back
NMB ad

सभामुखको टुंगो लगाउन ओली–प्रचण्डबीच बालुवाटारमा वार्ता, यस्तो छ संकेत !

Kumari bank ad

काठमाडौं । सत्तारुढ नेकपाले आज सभामुखको उम्मेदवार टुंगो लगाउने भएको छ । उम्मेदवार टुंगो लगाउन नेकपा अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबीच बालुवाटारमा छलफल जारी छ ।

नेकपाले उम्मेदवार टुंगो लगाउन नसक्दा लामो समयदेखि प्रतिनिधिसभा बैठक स्थगित हुँदै आएको छ । भोलि बस्नेगरी पछिल्लो पटक पुस २७ गते बैठक स्थगित भएपछि नेकपामा पटपटक छलफल भए पनि उम्मेदवार टुंगो लागेको छैन ।

आज दुई अध्यक्षबीच सभामुख उम्मेदवार टुंगो लगाउने गरी छलफल हुन लागेको प्रधानमन्त्री ओलीका प्रेस सल्लाहकार सुर्य थापाले जानकारी दिए । आज उम्मेदवारको टुंगो लाग्न नसके प्रतिनिधिसभा बैठक पुनः अनिश्चित हुने सम्भावना छ ।

यसअघि पुस ११ गते, १६ गते र २७ गते बैठक स्थगित गरिएको थियो। तत्कालीन सभामुख कृष्णबहादुर महराले बलात्कारको आरोप लागेर राजीनामा दिएपछि रिक्त रहेको पदमा नेकपाले उम्मेदवारको टुंगो लगाउन नसकेपछि निर्वाचन कार्यतालिका सार्वजनिक गर्नेगरी बस्नुपर्ने प्रतिनिधिसभा बैठक स्थगित हुँदै आएको हो ।

नेकपामा सभामुख पदका लागि तत्कालीन एमाले पक्षधर र माओवादी पक्षधरबीचको आपसी खिचातानी छ भने उपसभामुख शिवमाया तुम्बाहाङ्फेले राजीनामा दिएकी छैनन । उता प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले नेकपाले संसदलाई बन्धक बनाएको भन्दै आक्रोश व्यक्त गरेको छ ।

२०७६ माघ ०५ गते प्रकाशित

वि.सं.२०७६ माघ ५ आइतवार ०९:४० मा प्रकाशित

You can share this post!

विश्वमा साइवर अपराधको बिगबिगी   

विश्वमा साइवर अपराधको बिगबिगी   

वि.सं.२०८१ जेठ ५ शनिवार ११:२१

ई.कुमार अभिनव    काठमाडौँ, ५ जेठ  : हालै इजरायलको राष्ट्रिय साइबर...

पृथ्वी राजमार्गको पूर्वी खण्ड सडकको पाँच महिना म्याद थप   

पृथ्वी राजमार्गको पूर्वी खण्ड सडकको पाँच महिना म्याद थप   

वि.सं.२०८१ जेठ ५ शनिवार ११:०६

तनहुँ, ५ जेठ : विस्तारको क्रममा रहेको पृथ्वी राजमार्गको पोखरा...

चार एसएसपीलाई डिआइजीमा बढुवा सिफारिस   

चार एसएसपीलाई डिआइजीमा बढुवा सिफारिस   

वि.सं.२०८१ जेठ ५ शनिवार १०:५८

काठमाडौँ, ५ जेठ : नेपाल प्रहरीका चार प्रहरी वरिष्ठ उपरीक्षक...

सहकारी सञ्चालकले आर्थिक नियमको उल्लङ्घन गर्दा समस्या सिर्जना भयो  

सहकारी सञ्चालकले आर्थिक नियमको उल्लङ्घन गर्दा समस्या सिर्जना भयो  

वि.सं.२०८१ जेठ ४ शुक्रवार १८:४१

गण्डकी, ४ जेठः गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले सहकारीका सञ्चालकहरूकै...

इप्पानद्वारा नीति अनुसन्धान र भवन निर्माण कोष स्थापना   

इप्पानद्वारा नीति अनुसन्धान र भवन निर्माण कोष स्थापना   

वि.सं.२०८१ जेठ ४ शुक्रवार १८:३७

काठमाडौँ, ४ जेठः स्वतन्त्र ऊर्जा उत्पादकको संस्था नेपाल (इप्पान)ले नीति...

सरकारले १३ मिलियन यूरो अनुदान सहायता स्वीकार गर्ने   

सरकारले १३ मिलियन यूरो अनुदान सहायता स्वीकार गर्ने   

वि.सं.२०८१ जेठ ४ शुक्रवार १८:२९

काठमाडौँ, ४ जेठ : सरकारले स्थानीय जलवायु अनुकूलनसम्बन्धी कार्यक्रम कार्यान्वयनका...