back
SKIP
Prabhu Bank Road Block Ad

मलेसियामा पक्राउ परेका १८ नेपाली स्वदेश फर्किए

Kumari bank ad


काठमाण्डौं । अवैधानिक रुपमा काम गरेको अभियोगमा पक्राउ परेर मलेसियाका जेलमा बन्दी जीवन बिताइरहेका सयौं नेपाली राजदूतावास तथा बिभिन्न संघसंस्थाको पहलमा स्वदेश फर्किएका छन् ।

यसै क्रममा मंगलबार मात्रै १८ जना नेपालीलाई उद्दार गरी नेपाल पठाईएको छ ।

वैदेशिक रोजगार प्रबर्धन वोर्डको सहयोगमा नेपाली राजदूतावासको पहलमा निःशुल्क हवाई टिकट उपलब्ध गराई उनीहरुको उद्दार गरिएको हो ।

लामो समयदेखि मलेसियाको वुकितजलिल क्याम्पमा रहेका उनीहरुमध्ये केहि परिवारको सम्पर्कमा समेत नरहेको र केहीको आर्थिक अवस्था अत्यन्त नाजुक भएकोले निःशुल्क हवाई टिकट उपलब्ध गराईएको दूतावासले जनाएको छ ।

मंगलवार नेपाल र्फकनेहरुमा सर्लाहिका भिमवहादुर घलान र सिगलाल वाईवा, चितवनका अरविन्द्र चौधरी र सुरेश लामा, दाङका कृष्णवहादुर चन्द र गहेन्द्र हमाल, नुवाकोटका प्रेमवहादुर तामाङ र गणेशवहादुर तामाङ रहेका छन् ।

यसैगरी उदयपुरका अमरवहादुर विक, वाग्लुङका होमवहादुर पुन, मोरगका अमरवहादुर खड्का, तेह्थुमका चेतन लिम्वु, सिन्धुपाल्चोकका छिरिङ तामाङ, सुनसरीका अनिल थेवे, दार्चुलाका राकेशवहादुर चन्द, रुपन्देहिका भिमसेन चौधरी र रोल्पाका मुमानसिं घर्तीमगर रहेका छन ।

प्रकाशितः २०७२ चैत्र २४

वि.सं.२०७२ चैत २४ बुधवार १०:५० मा प्रकाशित

You can share this post!

राहुघाट जलविद्युत् आयोजनालाई गति दिन उर्जामन्त्रीको निर्देशन   

राहुघाट जलविद्युत् आयोजनालाई गति दिन उर्जामन्त्रीको निर्देशन   

वि.सं.२०८० मंसिर २३ शनिवार २१:२१

तिल्केनीचौर (म्याग्दी), २३ मङ्सिर : ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर...

चितवनका किसानले पाएनन् दूधको २२ करोड भुक्तानी   

चितवनका किसानले पाएनन् दूधको २२ करोड भुक्तानी   

वि.सं.२०८० मंसिर २३ शनिवार २१:१५

चितवन, २३ मङ्सिर : जिल्लाका दुग्ध उत्पादक किसानले दूध बिक्रीबापतको...

मौद्रिक नीतिको समीक्षाबाट अर्थतन्त्र सुधारमा सहयोग पुग्ने : अध्यक्ष ढकाल 

मौद्रिक नीतिको समीक्षाबाट अर्थतन्त्र सुधारमा सहयोग पुग्ने : अध्यक्ष ढकाल 

वि.सं.२०८० मंसिर २३ शनिवार २१:११

काठमाडौँ, २३ मङ्सिर : नेपाल राष्ट्र बैंकले शुक्रबार सार्वजनिक गरेको...

दलहरुले आफ्ना सांसदलाई प्रशिक्षण दिएर संसदमा पठाउनुपर्छ : राजेन्द्रप्रसाद पाण्डे

दलहरुले आफ्ना सांसदलाई प्रशिक्षण दिएर संसदमा पठाउनुपर्छ : राजेन्द्रप्रसाद पाण्डे

वि.सं.२०८० मंसिर २३ शनिवार १०:५८

हेमन्त जोशी काठमाडौँ, २३ मङ्सिर : नेपाल कम्युनिष्ट पार्टी (एकीकृत...

केही स्थानमा हिमपातको सम्भावना

केही स्थानमा हिमपातको सम्भावना

वि.सं.२०८० मंसिर २३ शनिवार ०६:५९

काठमाडौं । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ।...

महानगरभित्र प्लास्टिकका फूल र रुख राख्न निषेध   

महानगरभित्र प्लास्टिकका फूल र रुख राख्न निषेध   

वि.सं.२०८० मंसिर २३ शनिवार ०६:४८

काठमाडौँ, २२ मङ्सिर : काठमाडौँ महानगरपालिकाले महानगर क्षेत्रभित्र प्लास्टिकका फूल...