back
NMB ad

प्राइम कमर्सियल बैंकका कर्मचारीको तलबभन्दा बोनस धेरै !

Kumari bank ad

काठमाडौं । लाभांश धेरै दिनसक्नेगरि काम गर्न सेयरधनीले प्राइम कमर्सियल बैंकको व्यवस्थापनलाई सुझाव दिएका छन् । बैंकको शुक्रवार भएको १२ औं वार्षिक साधारणसभामा बोल्ने सेयरधनीले आगामी वर्षमा पनि अझ धेरै लाभांश बढ्ने काम गर्नुपर्ने बताए ।

कैलाश विकास बैंकलाई प्राप्ति गर्ने विशेष प्रस्ताव गरेको प्राइम बैंकलाई अझै अर्को राम्रो बैंक मर्ज गर्न सेयरधनीहरूले सुझाए । हरेक वर्ष बोनस सेयर प्रदान गर्दै आएको प्राइमलाई आगामी दिनमा पनि बोनस शेयर वितरण गरिरहन उनीहरुको आग्रह थियो । साधारणसभाले चुक्ता पुँजीको १६ प्रतिशत बोनस सेयर पारित गरेको छ ।

बैंकको हालको चुक्ता पुँजी ९ अर्ब ३१ करोड रूपैयाँ छ। कन्काइ विकास बैंक प्राप्तिपछि बैंकको चुक्ता पुँजी ९ अर्ब ६८ करोड रूपैयाँ पुग्नेछ । बैंकले यसै पुँजीमा १६ प्रतिशत बोनस सेयर दिने प्रस्ताव पारित गरेको हो ।

कैलाश विकास बैंकलाई प्राप्ति गरि बोनस सेयर वितरणपछि चुक्ता पुँजी १३ अर्ब ९८ करोड रूपैयाँ पुग्नेछ । गत आर्थिक वर्षमा कर्मचारीहरूका लागि ८८ करोड ८३ लाख रूपैयाँ खर्च भएको छ ।

बैंकका प्रमुख कार्यकारी अधिकृत नारायणदास मानन्धरले बोनसबाहेक तलब भत्ता तथा अन्य सुविधा वापत एक करोड ९ लाख रूपैयाँ बुझेका छन् ।

त्यस्तै अन्य विशिष्ट पदाधिकारीले बोनसबाहेक एक करोड २३ लाख रूपैयाँ बुझेका छन । कर्मचारीहरूले तलबमात्रै २१ करोड ७६ लाख रूपैयाँ बुझ्दा बोनस भने ३४ करोड ९९ लाख रूपैयाँ पाएका छन् । कर्मचारीहरूले तलबभन्दा अन्य सुविधा तथा बोनस धेरै प्राप्त गरेका छन् ।

२०७६ पुस २५ गते प्रकाशित

वि.सं.२०७६ पुस २५ शुक्रवार १३:०६ मा प्रकाशित

You can share this post!

नेपाल ‘आइटी हव’का रूपमा विकास हुँदैछ : रेखा शर्मा, सञ्चार तथा सूचना प्रविधिमन्त्री

नेपाल ‘आइटी हव’का रूपमा विकास हुँदैछ : रेखा शर्मा, सञ्चार तथा सूचना प्रविधिमन्त्री

वि.सं.२०८१ वैशाख २० बिहीवार १३:४४

‘समृद्ध नेपालको आधार, सूचना प्रविधि र सञ्चार’ नाराका साथ आज...

सोलुखुम्बुमा डढेलोले दश घर जले, दर्जनौँ पशुचौपाया हताहत   

सोलुखुम्बुमा डढेलोले दश घर जले, दर्जनौँ पशुचौपाया हताहत   

वि.सं.२०८१ वैशाख २० बिहीवार १३:२६

सल्लेरी (सोलुखुम्बु), २० वैशाख : हिमाली जिल्ला सोलुखुम्बुमा जङ्गलको डढेलो...

काठमाडौँ बन्यो सबैभन्दा प्रदूषित सहर   

काठमाडौँ बन्यो सबैभन्दा प्रदूषित सहर   

वि.सं.२०८१ वैशाख २० बिहीवार १३:०५

काठमाडौँ, २० वैशाखः काठमाडौँ आज फेरि वायु प्रदूषणको हिसाबले विश्वकै...

ठोरी भन्सार पुनः सञ्चालनमा   

ठोरी भन्सार पुनः सञ्चालनमा   

वि.सं.२०८१ वैशाख २० बिहीवार १२:५२

चितवन, २० वैशाख : माडी नगरपालिका र पर्साको ठोरी जोड्ने...

प्रेस स्वतन्त्रताको पक्षमा लालटिन बालेर प्रदर्शन

प्रेस स्वतन्त्रताको पक्षमा लालटिन बालेर प्रदर्शन

वि.सं.२०८१ वैशाख २० बिहीवार १२:१८

काठमाडौं । संविधानमा उल्लेख गरिएको पूर्ण प्रेस स्वतन्त्रताको व्यवस्था बिपरित...

वेस्ट इन्डिज ‘ए’ ब्याटिङ गर्दै, नेपाल जित्नैपर्ने दबाबमा   

वेस्ट इन्डिज ‘ए’ ब्याटिङ गर्दै, नेपाल जित्नैपर्ने दबाबमा   

वि.सं.२०८१ वैशाख २० बिहीवार १२:०५

काठमाडौँ, २० वैशाख : टी–ट्वान्टी क्रिकेट शृङ्खलाअन्तर्गत नेपालविरुद्धको चौथो खेलमा...