back
NMB ad

धितोपत्र बोर्डको अध्यक्षको लागि ३ जना सिफारिस, कस्को सम्भावना कति ?

Kumari bank ad

काठमाडौं । नेपाल धितोपत्र बोर्डको अध्यक्षका लागि तीन उम्मेदवार सिफारिस भएका छन । सोमबार भएको योग्यता र प्रस्तुतिकरण पछि ५ जनाबाट तीनजना छनौट गरि सिफारिसका लागि अर्थमन्त्रालयमा पठाएको छनौट समितिका संयोजक रामकुमार फुँयालले जानकारी दिए ।

छनौट समितिले भिष्मराज ढुङगाना, केशव श्रेष्ठ र निरज गिरीलाई बोर्डको अध्यक्षको लागि सिफारिस गरेको हो । ढुंगाना नेपाल राष्ट्र बैंकको कार्यकारी निर्देशकबाट अवकाश पाएपछि अर्थमन्त्रीको सिफारिसमा बोर्डको सदस्यका रुपमा मनोनित भएका थिए। गिरी बोर्डकै कार्यकारी निर्देशक हुन् भने केशव श्रेष्ठ पुर्वाधार विज्ञ हुन् ।

छनौट समितिले आवेदन दिएका ८ जनामध्येबाट पहिलो चरणमा ५ जनालाई सटलिस्ट गरेको थियो। उनीहरुको योग्यता, अन्तर्वाता र प्रस्तुतिको आधारमा सोमबार समितिले तीन जनाको नाम अर्थमन्त्रालयलाई सिफारिस गरेको हो ।

गत असोज ४ मा अध्यक्ष रेवतबहादुर कार्की सेवा अवधिका आधारमा अवकास पाएपछि बोर्डको अध्यक्ष पद खालि थियो ।सरकारले २० कात्तिकमा राष्ट्रिय योजना आयोगका सदस्य फुँयालको संयोजकत्वमा तीन सदस्यीय छानविन समिति गठन गरि छनौट प्रकृया अघि बढेको थियो।

छनौट समितिले सिफारिस गरेको तीन जनामध्ये मन्त्रीपरिषद्को निर्णयको आधारमा एक जना बोर्डको अध्यक्षमा सिफारिस हुनेछन् । अध्यक्षको सेवा अवधि ४ वर्षको हुन्छ ।

२०७६ पुस १५ गते प्रकाशित

वि.सं.२०७६ पुस १५ मंगलवार ११:५४ मा प्रकाशित

You can share this post!

श्रमिकको न्यूनतम पारिश्रमिक वृद्धि गर्न पहल गर्छु : प्रधानमन्त्री दाहाल   

श्रमिकको न्यूनतम पारिश्रमिक वृद्धि गर्न पहल गर्छु : प्रधानमन्त्री दाहाल   

वि.सं.२०८१ वैशाख १९ बुधवार १५:२२

काठमाडौँ, १९ वैशाख : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अनौपचारिक क्षेत्रमा...

उनन्तिसौँ पटक सगरमाथा आरोहण गर्दै कामिरिता   

उनन्तिसौँ पटक सगरमाथा आरोहण गर्दै कामिरिता   

वि.सं.२०८१ वैशाख १९ बुधवार १५:१४

सिबी अधिकारी  काठमाडौँ, १९ वैशाख : सगरमाथाको २८ पटक आरोहण...

श्रम मन्त्रालयद्वारा ‘श्रमदान’ अभियानको घोषणा   

श्रम मन्त्रालयद्वारा ‘श्रमदान’ अभियानको घोषणा   

वि.सं.२०८१ वैशाख १९ बुधवार १५:१०

काठमाडौँ, १९ वैशाख : श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले...

डढेलोले वन जल्यो, नरकुमारीको मन जल्यो    

डढेलोले वन जल्यो, नरकुमारीको मन जल्यो    

वि.सं.२०८१ वैशाख १९ बुधवार १४:५३

खोटाङ, १९ वैशाख : तीन सन्तानकी आमा नरकुमारी खत्रीको दैनिक...

वेस्ट इन्डिज ‘ए’द्वारा नेपालसामु २२८ रनको लक्ष्य   

वेस्ट इन्डिज ‘ए’द्वारा नेपालसामु २२८ रनको लक्ष्य   

वि.सं.२०८१ वैशाख १९ बुधवार १४:४३

काठमाडौँ, १९ वैशाख : टी–ट्वान्टी शृङ्खलाको तेस्रो खेलमा वेस्ट इन्डिज...

आयोग उपाध्यक्ष र भुटानी प्रधानमन्त्रीबीच भेटवार्ता

आयोग उपाध्यक्ष र भुटानी प्रधानमन्त्रीबीच भेटवार्ता

वि.सं.२०८१ वैशाख १९ बुधवार १४:१७

काठमाडौं । राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. मीनबहादुर श्रेष्ठ र...