back
NMB ad

१७ दशमलव ७७ अंकले बढ्यो नेप्से

Kumari bank ad

काठमाडौं । यस साता नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा १७ दशमलव ७७ अंकको वृद्धि देखिएको छ ।

सातामा कारोबारको पहिलो दिन आईतबार १ हजार १ सय ४९ दशमलव ६५ अंकको बिन्दुमा रहेको नेप्से परिसूचक कारोबारको अन्तिम दिन बिहीबार १ हजार १ सय ६७ दशमलव ४२ अंकमा कायम भएको छ ।

बिहीबार मात्र नेप्से शुन्य दशमलव ६२ अंकले घटेको छ । बिहीबार १ सय ७२ वटा कम्पनीको १ लाख ४१ हजार २ सय ११ कित्ता सेयर ६ हजार पटक खरिदबिक्री हुँदा ५८ करोड ८६ लाख ७७ हजार ८ सय ८७ रुपैयाँ बराबरको कारोबार भएको छ ।

बिहीबार बैंकिङ, व्यापार, विकास बैैंक र जीवन बिमा समूहको उपसूचक क्रमशः शुन्य दशमलव ६९, ३५ दशमलव ७२, २ दशमलव २९ र १६ दशमलव ५५ अंकले बढेको छ भने बाँकी सबै समूहको उपसूचक घटेको छ । सबैभन्दा धेरै निर्जीवन बिमा समूहको उपसूचक २४ दशमलव ६७ अंकले घटेको छ ।

कारोबार रकम र कारोबार सेयर संख्याका आधार नेपाल बैंक लिमिटेड पहिलो स्थानमा देखिएको छ । नेपाल बैंकको ४ लाख १७ हजार ३ सय ४० कित्ता सेयर खरिदबिक्री हुँदा १३ करोड २२ लाख ११ हजार २ सय ४८ रुपैयाँ बराबरको कारोबार भएको छ ।

सबैभन्दा धेरै कमाउनेमा नेपाल सेवा लघुवित्त वित्तीय संस्था लिमिटेडका लगानीकर्ताले प्रतिकित्ता ८ दशमलव ८० प्रतिशतका दरले कमाएका छन् भने सबैभन्दा बढी गुमाउनेमा पाँचथर पावर कम्पनी लिमिटेडका लगानीकर्ताले प्रतिकित्ता ७ दशमलव ६२ प्रतिशतका दरले गुमाएका छन् ।

२०७६ पुस १० गते प्रकाशित

वि.सं.२०७६ पुस १० बिहीवार १६:१५ मा प्रकाशित

You can share this post!

जापानका परराष्ट्रमन्त्री आज आउँदै   

जापानका परराष्ट्रमन्त्री आज आउँदै   

वि.सं.२०८१ वैशाख २३ आइतवार ०६:४०

काठमाडौँ, २३ वैशाख: जापानका परराष्ट्रमन्त्री कामिकावा योको नेपालको औपचारिक भ्रमणमा...

आजको मौसम : यी स्थानमा हल्का वर्षाको सम्भावना

आजको मौसम : यी स्थानमा हल्का वर्षाको सम्भावना

वि.सं.२०८१ वैशाख २३ आइतवार ०६:३४

काठमाडौँ, २३ वैशाख: हाल देशमा पश्चिमी वायु र स्थानीय वायुको...

आज २३ बैशाख २०८१ आइतवार, यस्तो छ आजको दैनिक राशिफल

आज २३ बैशाख २०८१ आइतवार, यस्तो छ आजको दैनिक राशिफल

वि.सं.२०८१ वैशाख २३ आइतवार ०६:३०

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...

कसरी पक्षी अवलोकनले विद्यार्थीहरूलाई कष्ट कम र मानसिक स्वास्थ्य सुधार गर्न मद्दत गर्छ ?   

कसरी पक्षी अवलोकनले विद्यार्थीहरूलाई कष्ट कम र मानसिक स्वास्थ्य सुधार गर्न मद्दत गर्छ ?   

वि.सं.२०८१ वैशाख २२ शनिवार २०:२२

नर्थ क्यारोलिना, २२ वैशाख : कलेजका विद्यार्थीहरूको मानसिक स्वास्थ्य सुधार...

विदेश पठाइदिने भन्दै ३४ लाखभन्दा बढी रकम ठगी गर्ने पक्राउ   

विदेश पठाइदिने भन्दै ३४ लाखभन्दा बढी रकम ठगी गर्ने पक्राउ   

वि.सं.२०८१ वैशाख २२ शनिवार २०:१२

काठमाडौँ, २२ वैशाखः वैदेशिक रोजगारीका लागि बेलायत पठाइदिने भन्दै रु...

वेस्ट इन्डिज ‘ए’सँगको अन्तिम खेलमा नेपाल विजयी   

वेस्ट इन्डिज ‘ए’सँगको अन्तिम खेलमा नेपाल विजयी   

वि.सं.२०८१ वैशाख २२ शनिवार २०:०८

काठमाडौँ, २२ वैशाख : टी–२० शृङ्खलाको अन्तिम खेलमा नेपालले वेष्ट...