back
NMB ad

समता लघुवित्तको नाफा २५७ प्रतिशतले वृद्धि

Kumari bank ad

काठमाडौं । चालू आवको पुस मसान्त सम्ममा समता लघुवित्त वित्तीय संस्थाको नाफा २५७ प्रतिशतले वृद्धि भएको छ । कम्पनीले सो अवधिमा रू. २ करोड ५८ लाख नाफा कमाएको हो ।

यो नाफा गत आवको सोही अवधिमा रू. ७२ लाख १७ हजार नाफा कमाएको थियो ।  चालू आवको पुस मसान्त सम्ममा रू. २ करोड ५९ लाख खराब कर्जा उठाउन कम्पनी व्यवस्थापक सफल भएकाले नाफामा वृद्धि भएको हो ।

पुस मसान्त सम्ममा कम्पनीले रू. ५ करोड ४८ लाख खुद ब्याज आम्दानी गरेको छ भने सञ्चालन नाफा रू. १ करोड ४६ लाख रहेको छ ।

कम्पनीको चुक्ता पूँजी रू. १९ करोड ११ लाख छ । यस वर्ष कम्पनीले शेयरधनीलाई १० प्रतिशत बोनस शेयर वितरण गरेको हो । रिर्जभ कोषमा रू. ९ करोड १५ लाख छुट्याएको छ ।

खराब कर्जा संकलनमा वृद्धि भएकाले निष्क्रिय कर्जा १ दशमलव ७९ प्रतिशत बाट १ दशमलव ६८ प्रतिशतमा झरेको छ । प्रतिशेयर आम्दानी –वार्षिक) २७ दशमलव ०३, मूल्य आम्दानी अनुपात २५ दशमलव ०५ र प्रतिशेयर नेटवर्थ रू. १४७ दशमलव ८८ छ । दोस्रो बजारमा कम्पनीको शेयर मूल्य बिहिवार प्रतिकित्ता रू. ७३९ मा कारोबार भएको हो ।

२०७६ माघ ११ गते प्रकाशित

वि.सं.२०७६ माघ ११ शनिवार ११:०० मा प्रकाशित

You can share this post!

भोजपुरमा बोलेरो दुर्घटना, दुई जनाको मृत्यु   

भोजपुरमा बोलेरो दुर्घटना, दुई जनाको मृत्यु   

वि.सं.२०८१ वैशाख १७ सोमवार १४:२३

टक्सार (भोजपुर), १७ वैशाख: भोजपुरको आमचोक गाउँपालिकाको केन्द्र बालखाबाट मैयुँटार...

मुलुकको आवश्यकताअनुसार १६औँ योजनाको लक्ष्य निर्धारण गरिएको छः उपाध्यक्ष श्रेष्ठ   

मुलुकको आवश्यकताअनुसार १६औँ योजनाको लक्ष्य निर्धारण गरिएको छः उपाध्यक्ष श्रेष्ठ   

वि.सं.२०८१ वैशाख १७ सोमवार १४:०८

काठमाडौँ, १७ वैशाख : राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा मीनबहादुर...

बझाङ उपनिर्वाचनः एमालेका भण्डारी विजयी   

बझाङ उपनिर्वाचनः एमालेका भण्डारी विजयी   

वि.सं.२०८१ वैशाख १७ सोमवार १३:५७

चैनपुर (बझाङ) १७ वैशाखः बझाङ–१ प्रदेशसभा (क) मा भएको प्रदेशसभा...

लगानी सम्मेलन सफल भयो, हामी उत्साहित भएका छौंः अर्थमन्त्री पुन

लगानी सम्मेलन सफल भयो, हामी उत्साहित भएका छौंः अर्थमन्त्री पुन

वि.सं.२०८१ वैशाख १७ सोमवार १३:१२

काठमाडौँ । मन्त्री पुनले तेश्रो अन्तर्राष्ट्रिय लगानी सम्मेलन–२०२४ भव्य रुपमा...

तिब्बतसँगको व्यापारिक सम्बन्ध नयाँ उचाइमा पुग्ने मन्त्री भण्डारीको विश्वास   

तिब्बतसँगको व्यापारिक सम्बन्ध नयाँ उचाइमा पुग्ने मन्त्री भण्डारीको विश्वास   

वि.सं.२०८१ वैशाख १७ सोमवार १२:३४

काठमाडौँ, १७ वैशाखः उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले नेपाल...

लगानी सम्मेलनको दोस्रो दिन, विभिन्न विषयका फरकफरक सत्र सञ्चालन हुँदै   

लगानी सम्मेलनको दोस्रो दिन, विभिन्न विषयका फरकफरक सत्र सञ्चालन हुँदै   

वि.सं.२०८१ वैशाख १७ सोमवार १२:१०

काठमाडौँ, १७ वैशाखः आइतबारदेखि यहाँ जारी लगानी सम्मेलनको आज दोस्रो...