back
NMB ad

कुमारी बैंकले तीन अर्बको ऋणपत्र निष्कासन गर्दै, सर्वसाधारणलाई कति ?

Kumari bank ad

काठमाडौं । कुमारी बैंकले पुस १४ गतेदेखि तीन अर्ब रुपैयाँको ऋणपत्र निष्कासन गर्ने भएको छ । बैंकले १०.२५ प्रतिशत ब्याजदरमा सर्वसाधारणको लागि एक अर्ब २० करोड रूपैयाँको ऋणपत्र निष्कासन गर्ने भएको हो ।

बैंकले प्रति डिबेन्चर एक हजार रूपैयाँ दरमा १२ लाख कित्तामध्ये ६ लाख कित्ता सामुहिक लगानी कोषका लागि छुट्याएको छ । बाँकी एक अर्ब ८० करोड रूपैयाँको ऋणपत्र बैंक आफैंले प्राइभेट प्लेसमेन्टबाट बिक्री गर्नेछ ।

लगानीकर्ताहरूले छिटोमा पुस १७ गतेसम्म र पहिलो चरणमा बिक्री नभए ढिलोमा माघ १४ गतेसम्म बिक्री खुला गर्नेछ ।सर्वसाधारणले न्युनतम २५ कित्ता र अधिकतम १२ लाख कित्तासम्मको लागि आवेदन दिन सक्ने छन ।

इक्रा नेपालले गरेको क्रेडिट रेटिङअनुसार मध्यम किसिमको जोखिम जनाउने ‘इक्रा एनपी एल ट्रीपल बी प्लस’ प्राप्त गरेको छ ।  लगानीकर्ताले आस्वा सुविधा प्रदान गर्ने सम्पूर्ण बैंक तथा वित्तीयबाट आवेदन दिन सक्ने छन्।

ऋणपत्रधनीले अर्धवार्षिक रूपमा तोकिएको ब्याज प्राप्त गर्नेछन । धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धक नेपाल एसबिआई मर्चेन्ट बैंकिङ रहेको छ । राष्ट्रिय स्तरको वाणिज्य बैंक कुमारीको चुक्ता पुँजी ८ अर्ब ६८ करोड रूपैयाँ छ ।

२०७६ पुस ०६ गते प्रकाशित

वि.सं.२०७६ पुस ६ आइतवार ११:३० मा प्रकाशित

You can share this post!

श्रमिकको सुरक्षा र लगानीमैत्री वातावरणमा जोड : चेम्बर अफ कमर्स   

श्रमिकको सुरक्षा र लगानीमैत्री वातावरणमा जोड : चेम्बर अफ कमर्स   

वि.सं.२०८१ वैशाख १८ मंगलवार १९:३९

काठमाडौँ, १८ वैशाख : नेपाल चेम्बर अफ कमर्सले श्रमिक वर्गको...

आर्थिक वृद्धिदर ३.५४ प्रतिशत अनुमान   

आर्थिक वृद्धिदर ३.५४ प्रतिशत अनुमान   

वि.सं.२०८१ वैशाख १८ मंगलवार १९:३५

काठमाडौँ, १८ वैशाख : राष्ट्रिय तथ्याङ्क कार्यालयले चालु आर्थिक वर्ष...

सप्तरीको चिम्टीमा भीषण आगलागी, एक सय बढी घर जलेर नष्ट   

सप्तरीको चिम्टीमा भीषण आगलागी, एक सय बढी घर जलेर नष्ट   

वि.सं.२०८१ वैशाख १८ मंगलवार १९:३०

राजविराज (सप्तरी), १८ वैशाख : सप्तरीको महादेवा गाउँपालिकामा आज भीषण...

अब इलामको विकासको जिम्मा सुहाङले लिनेछन् र सुहाङको जिम्मा म लिनेछु : अध्यक्ष ओली   

अब इलामको विकासको जिम्मा सुहाङले लिनेछन् र सुहाङको जिम्मा म लिनेछु : अध्यक्ष ओली   

वि.सं.२०८१ वैशाख १८ मंगलवार १९:२६

फिक्कल (इलाम), १८ वैशाख : नेपाल कम्युनिष्ट पार्टी (एमाले) का...

आगामी बजेट पर्यटन, सीप विकास र उद्योग सञ्चालनमा जोड दिनुपर्ने    

आगामी बजेट पर्यटन, सीप विकास र उद्योग सञ्चालनमा जोड दिनुपर्ने    

वि.सं.२०८१ वैशाख १८ मंगलवार १७:५४

काठमाडौँ, १८ वैशाख : सांसदहरुले आगामी आर्थिक वर्षको बजेट खेल...

नागरिक लगानी कोषले सुपर खुदीको शेयर प्रत्याभूति गर्ने   

नागरिक लगानी कोषले सुपर खुदीको शेयर प्रत्याभूति गर्ने   

वि.सं.२०८१ वैशाख १८ मंगलवार १७:४४

काठमाडौँ, १८ वैशाख : नागरिक लगानी कोषले सुपर खुदी हाइड्रोपावर...