काठमाडौं । आउँदो आइतवार सार्वजनिक विदा दिइएको छ । एक सूचना निकाल्दै पुस २७ गतेका दिन अर्थात आइतवार गोरखा नगरपालिकाले सार्वजनिक विदा दिइएको हो ।
पुस २७ गते नेपाल एकीकरण गर्ने पृथ्वीनारायण शाहको जन्म उत्सवको रूपमा मनाउन उक्त गोरखा नगरपालिकाले उक्त दिन सार्वजनिक बिदा घोषणा गरेको छ ।
नगरको कार्यपालिकाको बैठकले आउँदो पुस २७ गते पृथ्वी जयन्तीको अवसरमा सार्वजनिक बिदा घोषणा गरेको हो । सो दिन नगरभित्र पर्ने सरकारी कार्यालय तथा विद्यालय सबै बन्द रहने नगरपालिकाले जनाएको छ ।
२०७६ पुस २२ गते प्रकाशित
वि.सं.२०७६ पुस २२ मंगलवार १७:०४ मा प्रकाशित