back
NMB ad

सानिमा बैंकको नाफा १६.८४ प्रतिशतले वृद्धि, यस्तो छ बैंकको वित्तीय विवरण

Kumari bank ad

काठमाडौं । सानिमा बैंकले नाफा १६.८४ प्रतिशत बढाएको छ । चालु आर्थिक वर्षको ६ महिनामा बैंकले १ अर्ब १४ करोड ७४ लाख रुपैयाँ खुदनाफा गरेको छ ।

अघिल्लो वर्षको सोही अवधिमा बैंकले ९८ करोड २० लाख रुपैयाँ नाफा गरेको थियो । बैंकले शुक्रबार सार्वजनिक गरेको वित्तीय विवरणमा अघिल्लो वर्षको तुलनामा यो वर्ष नाफा १६ करोड ५४ लाख रुपैयाँ बढेको उल्लेख छ ।

कर्जाको माग कम भएको नाफा वृद्धिमा कमी आएको बैंकले जनाएको छ । ६ महिनामा गरेको नाफाबाट बैंकले सेयरधनीलाई ९५ करोड रुपैयाँ लाभांश बाड्न सक्ने देखिएको छ ।

बैंकको प्रतिसेयर आम्दानी २६ रुपैयाँ १५ पैसा र प्रतिसेयर नेटवर्थ १३९ रुपैयाँ छ । समीक्षा अवधिमा बैंकले २१ करोड ८२ लाख रुपैयाँ पुरानो ऋण उठाएको छ ।

बैंकको निष्क्रिय कर्जा बढेर ०.४१ प्रतिशत पुगेको छ । यस्तै निक्षेप लागत ७.३३, सीसीडी ७८, आधारदर ९.२९, स्प्रेडदर ४.१७ प्रतिशत छ । बैंकको सञ्चित कोषमा २ अर्ब ४२ करोड रुपैयाँ छ ।

२०७६ माघ १० गते प्रकाशित

वि.सं.२०७६ माघ १० शुक्रवार ०८:५३ मा प्रकाशित

You can share this post!

मुलुकको अर्थतन्त्रको आकार ५७ खर्ब चार अर्ब हुने प्रक्षेपण   

मुलुकको अर्थतन्त्रको आकार ५७ खर्ब चार अर्ब हुने प्रक्षेपण   

वि.सं.२०८१ वैशाख १९ बुधवार ०६:३४

काठमाडौँ : चालु आर्थिक वर्षमा आर्थिक व्ृद्धिदर तीन दशमलव ८७...

यस्तो रहनेछ आज दिनभरीको मौसम

यस्तो रहनेछ आज दिनभरीको मौसम

वि.सं.२०८१ वैशाख १९ बुधवार ०६:२३

काठमाडौँ, १८ वैशाखः हाल देशमा पश्चिमी वायु र स्थानीय वायुको...

आज १९ बैशाख २०८१ बुधवार, हेर्नुहोस् आजको राशिफल

आज १९ बैशाख २०८१ बुधवार, हेर्नुहोस् आजको राशिफल

वि.सं.२०८१ वैशाख १९ बुधवार ०६:१८

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...

डिजेल र मट्टितेलको मूल्य घट्यो, यस्तो छ नयाँ मूल्यसूची

डिजेल र मट्टितेलको मूल्य घट्यो, यस्तो छ नयाँ मूल्यसूची

वि.सं.२०८१ वैशाख १८ मंगलवार २१:४३

काठमाडौं । नेपाल आयल निगमले डिजेल र मट्टितेलको मूल्य घटाएको...

श्रमिकको सुरक्षा र लगानीमैत्री वातावरणमा जोड : चेम्बर अफ कमर्स   

श्रमिकको सुरक्षा र लगानीमैत्री वातावरणमा जोड : चेम्बर अफ कमर्स   

वि.सं.२०८१ वैशाख १८ मंगलवार १९:३९

काठमाडौँ, १८ वैशाख : नेपाल चेम्बर अफ कमर्सले श्रमिक वर्गको...

आर्थिक वृद्धिदर ३.५४ प्रतिशत अनुमान   

आर्थिक वृद्धिदर ३.५४ प्रतिशत अनुमान   

वि.सं.२०८१ वैशाख १८ मंगलवार १९:३५

काठमाडौँ, १८ वैशाख : राष्ट्रिय तथ्याङ्क कार्यालयले चालु आर्थिक वर्ष...