back
NMB ad

सुनको भाउले बनायो नयाँ रेकर्ड : नेपाली बजारमा अहिलेसम्मकै महँगो, कति पुग्यो ?

Kumari bank ad

काठमाण्डौ । सुनको भाउले नयाँ रेकर्ड बनाएको छ । सुनको भाउ शुक्रबार तोलाको ७४ हजार ५ सय रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

सुनको भाउ शुक्रबार एकैदिन तोलामा एक हजार रुपैयाँ बढेर अहिलेसम्मकै महँगो अर्थात् तोलाको ७४ हजार ५ सय रुपैयाँ पुगेको हो । अमेरिका र इरानबीच तनाव बढिरहेकाले सुनको भाउ अझै बढ्ने महासङ्घले जनाएको छ ।

यसअघि गएको भदौ १८ गते सुनको भाउ तोलाको ७३ हजार ५ सय रुपैयाँ पुगेको थियो । त्यसयता घटेर तोलाको ७० हजार रुपैयाँसम्म झरेको सुनको भाउ गएको महिनादेखि फेरि बिस्तारै बढेर मंगलबार तोलाको ७३ हजार ५ सय रुपैयाँ पुगेको थियो ।
त्यसयता बुधबार र बिहीबार स्थिर रहेको सुनको भाउ शुक्रबार भने तोलामा एक हजार रुपैयाँ बढेको हो । चाँदीको भाउ भने आज पनि घटबढ भएको छैन । चाँदी आज पनि तोलाको ९ सय रुपैयाँमा कारोबार भैरहेको छ ।

२०७६ पुस १८ गते प्रकाशित

वि.सं.२०७६ पुस १८ शुक्रवार ११:०८ मा प्रकाशित

You can share this post!

जापानका परराष्ट्रमन्त्री आज आउँदै   

जापानका परराष्ट्रमन्त्री आज आउँदै   

वि.सं.२०८१ वैशाख २३ आइतवार ०६:४०

काठमाडौँ, २३ वैशाख: जापानका परराष्ट्रमन्त्री कामिकावा योको नेपालको औपचारिक भ्रमणमा...

आजको मौसम : यी स्थानमा हल्का वर्षाको सम्भावना

आजको मौसम : यी स्थानमा हल्का वर्षाको सम्भावना

वि.सं.२०८१ वैशाख २३ आइतवार ०६:३४

काठमाडौँ, २३ वैशाख: हाल देशमा पश्चिमी वायु र स्थानीय वायुको...

आज २३ बैशाख २०८१ आइतवार, यस्तो छ आजको दैनिक राशिफल

आज २३ बैशाख २०८१ आइतवार, यस्तो छ आजको दैनिक राशिफल

वि.सं.२०८१ वैशाख २३ आइतवार ०६:३०

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...

कसरी पक्षी अवलोकनले विद्यार्थीहरूलाई कष्ट कम र मानसिक स्वास्थ्य सुधार गर्न मद्दत गर्छ ?   

कसरी पक्षी अवलोकनले विद्यार्थीहरूलाई कष्ट कम र मानसिक स्वास्थ्य सुधार गर्न मद्दत गर्छ ?   

वि.सं.२०८१ वैशाख २२ शनिवार २०:२२

नर्थ क्यारोलिना, २२ वैशाख : कलेजका विद्यार्थीहरूको मानसिक स्वास्थ्य सुधार...

विदेश पठाइदिने भन्दै ३४ लाखभन्दा बढी रकम ठगी गर्ने पक्राउ   

विदेश पठाइदिने भन्दै ३४ लाखभन्दा बढी रकम ठगी गर्ने पक्राउ   

वि.सं.२०८१ वैशाख २२ शनिवार २०:१२

काठमाडौँ, २२ वैशाखः वैदेशिक रोजगारीका लागि बेलायत पठाइदिने भन्दै रु...

वेस्ट इन्डिज ‘ए’सँगको अन्तिम खेलमा नेपाल विजयी   

वेस्ट इन्डिज ‘ए’सँगको अन्तिम खेलमा नेपाल विजयी   

वि.सं.२०८१ वैशाख २२ शनिवार २०:०८

काठमाडौँ, २२ वैशाख : टी–२० शृङ्खलाको अन्तिम खेलमा नेपालले वेष्ट...