back
NMB ad

यसकारण बैङ्कको सिइओ हटाउन राष्ट्र बैङ्कको सहमति लिनै पर्ने !

Kumari bank ad

काठमाडौँ । अब बैङ्क तथा वित्तीय संस्थाले प्रमुख कार्यकारी अधिकृत(सिइओ) हटाउन नेपाल राष्ट्र बैङ्कको सहमति लिनु पर्ने व्यवस्था गरिन लागेको छ ।

बैङ्क तथा वित्तीय संस्था सम्बन्धी ऐनमा बैङ्कको सञ्चालक समितिले जुनसुकै बेला निर्णय गरेर सिइओ बर्खास्त गर्न सक्ने साबिकको व्यवस्था संशोधन गरी राष्ट्र बैङ्कको सहमति लिनै पर्ने गरी संशोधनको प्रस्ताव गरिएको हो ।

सीईओको काम सन्तोषजनक नभए हटाउन सकिने तर राष्ट्र बैङ्कको सहमति लिनै पर्ने प्रावधान बैङ्क तथा वित्तीय संस्था सम्बन्धी ऐन(वाफिया) २०७३ मा प्रस्ताव गरिएको स्रोतले बताएको छ ।

केही महिनाअघि संसद् सचिवालयमा दर्ता भएको बाफियाको संशोधन विधेयकले सञ्चालक समितिको विशेषाधिकार खोसेको हो ।

अर्थ मन्त्रालयले गत भदौ २५ गते नै बाफियासहित नेपाल राष्ट्र बैङ्क ऐन, २०५८ लाई संशोधन गर्न बनाइएको विधेयकसमेत संसद् सचिवालयमा दर्ता गराएको थियो ।

संसद्को हिउँदे अधिवेशनमा प्रस्तुत गर्ने भनिएको यो विधेयक यति बेला सभामुख चयन प्रक्रियाले संसद् बैठक सुचारु हुन नसक्दा अघि बढ्न सकेको थिएन ।

विधेयकअनुसार सञ्चालक बन्न सम्बन्धित विषयमा स्नातक उपाधि हासिल गरेको र कम्तीमा ५ वर्षको अनुभव हुनुपर्छ । त्यसको विकल्पमा स्नातकोत्तर उपाधि हासिल गरेको र ३ वर्षको अनुभव हासिल गरेको हुनुपर्नेछ ।

यसै गरी अब बैङ्क तथा वित्तीय संस्थाहरूको सञ्चालक बन्न अब स्नातकोत्तर तहको अध्ययनका साथमा ३ वर्षको अनुभव पनि चाहिने भएको छ ।

२०७६ पुस १६ गते प्रकाशित

वि.सं.२०७६ पुस १६ बुधवार १२:४६ मा प्रकाशित

You can share this post!

नेपाल एसबिआई बैंकका ग्राहकलाई स्काईवाकको टिकटमा छुट

नेपाल एसबिआई बैंकका ग्राहकलाई स्काईवाकको टिकटमा छुट

वि.सं.२०८१ जेठ १ मंगलवार १८:२०

काठमाडौं । नेपाल एसबिआई बैंक लि. र वन्डर्स नेपाल प्रा....

निजामती सेवा कानुन यथाशीघ्र कार्यान्वयनमा ल्याउने   

निजामती सेवा कानुन यथाशीघ्र कार्यान्वयनमा ल्याउने   

वि.सं.२०८१ जेठ १ मंगलवार १८:०२

काठमाडौँ, १ जेठ : राष्ट्रपति रामचन्द्र पौडेलले सरकारको आगामी आर्थिक...

नेपाल उद्योग परिसंघको महानिर्देशकमा डा.घनश्याम ओझा नियुक्त

नेपाल उद्योग परिसंघको महानिर्देशकमा डा.घनश्याम ओझा नियुक्त

वि.सं.२०८१ जेठ १ मंगलवार १७:५८

काठमाडौँ, १ जेठ : नेपाल उद्योग परिसंघको महानिर्देशकमा डा. घनश्याम...

यी हुन् नीति तथा कार्यक्रमका मुख्य व्यवस्था  (पूर्णपाठ) 

यी हुन् नीति तथा कार्यक्रमका मुख्य व्यवस्था  (पूर्णपाठ) 

वि.सं.२०८१ जेठ १ मंगलवार १७:४६

काठमाडौँ, १ जेठ : आगामी आर्थिक वर्ष २०८१ / ८२...

प्रभु बैंक र काठमाण्डू मोडेल अस्पतालबीच विशेष छुट सम्झौता

प्रभु बैंक र काठमाण्डू मोडेल अस्पतालबीच विशेष छुट सम्झौता

वि.सं.२०८१ जेठ १ मंगलवार १७:२६

काठमाडौं । प्रदशनिमार्ग स्थित काठमाण्डू मोडेल अस्पताल र प्रभु बैंक...

सरकारले एक हजार युवालाई फेलोसिप उपलब्ध गराउने   

सरकारले एक हजार युवालाई फेलोसिप उपलब्ध गराउने   

वि.सं.२०८१ जेठ १ मंगलवार १७:२२

काठमाडौँ, १ जेठ : सरकारले विभिन्न विषय क्षेत्रका एक हजार...