back
NMB ad

पूर्वाधार विकासलाई उच्च प्राथमिकतामा राखेका छौं : मन्त्री नेम्वाङ

Kumari bank ad

ताप्लेजुङ । भौतिक पूर्वाधार तथा यातायात मन्त्री वसन्तकुमार नेम्बाङले पूर्वाधार विकासलाई सरकारले उच्च प्राथमिकतामा राखेर काम भइरहेको बताउनुभएको छ ।

बुधबार विहान ताप्लेजुङका ४ ओटा महत्वपूर्ण सडकको अनुगमनपछि एक कार्यक्रमको सम्बोधन गर्दै यस्तो बताउनु भएको हो ।उत्तर–दक्षिण कोरीडोरलाई सरकारले उच्च प्राथमिकतामा राखेको समेत बताउनुभएको छ ।

मन्त्री नेम्वाङले चर्चित धार्मिक स्थल पाथीभरा जाने बाटो ताप्लेजुङका सुकेटार–पाथिभरा सडक खण्ड, दोभान–ढुगेंसाघु–वसन्तपुर (मदनभण्डारी राजमार्ग) सडकखण्ड, सदरमुकाम फुङ्लीङ बाइपा र ताप्लेजुङ–ओलाङ्चुङगोला हुँदै तिव्वत जोड्नेको अनुगमन गर्नुभएको हो ।

उहाँले प्रधानमन्त्री केपी शर्माओली पहिलो पटक प्रधानमन्त्री हुनु भएकोबेला ताप्लेजुङ भ्रमणका बेला सुकेटार विमानस्थल, पाथिभरा, तमोर कोरीडोर र मदनभण्डारी राजमार्गलाई चासोको रुपमा लिएकोसमेत स्मरण गराउनुभयो ।

उहाँले सरकारले समृद्ध नेपाल, सुखि नेपालीको नारालाई साकार पार्दे विकासलाई प्राथमिकता दिएको उल्लेख गर्नु भएको छ ।

नेम्वाङले पूर्वाधार विकासलाई सरकाले प्राथमिकतामा राखेर काम गरिहेको समेत जानकारी दिनुभयो ।

उहाँले आफ्ना मन्त्रालय मातहतका कार्यालय अनुगमन गरि समयमै काम सक्न निर्देशन समेत दिनु भएको छ ।

मन्त्री नेम्वाङसँगै सचिव देबेन्द्र कार्की, मोरङ क्षेत्र नम्बर १ का प्रतिनिधि सभा सदस्य घनश्याम खतिवडा, सडक विभागका महानिर्देशक केशवकुमार शर्मा, १ नम्बर सडक डिभिजन कार्यालय प्रमुख रामप्रसाद पोखरेल, संविधान सभा सदस्य भुपेन्द्र थेवे, ताप्लेजुङका प्रमुख जिल्ला अधिकारी डोरेन्द्र निरौला, पत्रकार र स्थानीयले उक्त सडकहरुको अनुगमनमा सहभागी हुनुभएको थियो ।

२०७६ पुस २४ गते प्रकाशित

वि.सं.२०७६ पुस २४ बिहीवार १०:२३ मा प्रकाशित

You can share this post!

नेपाल एसबिआई बैंकका ग्राहकलाई स्काईवाकको टिकटमा छुट

नेपाल एसबिआई बैंकका ग्राहकलाई स्काईवाकको टिकटमा छुट

वि.सं.२०८१ जेठ १ मंगलवार १८:२०

काठमाडौं । नेपाल एसबिआई बैंक लि. र वन्डर्स नेपाल प्रा....

निजामती सेवा कानुन यथाशीघ्र कार्यान्वयनमा ल्याउने   

निजामती सेवा कानुन यथाशीघ्र कार्यान्वयनमा ल्याउने   

वि.सं.२०८१ जेठ १ मंगलवार १८:०२

काठमाडौँ, १ जेठ : राष्ट्रपति रामचन्द्र पौडेलले सरकारको आगामी आर्थिक...

नेपाल उद्योग परिसंघको महानिर्देशकमा डा.घनश्याम ओझा नियुक्त

नेपाल उद्योग परिसंघको महानिर्देशकमा डा.घनश्याम ओझा नियुक्त

वि.सं.२०८१ जेठ १ मंगलवार १७:५८

काठमाडौँ, १ जेठ : नेपाल उद्योग परिसंघको महानिर्देशकमा डा. घनश्याम...

यी हुन् नीति तथा कार्यक्रमका मुख्य व्यवस्था  (पूर्णपाठ) 

यी हुन् नीति तथा कार्यक्रमका मुख्य व्यवस्था  (पूर्णपाठ) 

वि.सं.२०८१ जेठ १ मंगलवार १७:४६

काठमाडौँ, १ जेठ : आगामी आर्थिक वर्ष २०८१ / ८२...

प्रभु बैंक र काठमाण्डू मोडेल अस्पतालबीच विशेष छुट सम्झौता

प्रभु बैंक र काठमाण्डू मोडेल अस्पतालबीच विशेष छुट सम्झौता

वि.सं.२०८१ जेठ १ मंगलवार १७:२६

काठमाडौं । प्रदशनिमार्ग स्थित काठमाण्डू मोडेल अस्पताल र प्रभु बैंक...

सरकारले एक हजार युवालाई फेलोसिप उपलब्ध गराउने   

सरकारले एक हजार युवालाई फेलोसिप उपलब्ध गराउने   

वि.सं.२०८१ जेठ १ मंगलवार १७:२२

काठमाडौँ, १ जेठ : सरकारले विभिन्न विषय क्षेत्रका एक हजार...