काठमाडौं । एभरेस्ट बैंकले एनआरएन बचत खातामा विशेष सुविधा दिनेगरी गैरआवासीय नेपाली संघ (एनआरएनए)सँग समझदारीपत्रमा हस्ताक्षर गरेको छ ।
बैंकमा खाता खोल्ने एनआरएलाई विशेष सुविधा दिने उद्देश्यले बैंकले उक्त समझदारी गरेको बताएको छ ।एक समारोहबीच एनआरएनएका प्रमुख कार्यकारी निर्देशक डा. हेमन्तकुुमार दबादी, एभरेस्ट बैंकका प्रमुख कार्यकारी निर्देशक गजेन्द्रकुमार नेगी र एभरेस्ट बैंक तथा एनआरएनएका अन्य उच्च अधिकारीको उपस्थितिमा हस्ताक्षर भएको थियो ।
समझदारी अनुसार बैंकले एनआरएन बचत खातामा निःशुल्क एटीएम, इन्टरनेटरमोबाइल बैकिङ, ई–स्टेटमेन्ट, एबीबीएस, लकर र क्रेडिट कार्डमा ५० प्रतिशत छूट र विभिन्न कर्जा सुविधाको प्रोसेशिङ शुल्कमा विशेष छूटका साथ उच्च प्रतिफल प्रदान गर्ने बताएको छ ।
बैंकका हाल ९५ शाखा, ३ एक्सटेन्शन काउन्टर, ३० राजस्व संकलन काउन्टर र १२२ ओटा एटीएम सञ्चालनमा छन् ।
२०७६ पुस २३ गते प्रकाशित
वि.सं.२०७६ पुस २३ बुधवार ११:०७ मा प्रकाशित