back
NMB ad

४० डिग्री घाममा पसिना बगाउन जानु नपर्ने, काम चाहियो वा दक्ष कामदार अब आयो यस्तो एप

Kumari bank ad

काठमाण्डौं । अरबान्स् नेपालले नेपालमै पहिलो लोकल होम सर्भिस एप लन्च गरेको छ । शुक्रवार काठमाण्डौँको होटल सोल्टीमा आयोजीत एक कार्यक्रममा उक्त एप लन्च गरीएको हो । दैनिक जिवनमा घर तथा कार्यालयमा हुने मर्मत संभारको समस्याहरुलाई मध्यनजर गर्दै यो एप लन्च गरीएको जसबाट उपभोक्ताले आफुलाई चाहिएको दैनिक सेवाको लागी दक्ष कामदार अरबान्स् नेपाल (urbansnepal) मार्फत हायर गर्नसक्ने र एपले १५ दिनको ग्यारेन्टिका साथ सहुलियत सेवासुविधा उपलब्ध गराउने जनाइएको छ ।

कार्यक्रममा अरबान्स् नेपालका सिईओ तथा संस्थापक सविल खानले स्वदेशमै रोजगारीको माहोल बनाउछु भन्ने नाराका साथ आफुहरुले यो एप लन्च गरेको जानकारी दिनुभयो । खानले भने – ‘दैनिक १२०० भन्दा बढि युवा खाडी मुलुकमा कामको सिलसिलामा पलायन हुनु पर्ने अवस्था छ । जसमध्ये ७० भन्दा बढि नेपाली रातो वाकसमा मृत्यू वरण गरी फर्कन्छन् । जब हाम्रै देशमा हामीलाई चाहिने सुविधाको माग छ भनेर सिटिभिटि बाट हजारौ दक्ष कामदारहरु दिक्षित भएर निस्कन्छन भने देशमै रोजगारको प्लेटफर्म हामी आफैले बनाउनु पर्दछ’ ,उनले भने किन परिवारको साथ छोडेर अर्काको देशको ४० डिग्रि घाममा आफनो पसिना बगाउने र ज्यान जोखिममा हाल्ने ?

खानले अगाडि भने ‘अरबान नेपाल त्यो प्लेटफर्म बनिसकेको छ । टुटलको जस्तै कमिशन मोडलमा आफु आफ्नै मालिक जस्तै काम गर्ने विकल्प आफै छान्ने सिस्टम बनाइएको छ । जसले गर्दा विचौली तथा दलालहरुले कुनै पनि मौका पाउने छैनन् । उनले अन्तिममा भने सरकारलाई दोष दिन छाडौ, हामी युवाले हाम्रै युवाहरुको लागी सोचौ, कसैको भरमा नबसौ ।’

उक्त कार्यक्रमको पुर्व सन्ध्यामा अरबान्स् नेपालले युथ माइग्रेशन एण्ड इट्स् इम्प्याक्ट इन द इन्टरप्रिनरशिप कल्चर इन नेपालु (Youth Migration and it’s Impact in the Entrepreneurship Culture in Nepal)  विषयक प्यानल डिसकसन पनि गरेको थियो । उक्त प्यानल डिसकसनमा चौधरी ग्रुपका एक्जुकिटिभ डाइरेक्टर करुण चौधरी, ल्याटिडो लेदरका सञ्चालक विलाल अहमेद साह, टुटलका को–फाउण्डर सिक्सिड भट्ट सँगै प्रोप्रटि ३६० डिग्रिका सञ्चालक सन्तोष प्रधानले टिप्पणी गर्नु भएको थियो भने क्लियर भिजनकी प्रकृति भट्टराई बस्नेत मोडरेटर बन्नुभएको थियो ।
साथै अरबान्स् नेपालले नेपालमै बसेर केही गर्न खोज्ने युवाहरुलाई लक्षित गरेर नेपालीले नेपालकै लागी गर्छु भन्ने नारा लिएको युट्यूवमा क्याम्पेन गर्न लागेको जानकारी पनि उक्त अवसरमा दिइएको थियो ।

२०७६ पुस १४ गते प्रकाशित

वि.सं.२०७६ पुस १४ सोमवार १०:३० मा प्रकाशित

You can share this post!

आगो लगाउनेलाई खोजेर कारबाहीको दायरामा ल्याउन गृहमन्त्री लामिछानेको निर्देशन   

आगो लगाउनेलाई खोजेर कारबाहीको दायरामा ल्याउन गृहमन्त्री लामिछानेको निर्देशन   

वि.सं.२०८१ वैशाख २३ आइतवार २१:१९

काठमाडौँ, २३ वैशाख : उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेले डढेलो...

ऊर्जा क्षेत्रको विकासका लागि यस्तो छ जापानको सहयोग   

ऊर्जा क्षेत्रको विकासका लागि यस्तो छ जापानको सहयोग   

वि.सं.२०८१ वैशाख २३ आइतवार २१:१६

रमेश लम्साल  काठमाडौँ, २३ वैशाख : नेपालको ऊर्जा क्षेत्रको विकास...

एक अर्ब बराबरको वैदेशिक रोजगार बचतपत्र निष्काशन हुँदै   

एक अर्ब बराबरको वैदेशिक रोजगार बचतपत्र निष्काशन हुँदै   

वि.सं.२०८१ वैशाख २३ आइतवार २१:११

काठमाडौँ, २३ वैशाख : सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले रु एक...

काठमाडौँ उपत्यकासहित पहाडी भूभागमा सामान्य वर्षा   

काठमाडौँ उपत्यकासहित पहाडी भूभागमा सामान्य वर्षा   

वि.सं.२०८१ वैशाख २३ आइतवार २१:०५

काठमाडौँ, २३ वैशाख : कोशी, गण्डकी र कर्णाली प्रदेशका पहाडी...

शुक्रबारसम्म काठमाडौँका विभिन्न ठाउँमा विद्युत् लाइन अवरुद्ध हुने   

शुक्रबारसम्म काठमाडौँका विभिन्न ठाउँमा विद्युत् लाइन अवरुद्ध हुने   

वि.सं.२०८१ वैशाख २३ आइतवार २१:०२

काठमाडौँ, २३ वैशाख : नेपाल विद्युत् प्राधिकरणले कुलेश्वर वितरण केन्द्र,...

नेपालीको औसत आयु ७१.३ वर्ष   

नेपालीको औसत आयु ७१.३ वर्ष   

वि.सं.२०८१ वैशाख २३ आइतवार १७:५८

काठमाडौँ, २३ वैशाख : राष्ट्रिय तथ्याङ्क कार्यालयले नेपालीको औसत आयु...