back
NMB ad

इन्भेस्टमेन्ट बैंकको ‘ग्रिन डबल फिक्स्ड डिपोजिट’ योजना : दोब्बर निक्षेप पाइने

Kumari bank ad

काठमाडौं । विश्वव्यापी रूपमा जलवायु परिस्थितिहरू बिग्रिरहेको परिप्रेक्षमा नेपाल इन्भेस्टमेन्ट बैंकले अंग्रेजी नयाँ वर्षका अवसरमा पृथ्वीलाई सम्मुख राख्दै दिगो र वातावरणमैत्री लगानीलाई प्रवर्धन गर्ने उद्देश्यसहितको बिशेष योजना ल्याएको छ ।

बैंकले ल्याएको साढे सात वर्षे अवधिको निक्षेप ‘ग्रिन डबल फिक्स्ड डिपोजिट’बाट निक्षेपकर्ताहरूले अवधि सकिएपछि आफ्नो निक्षेप दोब्बर भएको पाउने छन्, किनकी यो निक्षेपको सञ्चिति बढ्दै जाने प्रकृतिको छ ।

यसबाहेक यसको मुख्य विशेषता भनेको निक्षेप दोब्बर हुनेमात्र नभइ यो योजनाअन्तर्गत संकलन गरिएको निक्षेप नवीकरणीय ऊर्जादेखि हरित आवास, जलवायुअनुकूल (क्लाइमेट स्मार्ट) कृषि देखि स्वच्छ पारवहन र प्रदूषण रोकथामसम्मका ग्रिन परियोजनाहरूमा लगानी गरिने छ, जसबाट निक्षेपकर्ताहरूलाई विश्वव्यापी अभियानमा आफ्नो योगदान भएको भावसहितको सन्तुष्टि प्रदान गर्न सकियोस् भन्ने उद्देश्य राखिएको छ ।

लगानीका क्षेत्रहरू विशुद्ध रूपमा मुलुकमा कार्बनको असर निष्प्रभावी तुल्याउने (कार्बन न्युट्रिलाइजेसन) का दिशामा एक कदम अगाडि बढाउने र विश्वव्यापी जलवायु परिवर्तनसँग सम्बन्धित चासोमुखी अभियानको समर्थन गर्ने ढाँचाले सुरुवात गरिएका छन् ।

यसका साथै, ‘ग्रिन डबल फिक्स्ड डिपोजिट’ निक्षेपका केही अन्य लाभहरूमा निक्षेपकर्ताहरूले क्रेडिट कार्ड लिदा ५० प्रतिशत छुट प्राप्त गर्नेछन् र यो ग्रिन डबल मुद्दती निक्षेप राखेको डेढ वर्ष पूरा भएपछि निक्षेपको सतप्रतिशतसम्म ऋण सुविधा पनि प्राप्त गर्न सकिनेछ ।

यो योजनाप्रति आमनागरिकहरूको समर्थनले हाम्रो समाज, राष्ट्र र समग्रमा विश्वमै व्यापक प्रभाव पर्ने बैंकको दाबी छ ।

२०७६ पुस १६ गते प्रकाशित

वि.सं.२०७६ पुस १६ बुधवार १७:०४ मा प्रकाशित

You can share this post!

ग्लोबल आइएमई बैंकमा स्वीस इन्भेष्टमेन्ट फन्ड फर इमर्जिङ् मार्केटको १० मिलियन अमेरिकी डलर लगानी

ग्लोबल आइएमई बैंकमा स्वीस इन्भेष्टमेन्ट फन्ड फर इमर्जिङ् मार्केटको १० मिलियन अमेरिकी डलर लगानी

वि.सं.२०८१ वैशाख १८ मंगलवार १२:३५

काठमाडौं । स्वीस इन्भेष्टमेन्ट फन्ड फर इमर्जिङ् मार्केटले ग्लोबल आइएमई...

आगलागीपीडितको पीडा : सबै जल्यो, के खाने ? कहाँ बस्ने ?   

आगलागीपीडितको पीडा : सबै जल्यो, के खाने ? कहाँ बस्ने ?   

वि.सं.२०८१ वैशाख १८ मंगलवार १२:३०

रञ्जिता अधिकारी देउखुरी (दाङ), १८ वैशाख : २०८१ वैशाख १६...

उपनिर्वाचनः पुराना दलमै भरोसा र नयाँको परीक्षण   

उपनिर्वाचनः पुराना दलमै भरोसा र नयाँको परीक्षण   

वि.सं.२०८१ वैशाख १८ मंगलवार १२:१३

काठमाडौँ, १८ वैशाखः प्रतिनिधिसभा र प्रदेशसभा सदस्य उपनिर्वाचनले प्रमुख दोस्रो...

सुहाङको यात्रा अधिवक्तादेखि सांसदसम्म   

सुहाङको यात्रा अधिवक्तादेखि सांसदसम्म   

वि.सं.२०८१ वैशाख १८ मंगलवार १२:०८

रामकुमार लिम्बू फिक्कल (इलाम), १८ वैशाखः नेपाल कम्युनिष्ट पार्टी (एमाले)...

रिडी पावरको लिलामी सेयर बाँडफाँड

रिडी पावरको लिलामी सेयर बाँडफाँड

वि.सं.२०८१ वैशाख १८ मंगलवार ११:४७

काठमाडौं । रिडी पावर कम्पनीले लिलामीमा बिक्री गरेको सेयर बाँडफाँड...

भोलि सार्वजनिक विदा

भोलि सार्वजनिक विदा

वि.सं.२०८१ वैशाख १८ मंगलवार ११:४०

काठमाडौं । सरकारले भोलि देशभर सार्वजनिक विदा दिएको छ ।...