back
NMB ad

उपत्यकामै कालोबजारीमा संलग्न १ सय १९ जनालाई मुद्दा !

Kumari bank ad

काठमाण्डौं । भारतीय नाकाबन्दीपछि उपत्यकामा ११९ जनाविरुद्ध इन्धन कालोबजारी अभियोगमा मुद्दा परेको छ। नाकाबन्दीको कारण देखाएर खाना पकाउने एलपी ग्यास, पेट्रोल, डिजल तथा मट्टीतेलमा कालोबजारी गर्ने व्यापारीविरुद्ध यो मुद्दा परेको हो।

कारबाहीका पर्नेमा खुद्रा व्यापारीदेखि इन्धन डिपो सञ्चालक र आयल निगममा कर्मचारीसमेत छन्।
कालोबजारी गर्नेहरुबाट करिब ६५ हजार लिटर डिजेल, ३५ हजार लिटर पेट्रोल, हजार सिलिन्डर ग्यास र करिब हजार लिटर मट्टीतेल बरामद भएको छ।

महानगरीय प्रहरी कार्यालयका अनुसार १०९ कालोबजारीका मुद्दामा ११८ व्यापारी कारबाहीमा परेका छन्। ५७ जना व्यापारीलाई सचेत गराएर छोडिएको छ। भारतीय नाकाबन्दीपछि कालोबजारी विरुद्ध नेपाल प्रहरी, वाणिज्य तथा आपूर्ति व्यवस्थापन विभाग, अधिकारवादी तथा उपभोक्ता संयुक्त रुपमा परिचालित थिए।

महानगरीय प्रहरी आयुक्त एआर्इजी प्रतावसिंह थापाका अनुसार इन्धन कालोबजारीविरूद्धको अनुगमनमा काठमाडौं, भक्तपुर र ललितपुरबाट सादा पोसाकका प्रहरीलार्इ खटाइएको छ।

कारोबार दैनिक, २१ चैत, २०७२, ८।००

वि.सं.२०७२ चैत २१ आइतवार १०:२० मा प्रकाशित

You can share this post!

कसरी पक्षी अवलोकनले विद्यार्थीहरूलाई कष्ट कम र मानसिक स्वास्थ्य सुधार गर्न मद्दत गर्छ ?   

कसरी पक्षी अवलोकनले विद्यार्थीहरूलाई कष्ट कम र मानसिक स्वास्थ्य सुधार गर्न मद्दत गर्छ ?   

वि.सं.२०८१ वैशाख २२ शनिवार २०:२२

नर्थ क्यारोलिना, २२ वैशाख : कलेजका विद्यार्थीहरूको मानसिक स्वास्थ्य सुधार...

विदेश पठाइदिने भन्दै ३४ लाखभन्दा बढी रकम ठगी गर्ने पक्राउ   

विदेश पठाइदिने भन्दै ३४ लाखभन्दा बढी रकम ठगी गर्ने पक्राउ   

वि.सं.२०८१ वैशाख २२ शनिवार २०:१२

काठमाडौँ, २२ वैशाखः वैदेशिक रोजगारीका लागि बेलायत पठाइदिने भन्दै रु...

वेस्ट इन्डिज ‘ए’सँगको अन्तिम खेलमा नेपाल विजयी   

वेस्ट इन्डिज ‘ए’सँगको अन्तिम खेलमा नेपाल विजयी   

वि.सं.२०८१ वैशाख २२ शनिवार २०:०८

काठमाडौँ, २२ वैशाख : टी–२० शृङ्खलाको अन्तिम खेलमा नेपालले वेष्ट...

रेलसेवा तीन दिन बन्द हुने, यस्तो छ कारण   

रेलसेवा तीन दिन बन्द हुने, यस्तो छ कारण   

वि.सं.२०८१ वैशाख २२ शनिवार २०:०४

जनकपुर, २२ वैशाख: भारतमा हुने लोकसभा जयनगर–जनकपुर–भङ्गहा रेलसेवा तीन दिनसम्म...

वेस्ट इन्डिज ‘ए’द्वारा नेपाललाई १७३ रनको लक्ष्य   

वेस्ट इन्डिज ‘ए’द्वारा नेपाललाई १७३ रनको लक्ष्य   

वि.सं.२०८१ वैशाख २२ शनिवार १५:२८

काठमाडौँ, २२ वैशाख : वेस्ट इन्डिज ‘ए’ले टी–ट्वान्टी शृङ्खलाको अन्तिम...

त्रिशूलीसहित पाँच नदीलाई प्लास्टिकजन्य फोहर मुक्त बनाइने   

त्रिशूलीसहित पाँच नदीलाई प्लास्टिकजन्य फोहर मुक्त बनाइने   

वि.सं.२०८१ वैशाख २२ शनिवार १५:०८

मुग्लिन, (चितवन), २२ वैशाख : नेपालका पाँच वटा नदीलाई प्लास्टिकजन्य...