४४ करोड रुपैयाँ २०७६ कात्तिक मसान्तमा ९ खर्ब ५८ अर्ब १७ करोड रुपैयाँ पुगेको छ ।

बैंक तथा वित्तीय संस्था (नेपाल राष्ट्र बैंकबाहेक) सँग रहेको विदेशी विनिमय सञ्चिति २०७६ असार मसान्तमा १ खर्ब ३६ अर्ब ४७ करोड रहेकोमा २०७६ कात्तिक मसान्तमा १ खर्ब ४४ अर्ब ९५ करोड पुगेको छ ।

२०७६ पुस ०२ गते प्रकाशित

वि.सं.२०७६ पुस २ बुधवार १६:४१ मा प्रकाशित

You can share this post!

झापाको बिरिङ र निन्दामा बाढीको पूर्व सूचना दिने प्रणाली जडान   

झापाको बिरिङ र निन्दामा बाढीको पूर्व सूचना दिने प्रणाली जडान   

वि.सं.२०८१ जेठ ६ आइतवार १४:०१

झापा, ६ जेठ : जल तथा मौसम विज्ञान विभागले झापाको...

गृहमन्त्री लामिछानेलाई सदनमा बोल्न दिने विपक्षी दलको निर्णय   

गृहमन्त्री लामिछानेलाई सदनमा बोल्न दिने विपक्षी दलको निर्णय   

वि.सं.२०८१ जेठ ६ आइतवार १३:३०

काठमाडौँ, ६ जेठ : प्रतिनिधिसभाका विपक्षी दलहरुले उपप्रधानमन्त्री एवं गृहमन्त्री...

प्रतिनिधिसभा बैठक २ बजेसम्मका लागि सर्‍यो   

प्रतिनिधिसभा बैठक २ बजेसम्मका लागि सर्‍यो   

वि.सं.२०८१ जेठ ६ आइतवार १३:२३

काठमाडौँ, ६ जेठ : आज बिहान ११ बजे बस्नेगरी तय...

धादिङ र चितवनका विकट चेपाङ बस्तीमा प्राधिकरणले बाँड्यो निःशुल्क मिटर

धादिङ र चितवनका विकट चेपाङ बस्तीमा प्राधिकरणले बाँड्यो निःशुल्क मिटर

वि.सं.२०८१ जेठ ६ आइतवार १२:५४

काठमाडौँ, ६ जेठ : अतिसिमान्तकृत चेपाङ समुदायको बाहुल्यता रहेको धादिङ...

मनाङमा आठ महिनामा नौ सय ५० सवारीचालक कारबाहीमा   

मनाङमा आठ महिनामा नौ सय ५० सवारीचालक कारबाहीमा   

वि.सं.२०८१ जेठ ६ आइतवार १२:४३

मनाङ, ६ जेठ : मनाङमा आठ महिनामा नौ सय ५०...

अमलेखगञ्जदेखि लोथरसम्म ‘पेट्रोलियम पाइप लाइन’ विस्तार हुँदै   

अमलेखगञ्जदेखि लोथरसम्म ‘पेट्रोलियम पाइप लाइन’ विस्तार हुँदै   

वि.सं.२०८१ जेठ ६ आइतवार ११:५९

वागमती, ६ जेठः बाराको अमलेखगञ्जदेखि चितवनको लोथरसम्म पेट्रोलियम पाइप लाइन...