back
NMB ad

दुई दर्जन बैंक तथा वित्तीय संस्थाको साधारणसभा एकै दिन, यस्ता छन् एजेण्डा

Kumari bank ad

काठमाडौं । चालु आर्थिक वर्षको ६ महिना सकिनै लाग्दा अधिकांश बैंक तथा वित्तीय संस्थाहरुले धमाधम साधारणसभा गर्न थालेका छन् ।

आर्थिक वर्षको छ महिनाभित्र साधारणसभा गरिसक्नुपर्ने कम्पनी ऐनमा व्यवस्था छ । सोही कारण बैंक तथा वित्तीय संस्था लगायत नेपाल स्टक एक्सचेन्ज (नेप्से) लिमिटेडमा सूचिकृत कम्पनीहरु पनि साधारणसभा गर्न हतार गरिरहेका छन् ।

आउँदो पुस २९ गते ७ विकास बैंक ,५ ओटा फाइनान्स कम्पनी र ८ वटा लघुवित्त संस्था लगायतका २० ओटा बैंक तथा वित्तीय संस्थाहरुले साधारणसभा गर्न लागेका हुन् । ती संस्थाहरुले साधारणसभाका लागि नेपाल राष्ट्र बैंकबाट अनुमति पाएका छन् ।

२९ गते साधारणसभा गर्ने विकास बैंकहरुमा लुम्बिनी विकास बैंक, गण्डकी विकास बैंक, कञ्चन डेभलपमेन्ट बैंक, ज्योति विकास बैंक, सिन्धु विकास बैंक, साँग्रिला डेभलपमेन्ट बैंक, र ग्रीन डेभलपमेन्ट बैंक छन् ।

त्यस्तै,फाइनान्स कम्पनीतर्फ आइसीएफसी फाइनान्स,गुडवील फाइनान्स, सीटी एक्सप्रेस फाइनान्स र समृद्धि फाइनान्स लगायतका ५ ओटाले पुस २९ मा साधारणसभा गर्दैछन् ।

लघुवित्त तर्फ फरवार्ड कम्युनिटी,उन्नति माइक्रो फाइनान्स,समता माइक्रो फाइनान्स, समिट लघुवित्त वित्तीय संस्था, विजय लघुवित्त, मिथिला लघुवित्तले,सुपोर्ट माइक्रो फाइनान्स र नेपाल सेवा लघुवित्त लगायतका ८ लघुवित्तले यहि पुस २९ गते साधारण सभा गर्न लागेका छन् । यी वित्तीय संस्थाहरुले गत वर्षको नाफाबाट लगानीकर्तालाई लाभांश पनि दिने घोषणा गरेका छन् ।

लुम्बिनी विकास बैंकले २०, गण्डकी विकास बैंकले १७.३२, कञ्चनको १७,ज्योति विकासको १२.७५,सिन्धु विकासको १२.९,साँग्रिला डेभलपमेन्ट बैंक ८.९६ प्रतिशत लाभांश दिने घोषणा गरेका छन् । ग्रीन डेभलपमेन्ट बैंकले लाभांश घोषणा गरेको छैन ।

त्यसैगरी,फाइनान्सतर्फ आइसी एफसी फाइनान्सले १३, युनाइटेड फाइनान्सले १०.५३, गुडवीलले १० ,सीटी एक्प्रेस र समृद्धि फाइनान्सले लाभांश घोषणा गरेका छैनन् ।

त्यसैगरी लघुवित्त तर्फ फरवार्ड कम्युनिटीले ४५, उन्नतिले ४०.६३, समता ३१.५८, समिट २२.२१, विजय लघुवित्तले २०, मिथिला लघुवित्तले १५.७९, सर्पोट माइक्रो फाइनान्सले १०.५३, नेपाल सेवा लघुवित्तले २.६३ प्रतिशत लाभांश दिने भएका छन् ।

यस्तै एनएमबी बैंक, प्राइम कमर्शियल बैंक, कृषि विकास, नेपाल बैंक, हिमालयन बैंक, सेञ्चुरी कमर्शियल बैंक, नविल बैंक, एभरेष्ट बैंक, नेपाल इन्भेस्टमेन्ट बैंक, लगायतको साधारणसभा हुन बाँकी छ ।

२०७६ पुस १५ गते प्रकाशित

वि.सं.२०७६ पुस १५ मंगलवार १०:२५ मा प्रकाशित

You can share this post!

काठमाडौँ बन्यो सबैभन्दा प्रदूषित सहर   

काठमाडौँ बन्यो सबैभन्दा प्रदूषित सहर   

वि.सं.२०८१ वैशाख २० बिहीवार १३:०५

काठमाडौँ, २० वैशाखः काठमाडौँ आज फेरि वायु प्रदूषणको हिसाबले विश्वकै...

ठोरी भन्सार पुनः सञ्चालनमा   

ठोरी भन्सार पुनः सञ्चालनमा   

वि.सं.२०८१ वैशाख २० बिहीवार १२:५२

चितवन, २० वैशाख : माडी नगरपालिका र पर्साको ठोरी जोड्ने...

प्रेस स्वतन्त्रताको पक्षमा लालटिन बालेर प्रदर्शन

प्रेस स्वतन्त्रताको पक्षमा लालटिन बालेर प्रदर्शन

वि.सं.२०८१ वैशाख २० बिहीवार १२:१८

काठमाडौं । संविधानमा उल्लेख गरिएको पूर्ण प्रेस स्वतन्त्रताको व्यवस्था बिपरित...

वेस्ट इन्डिज ‘ए’ ब्याटिङ गर्दै, नेपाल जित्नैपर्ने दबाबमा   

वेस्ट इन्डिज ‘ए’ ब्याटिङ गर्दै, नेपाल जित्नैपर्ने दबाबमा   

वि.सं.२०८१ वैशाख २० बिहीवार १२:०५

काठमाडौँ, २० वैशाख : टी–ट्वान्टी क्रिकेट शृङ्खलाअन्तर्गत नेपालविरुद्धको चौथो खेलमा...

नेप्सेमा १ करोड ४५ लाख कित्ता सेयर सूचिकृत

नेप्सेमा १ करोड ४५ लाख कित्ता सेयर सूचिकृत

वि.सं.२०८१ वैशाख २० बिहीवार ११:५७

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा एक कम्पनीको हकप्रद सेयर...

नेपाली श्रमिकका लागि लाइफटाइम निःशुल्क रेमिट डिम्याट खाता सञ्चालन

नेपाली श्रमिकका लागि लाइफटाइम निःशुल्क रेमिट डिम्याट खाता सञ्चालन

वि.सं.२०८१ वैशाख २० बिहीवार ११:२८

काठमाडौं । सन सेक्युरिटिज प्रा.लि.ले अन्तर्राष्ट्रिय श्रमिक दिवसको उपलक्ष्यमा विश्वभर...