back
NMB ad

यी सात बैंकले सार्वजनिक गरे नयाँ व्याजदर, कुनमा कति ?

Kumari bank ad

काठमाडौं । पछिल्लो समय बैंकहरुले धमाधम नयाँ व्याजदर सार्वजनिक गर्न थालेका छन । सात बैंकले नयाँ व्याजदर सार्वजनिक गरेका छन । मंगलवार ग्लोबल आइएमई र एनसीसी बैंकले सार्वजनिक गरेका थिए ।

नयाँ व्याजदर सार्वजनिक गर्ने बैंक मध्ये ग्लोबल आइएमई, एनसीसी, सेञ्चुरी, हिमालयन, देवः विकास, महालक्ष्मी विकास, र गरिमा विकास बैंक रहेका छन् ।

यस्तो छ बैंकले सार्वजनिक गरेको नयाँ व्याजदरको अवस्था

ग्लोबल आइएमई बैंक : ग्लोबल आइएमई बैंकले सार्वजनिक गरेको नयाँ ब्याजदर अनुसार व्यक्तिगत मुद्दति निक्षेपमा ९.२५% र संस्थागत मुद्दति निक्षेपमा ८.५०% ब्याजदर पाइनेछ । यता, बैंकले बचततर्फ न्यूनतम ०.७५% देखि अधिकतम ६% सम्म ब्याजदर दिने जनाएको छ । बैंकको असोज मसान्तसम्म आधारदर ९.४४% छ ।

यसैलाई आधार मानेर ऋण दिनेछ । यसमा केही प्रतिशत प्रिमियम थप हुनेछ । जसअनुसार सेयर कर्जामा (१.२५%–६%), घर कर्जामा (५%), गाडी र शैक्षिक कर्जामा (१.%–६%) प्रिमियम थप गरेर कर्जा उपलब्ध हुने बैंकको भनाई छ ।

एनसीसी बैंक : एनसीसी बैंकले पनि नयाँ ब्याजदर सार्वजनिक गरेको छ । बैंकले सार्वजनिक गरेको नयाँ ब्याजदर अनुसार व्यक्तिगत मुद्दति निक्षेपमा ९.२५% र संस्थागत मुद्दति निक्षेपमा ८.५०% ब्याजदर हुनेछ ।

बैंकले बचतमा न्यूनतम ३%देखि अधिकतम ६.५०% सम्म ब्याजदर दिने जनाएको छ । बैंकको असोज मसान्तसम्मको आधार दर १०.७७% रहेको छ ।

यसमा केही प्रतिशत प्रिमियम थप गरेर ऋण दिंदै आएको छ । जसअनुसार सेयर कर्जामा (६%), घर कर्जामा (४%–६%), गाडीमा (४%), शैक्षिक कर्जामा (६%) प्रिमियम थप गरेर कर्जा दिएको छ ।

सेन्चुरी कमर्सियल बैंक : सेन्चुरीले पनि नयाँ ब्याजदर सार्वजनिक गरेको छ । बैंकले सार्वजनिक गरेको नयाँ ब्याजदर अनुसार व्यक्तिगत मुद्दति निक्षेपमा ९.२५% र संस्थागत मुद्दतिमा ८.६०% ब्याजदर निर्धारण भएको छ । बचतमा न्यूनतम १% देखि अधिकतम ६.५०% सम्म ब्याजदर दिनेछ ।

बैंकको असोज मसान्तसम्मको आधार दर १०.४५%रहेको छ । यसमा केही प्रतिशत प्रिमियम हुनेछ । जसअनुसार सेयर कर्जामा (२.२५%–४.२५%), घर कर्जामा (१.२५%–५.२५%), गाडी कर्जामा (२%–६%), शैक्षिक कर्जामा (१.५०%–३.५०%) प्रिमियम थप गरेर कर्जा दिनेछ ।

हिमालयन बैंक : हिमालयन बैंकले सार्वजनिक गरेको नयाँ ब्याजदर अनुसार व्यक्तिगत मुद्दति निक्षेपमा ९.२५% र संस्थागत मुद्दति निक्षेपमा ८.५०% ब्याजदर निर्धारण भएको छ । यता, बैंकले बचततर्फ न्यूनतम ३% देखि अधिकतम ५% सम्म ब्याजदर दिनेछ ।

बैंकको असोज मसान्तसम्मको आधार दर ८.९३% रहेको छ । यसमा केही प्रतिशत प्रिमियम थप गरेर ऋण उपलब्ध गराउने छ । जसअनुसार सेयर कर्जामा (५.५०%), घर कर्जामा (५.२५%–५.५०%), शैक्षिक कर्जामा (५% प्रिमियम थप गरेर कर्जा दिएको छ ।

देवः विकास बैंक : देवः विकास बैंकले सार्वजनिक गरेको नयाँ ब्याजदर अनुसार व्यक्तिगत मुद्दति निक्षेपमा (९%–१०%) र संस्थागत मुद्दति निक्षेपमा १०% ब्याजदर तय भएको छ । यता, बचततर्फ भने न्यूनतम ६.५०%देखि अधिकतम ७% सम्म ब्याजदर रहनेछ ।

बैंकको असोज मसान्तसम्मको आधार दर ११.४६५ छ । यसमा केही प्रतिशत प्रिमियम थप गरेर कर्जा प्रवाह गर्नेछ । जसअनुसार सेयर कर्जामा १%–५%), घर र शैक्षिक कर्जामा (१%–६%) प्रिमियम थप गरेर कर्जा पाइनेछ ।

महालक्ष्मी विकास बैंक : महालक्ष्मी विकास बैंकले सार्वजनिक गरेको नयाँ ब्याजदर अनुसार व्यक्तिगत मुद्दति निक्षेपमा १०%ब्याजदर निर्धारण भएको छ । बचतमा न्यूनतम ३% देखि अधिकतम ७% सम्म ब्याजदर रहेको छ । बैंकको असोज मसान्तसम्मको आधार दर ११.४७% रहेको छ । यसमा केही प्रतिशत प्रिमियम थप गरेर कर्जा दिनेछ । जसअनुसार सेयर, गाडी, घर र शैक्षिक कर्जामा ५% प्रिमियम थप गरेर कर्जा प्रवाह हुनेछ ।

गरिमा विकास बैंक  : गरिमा विकास बैंकले सार्वजनिक गरेको नयाँ ब्याजदर अनुसार व्यक्तिगत मुद्दति निक्षेपमा १०% ब्याजदर रहेको छ । बैंकले बचततर्फ न्यूनतम ६.५०%देखि अधिकतम ७%म्म ब्याजदर दिनेछ ।

बैंकको असोज मसान्तसम्मको आधार दर ११.२०% रहेको छ । यसमा केही प्रतिशत प्रिमियम थप गरेर कर्जा प्रवाह हुनेछ । जसअनुसार सेयर, गाडी, घर र शैक्षिक कर्जामा ५% प्रिमियम थप गरेर कर्जा दिनेछ ।

२०७६ माघ ०२ गते प्रकाशित

वि.सं.२०७६ माघ २ बिहीवार ०९:२२ मा प्रकाशित

You can share this post!

मेक इन नेपाल : स्वदेशी सम्मेलन ३५ बुँदे घोषणापत्र जारी गर्दै सम्पन्न

मेक इन नेपाल : स्वदेशी सम्मेलन ३५ बुँदे घोषणापत्र जारी गर्दै सम्पन्न

वि.सं.२०८१ वैशाख २५ मंगलवार १७:३५

काठमाडौं । मेक इन नेपाल – स्वदेशी सम्मेलन ३५ बुँदे...

सनराइज होल्डिङ्सलाई एलएस क्यापिटलले कर्पाेरेट एडभाइजरी सेवा दिने

सनराइज होल्डिङ्सलाई एलएस क्यापिटलले कर्पाेरेट एडभाइजरी सेवा दिने

वि.सं.२०८१ वैशाख २५ मंगलवार १७:२३

काठमाडौं । एलएस क्यापिटल र सनराइज होल्डिङ्स प्राइभेट लिमिटेड बीच...

सानिमा बैंकका ग्राहकहरुलाई स्काइवाक टावरमा छुट

सानिमा बैंकका ग्राहकहरुलाई स्काइवाक टावरमा छुट

वि.सं.२०८१ वैशाख २५ मंगलवार १७:०८

काठमाडौं । सानिमा बैंकले आफ्ना ग्राहकहरुलाई डिजिटल बैंकिङ्गका माध्यमहरु प्रयोग...

सहकारीले बैङ्कभन्दा ठूलो कारोबार गर्दा समस्या आयो : मन्त्री अधिकारी   

सहकारीले बैङ्कभन्दा ठूलो कारोबार गर्दा समस्या आयो : मन्त्री अधिकारी   

वि.सं.२०८१ वैशाख २५ मंगलवार १६:५९

काठमाडौँ, २५ वैशाख : भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री...

सेयर बजारमा सामान्य सुधार, कारोबार रकम घट्यो

सेयर बजारमा सामान्य सुधार, कारोबार रकम घट्यो

वि.सं.२०८१ वैशाख २५ मंगलवार १५:१८

काठमाडौं । साताको तेस्रो कारोबार दिन सेयर बजारमा सामान्य सुधार...

लघुवित्त कम्पनीहरुको सेयर मूल्यमा उछाल, कुनको कति बढ्यो ?

लघुवित्त कम्पनीहरुको सेयर मूल्यमा उछाल, कुनको कति बढ्यो ?

वि.सं.२०८१ वैशाख २५ मंगलवार १५:१०

काठमाडौं । साताको तेस्रो कारोबार दिन सेयर बजारमा सामान्य सुधार...