back
NMB ad

साताको अन्तिम दिन सेयर बजार २६ अंकले वृद्धि, यी दुई कम्पनीमा झुम्मिए लगानीकर्ता

Kumari bank ad

काठमाडौं । साताको अन्तिम दिन सेयर बजार २६ अंकले बढेको छ । बिहीबार सेयर बजार बढेर १ हजार ३१० अंकमा पुगेको छ ।

लामो समयपछि बजारले १ हजार ३०० अंक पार गरेको हो । दुई सातादेखि उकालो लागेको बजारले बिहीबार पनि निरन्तरता पाएको छ ।

बजार बढेसंगै कारोबार रकममा पनि वृद्धि भएको छ । बिहीबार १ अर्ब ६९ करोड ९९ लाख रुपैयाँ बराबरको ५० लाख २५ हजार ५६३ कित्ता सेयर किनबेच भएको छ ।

हिमालयन डिस्टिलरी लिमिटेड र शिवम सिमेन्ट लिमिटेडको सबैभन्दा बढी कारोबार भएको छ । यी दुई कम्पनीले कारोबार रकम बढाएका छन ।

हिमालयन डिस्टिलरीको प्रतिकित्ता १ हजार २६८ रुपैयाँमा १४ करोड ३८ लाख ९९ हजार रुपैयाँको सेयर कारोबार भएको छ ।

शिवमको ५२४ रुपैयाँमा १३ करोड ५९ लाख ६० हजार रुपैयाँको सेयर किनबेच भएको छ । यस्तै एनआईसी एसिया बैंकको ४७५ रुपैयाँमा ६ करोड ८३ लाख रुपैयाँको सेयर किनबेच भएको छ ।

बिहीबार व्यापार, बैंक तथा वित्त, बीमा, जलविद्युत, होटल, उत्पादनमुलक र म्युचअल फण्डको परिसुचक बढेको छ ।
एनआईबीएल प्रगति फण्ड, ग्लोबल आईएई लघुवित्त, आईसीएफसी फाइनान्स, तिनाउँ मिसन डेभलपमेन्ट बैंक र मल्टिपर्पस फाइनान्सका लगानीकर्ताले कमाएका छन ।

२०७६ माघ ०२ गते प्रकाशित

वि.सं.२०७६ माघ २ बिहीवार १५:११ मा प्रकाशित

You can share this post!

नेपाल ‘आइटी हव’का रूपमा विकास हुँदैछ : रेखा शर्मा, सञ्चार तथा सूचना प्रविधिमन्त्री

नेपाल ‘आइटी हव’का रूपमा विकास हुँदैछ : रेखा शर्मा, सञ्चार तथा सूचना प्रविधिमन्त्री

वि.सं.२०८१ वैशाख २० बिहीवार १३:४४

‘समृद्ध नेपालको आधार, सूचना प्रविधि र सञ्चार’ नाराका साथ आज...

सोलुखुम्बुमा डढेलोले दश घर जले, दर्जनौँ पशुचौपाया हताहत   

सोलुखुम्बुमा डढेलोले दश घर जले, दर्जनौँ पशुचौपाया हताहत   

वि.सं.२०८१ वैशाख २० बिहीवार १३:२६

सल्लेरी (सोलुखुम्बु), २० वैशाख : हिमाली जिल्ला सोलुखुम्बुमा जङ्गलको डढेलो...

काठमाडौँ बन्यो सबैभन्दा प्रदूषित सहर   

काठमाडौँ बन्यो सबैभन्दा प्रदूषित सहर   

वि.सं.२०८१ वैशाख २० बिहीवार १३:०५

काठमाडौँ, २० वैशाखः काठमाडौँ आज फेरि वायु प्रदूषणको हिसाबले विश्वकै...

ठोरी भन्सार पुनः सञ्चालनमा   

ठोरी भन्सार पुनः सञ्चालनमा   

वि.सं.२०८१ वैशाख २० बिहीवार १२:५२

चितवन, २० वैशाख : माडी नगरपालिका र पर्साको ठोरी जोड्ने...

प्रेस स्वतन्त्रताको पक्षमा लालटिन बालेर प्रदर्शन

प्रेस स्वतन्त्रताको पक्षमा लालटिन बालेर प्रदर्शन

वि.सं.२०८१ वैशाख २० बिहीवार १२:१८

काठमाडौं । संविधानमा उल्लेख गरिएको पूर्ण प्रेस स्वतन्त्रताको व्यवस्था बिपरित...

वेस्ट इन्डिज ‘ए’ ब्याटिङ गर्दै, नेपाल जित्नैपर्ने दबाबमा   

वेस्ट इन्डिज ‘ए’ ब्याटिङ गर्दै, नेपाल जित्नैपर्ने दबाबमा   

वि.सं.२०८१ वैशाख २० बिहीवार १२:०५

काठमाडौँ, २० वैशाख : टी–ट्वान्टी क्रिकेट शृङ्खलाअन्तर्गत नेपालविरुद्धको चौथो खेलमा...