back
NMB ad

मुद्दती निक्षेपमा १ अर्ब ४० करोड लगानी गर्दै राष्ट्र बैंक

Kumari bank ad

काठमाडौं । नेपाल राष्ट्र बैंकले उपदान तथा निवृत्तिभरण कोषमा रहेको रू. १ अर्ब ४० करोड बैंक तथा वित्तीय कम्पनीमा लगानी गर्ने भएको छ ।

केन्द्रीय बैंकले उक्त रकम एक वर्षे मुद्दती निक्षेपको रूपमा २०७६ माघ १ देखि २०७७ पुस २९ गतेसम्मका लागि लगानी गर्न लागेको हो ।

लगानी गरिने रकममध्ये वाणिज्य बैंकहरूमा रू. १ अर्ब १२ करोड, राष्ट्रिय स्तरका विकास बैंकमा रू. २१ करोड र वित्त कम्पनीमा रू. ७ करोड लगानी गर्ने बताइएको छ ।

निक्षेपको रूपमा रकम लिन चाहने बैंकले केन्द्रीय बैंकले तोकेको शर्त पूरा गरी आवश्यक रकम र प्रस्तावित ब्याजदर समेत खुलाएर पुस महीनाको १६ गते दिउँसो ३ बजेभित्र निवेदन पेश गरिसक्नु पर्ने छ ।

बैंकहरूले प्रस्ताव गरेको ब्याजदर लगानी गरिने मितिसम्म मान्य हुने बताइएको छ । केन्द्रीय बैंकका अनुसार बैंक तथा वित्तीय संस्थाको ब्याजदर परिवर्तनसम्बन्धी सार्वजनिक सूचनाले प्रस्तावित ब्याजदरलाई कुनै असर पारेको मानिने छैन ।

प्रस्ताव पेश गर्दा नेपाल राष्ट्र बैंक वित्त व्यवस्थापन विभाग, अवकाश कोष इकाईलाई सम्बोधन गर्नुका साथै अनिवार्य रूपमा उपदान तथा पेन्सन कोष लगानीको ब्याजदरसम्बन्धी प्रस्ताव पत्र भनी अनिवार्य उल्लेख गर्नुपर्ने बताइएको छ ।

२०७६ पुुस १४ गते प्रकाशित

वि.सं.२०७६ पुस १४ सोमवार ०८:२८ मा प्रकाशित

You can share this post!

एनआइसी एशिया बैंकले भाखा नाघेका ऋणिहरुलाई ब्याजदरमा भारी छुट दिने

एनआइसी एशिया बैंकले भाखा नाघेका ऋणिहरुलाई ब्याजदरमा भारी छुट दिने

वि.सं.२०८१ वैशाख २४ सोमवार २१:३०

काठमाडौं । एनआईसी एशिया बैंकले देशमा हाल कायम रहेको आर्थिक...

शेयर निष्कासन प्रक्रिया रोकिँदा जलविद्युतका आयोजनाको काम प्रभावित   

शेयर निष्कासन प्रक्रिया रोकिँदा जलविद्युतका आयोजनाको काम प्रभावित   

वि.सं.२०८१ वैशाख २४ सोमवार २१:१३

काठमाडोँ, २४ वैशाख : प्राथमिक (आइपिओ) हकप्रद शेयर निष्कासनका लागि...

ग्लोबल आइएमई बैंक र बडीमालिका नगरपालिकाबिच कर्जा सहजीकरण सम्झौता

ग्लोबल आइएमई बैंक र बडीमालिका नगरपालिकाबिच कर्जा सहजीकरण सम्झौता

वि.सं.२०८१ वैशाख २४ सोमवार २०:२६

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेड र बडीमालिका नगरपालिकाबिच उद्यमशीलता,...

पर्यटकीय राजधानीमा बसाइ लम्ब्याउन भ्यू फेवा, राउन्ड फेवा पदमार्ग   

पर्यटकीय राजधानीमा बसाइ लम्ब्याउन भ्यू फेवा, राउन्ड फेवा पदमार्ग   

वि.सं.२०८१ वैशाख २४ सोमवार १५:२७

गण्डकी, २४ वैशाख : पर्यटकीय राजधानी पोखरामा पर्यटकको बसाइ लम्ब्याउने...

नेपालमा ‘इन्ड्राइभ’को आधिकारिक रुपमा सेवा सुरु   

नेपालमा ‘इन्ड्राइभ’को आधिकारिक रुपमा सेवा सुरु   

वि.सं.२०८१ वैशाख २४ सोमवार १५:२३

काठमाडौँ, २४ वैशाखः राइड सेयरिङ एप ‘इन्ड्राइभ’ले आधिकारिक रुपमा आजबाट...

उच्च दरमा बढ्यो यी कम्पनीको सेयर मूल्य, कुनको कति ?

उच्च दरमा बढ्यो यी कम्पनीको सेयर मूल्य, कुनको कति ?

वि.सं.२०८१ वैशाख २४ सोमवार १५:१९

काठमाडौं । साताको दोस्रो कारोबार दिन सेयर बजार दोहोरो अंकले...