back
NMB ad

मोबाइलले फेरिँदै किसानको जिन्दगी !

Kumari bank ad

चितवन । यहाँका किसानहरु मोबाइलमा आएको नयाँ कृषि घर एप्लिकेसनबाट लाभान्वित हुन थालेपछि सबैको यसतर्फ आकर्षण बढ्दो छ । कृषि मन्त्रालय कृषि विभागअन्तर्गत कृषि सूचना तथा सञ्चार केन्द्रले यो एप्स ल्याएको हो ।

खेतीबाली सम्बन्धी गतिविधि, रोग किरा र त्यसको नियन्त्रणका उपाय, कृषि विज्ञको सम्पर्क नम्बर र जिल्लाका गतिविधिसमेत मोबाइलबाटै हेर्न मिल्ने भएपछि किसानहरु यसबाट लाभान्वित भएका हुन् ।

पहिलो खेतीबालीमा किरा लागेपछि कृषि सेवा केन्द्रमा धाएर बल्ल बल्ल प्रविधिज्ञलाई ल्याउँदा ढिला भइसक्नेमा अहिले भने मोबाइलबाटै समस्याको समाधान गर्न किसानहरु आफै सक्षम भएका छन् ।

चितवनपछि अब नेपालका सात जिल्लामा यसलाई प्रयोगमा ल्याइने भएकोछ । सिन्धुपाल्चोक, दोलखा, सुर्खेत, धादिङ, स्याङ्जा र काभ्रेमा प्रविधि लैजाने गरी काम भइरहेको छ ।

यो एप प्रयोगका लागि एनड्रोइड मोबाइल भएका किसानले आफ्नो मोबाइलमा प्ले स्टोर एप्स खोल्ने । त्यसमा कृषि घर Krishi ghar टाइप गरी सर्च गर्ने र डाउनलोड गर्ने । त्यसमा क्लिक गरेपछि मुख्य मेनु खुल्छ । त्यसमा ‘गृह पृष्ठ’, ‘जानकारीहरू’ र ‘मेरो कृषि’ तीन वटा अप्सन दिइएको हुन्छ । यसमा आफूलाई चाहिएको जानकारीमा क्लिक गरेर खोल्न सकिन्छ ।

२४ चैत २०७२, ८।००

वि.सं.२०७२ चैत २४ बुधवार ११:२८ मा प्रकाशित

You can share this post!

कसरी पक्षी अवलोकनले विद्यार्थीहरूलाई कष्ट कम र मानसिक स्वास्थ्य सुधार गर्न मद्दत गर्छ ?   

कसरी पक्षी अवलोकनले विद्यार्थीहरूलाई कष्ट कम र मानसिक स्वास्थ्य सुधार गर्न मद्दत गर्छ ?   

वि.सं.२०८१ वैशाख २२ शनिवार २०:२२

नर्थ क्यारोलिना, २२ वैशाख : कलेजका विद्यार्थीहरूको मानसिक स्वास्थ्य सुधार...

विदेश पठाइदिने भन्दै ३४ लाखभन्दा बढी रकम ठगी गर्ने पक्राउ   

विदेश पठाइदिने भन्दै ३४ लाखभन्दा बढी रकम ठगी गर्ने पक्राउ   

वि.सं.२०८१ वैशाख २२ शनिवार २०:१२

काठमाडौँ, २२ वैशाखः वैदेशिक रोजगारीका लागि बेलायत पठाइदिने भन्दै रु...

वेस्ट इन्डिज ‘ए’सँगको अन्तिम खेलमा नेपाल विजयी   

वेस्ट इन्डिज ‘ए’सँगको अन्तिम खेलमा नेपाल विजयी   

वि.सं.२०८१ वैशाख २२ शनिवार २०:०८

काठमाडौँ, २२ वैशाख : टी–२० शृङ्खलाको अन्तिम खेलमा नेपालले वेष्ट...

रेलसेवा तीन दिन बन्द हुने, यस्तो छ कारण   

रेलसेवा तीन दिन बन्द हुने, यस्तो छ कारण   

वि.सं.२०८१ वैशाख २२ शनिवार २०:०४

जनकपुर, २२ वैशाख: भारतमा हुने लोकसभा जयनगर–जनकपुर–भङ्गहा रेलसेवा तीन दिनसम्म...

वेस्ट इन्डिज ‘ए’द्वारा नेपाललाई १७३ रनको लक्ष्य   

वेस्ट इन्डिज ‘ए’द्वारा नेपाललाई १७३ रनको लक्ष्य   

वि.सं.२०८१ वैशाख २२ शनिवार १५:२८

काठमाडौँ, २२ वैशाख : वेस्ट इन्डिज ‘ए’ले टी–ट्वान्टी शृङ्खलाको अन्तिम...

त्रिशूलीसहित पाँच नदीलाई प्लास्टिकजन्य फोहर मुक्त बनाइने   

त्रिशूलीसहित पाँच नदीलाई प्लास्टिकजन्य फोहर मुक्त बनाइने   

वि.सं.२०८१ वैशाख २२ शनिवार १५:०८

मुग्लिन, (चितवन), २२ वैशाख : नेपालका पाँच वटा नदीलाई प्लास्टिकजन्य...