back
NMB ad

पुस २७, माघ १ र २ गते देशका यी स्थानहरुमा सार्वजनिक विदा

Kumari bank ad

काठमाडौं । आउँदो आइतवार अर्थात पुस २७ गते, माघ १ र २ गते सार्वजनिक विदा दिएको छ । देशका विभिन्न स्थानहरुमा सार्वजनिक विदा दिएको हो ।

नेपाल एकीकरणका अगुवा तत्कालीन गोरखाका राजा पृथ्वीनारायण शाह जन्मेको दिन पारेर गोरखाका तीन पालिकाले सार्वजनिक विदाको घोषणा गरेका छन् ।

पुस २७ गतेलाई पृथ्वीजयन्तीको रुपमा मनाउन गोरखा नगरपालिका, पालुङटार नगरपालिका र भीमसेन थापा गाउँपालिकाले सार्वजनिक बिदा घोषणा गरेका हुन् ।

सोही दिन धादिङको रूबिभ्याली गाउपालिकाले पनि सार्वजनिक विदा दिइएको छ । पृथ्वी जयन्तीको दिन सार्वजनिक बिदा दिन लागिएको गाउँपालिका प्रमुख चेरुङ तामाङले जानकारी दिनुभएको हो । गाउपालिकाको बैठकले पृथ्वी जयन्तीको दिन पर्यटन वर्ष २०२० लाई लक्षित गरी विभिन्न पर्यटकीय कार्यक्रमको आयोजना गर्न लागिएको अध्यक्ष तामाङको भनाइ छ ।

यस्तै, सोही अवसर नुवाकोटको विदुर नगरपालिकाले पनि उक्त दिन सार्वजनिक विदा दिने निर्णय गरेको छ । त्यस्तै, माघेसक्रान्तिको अवसरमा प्रदेशमा ५ मा माघ १ र २ गते सार्वजनिक विदा दिइएको छ ।

माघे संक्रान्तिको अवसरमा प्रदेश सरकारले दुईदिन बिदा दिने निर्णय गरेको हो । सोमबार बसेको मन्त्रिपरिषद बैठकका निर्णय सुनाउँदै प्रवक्ता बैजनाथ चौधरीले पुस २९ गते मुख्यमन्त्री निवासमा माघी पर्व मनाइनुका साथै २ दिन सार्वजनिक बिदा दिइएको जानकारी दिए ।

यस प्रदेश अन्तर्गत नवलपरासी बर्दघाट (सुस्ता पश्चिम), रूपन्देही, कपिलबस्तु, पाल्पा, अर्घाखाँची, गुल्मी, रूकुम (पूर्वी भाग), रोल्पा, प्यूठान, दाङ, बाँके, बर्दिया गरी बाह्र जिल्लाहरू रहेका छन ।

२०७६ पुस २४ गते प्रकाशित

वि.सं.२०७६ पुस २४ बिहीवार ०९:५९ मा प्रकाशित

You can share this post!

श्रमिकको अवस्था सन्तोषजनक छैन : श्रम मन्त्री अर्याल   

श्रमिकको अवस्था सन्तोषजनक छैन : श्रम मन्त्री अर्याल   

वि.सं.२०८१ वैशाख १८ मंगलवार ०६:३७

काठमाडौँ : श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री डिपी अर्यालले संविधानले श्रमसम्बन्धी...

लगानी सम्मेलन : यी हुन् सम्पन्न भएका महत्वपूर्ण सम्झौता   

लगानी सम्मेलन : यी हुन् सम्पन्न भएका महत्वपूर्ण सम्झौता   

वि.सं.२०८१ वैशाख १८ मंगलवार ०६:२२

हेमन्त जोशी  काठमाडौँ : सोमबार यहाँ सम्पन्न दुईदिने लगानी सम्मेलनका...

इलाम – २ मा नेकपा (एमाले)का नेम्वाङ विजयी   

इलाम – २ मा नेकपा (एमाले)का नेम्वाङ विजयी   

वि.सं.२०८१ वैशाख १८ मंगलवार ०६:१२

फिक्कल (इलाम), १८ वैशाख: प्रतिनिधिसभा इलाम क्षेत्र नम्बर– २ मा...

आज १८ बैशाख २०८१ मंगलवार, कुन राशिको कस्तो छ ?

आज १८ बैशाख २०८१ मंगलवार, कुन राशिको कस्तो छ ?

वि.सं.२०८१ वैशाख १८ मंगलवार ०६:०५

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...

लगानी सम्मेलन : उद्योग विभागमार्फत नौ अर्ब १३ करोड रुपैंया बराबर लगानी स्वीकृत   

लगानी सम्मेलन : उद्योग विभागमार्फत नौ अर्ब १३ करोड रुपैंया बराबर लगानी स्वीकृत   

वि.सं.२०८१ वैशाख १७ सोमवार १७:४६

काठमाडौँ, १७ वैशाख : तेस्रो लगानी सम्मेलनका क्रममा उद्योग विभागमार्फत...

नेपाल–कोरिया दौत्य सम्बन्धको ५० वर्ष पूरा, काठमाडौंमा नेपाल कोरिया फ्रेन्डसीप एक्सपीडिसन कार्यक्रम

नेपाल–कोरिया दौत्य सम्बन्धको ५० वर्ष पूरा, काठमाडौंमा नेपाल कोरिया फ्रेन्डसीप एक्सपीडिसन कार्यक्रम

वि.सं.२०८१ वैशाख १७ सोमवार १७:३२

काठमाडौं । नेपाल–कोरिया दौत्य सम्बन्धको स्वर्ण महोत्सवको अवसरमा काठमाण्डौमा नेपाल...