back
NMB ad

बिमा कम्पनीले अटेर गर्दा हजारौं युवा विदेशमा प्रभावित

Kumari bank ad

काठमाडौं । बिमा कम्पनीहरुले वैदेशिक रोजगार म्यादी बिमा शुल्कलाई अनलाइन भुक्तानी प्रणालीमा लैजान अटेर गर्दा नियोगबाट दिन लागिएको पुनः श्रम स्वीकृति सेवा सुरु हुन सकेको छैन ।

पुनः श्रम स्वीकृतिका लागि अनिवार्य मानिएको म्यादी बिमा शुल्क भुक्तानीलाई बिमा कम्पनीले अनलाइन कम्पनीमा लैजान अटेर गरेपछि श्रम स्वीकृति लिनकै लागि नेपाली युवा लाखौं खर्च गरेर स्वदेश फर्कन बाध्य भएका छन् ।

स्वदेशमा पनि अनलाइनबाटै बिमा शुल्क भुक्तानी सेवा सुचारु गर्ने सरकारको योजनासमेत अलपत्र परेको छ । कारोबार दैनिकमा यादव हुमागाईं र गोपाल संग्रौलाले लेखेका छन् ।

सरकारले करार अवधि थप भएका तर श्रम स्वीकृतिको म्याद सकिएका युवाको लागि विदेशस्थित नियोगबाटै पुनःश्रम स्वीकृतिको तयारी गरेको ६ महिनाभन्दा बढी भएपनि बिमाका कारण श्रम स्वीकृतिको काम रोकिएको छ ।

बिमा कम्पनीले सेवालाई अनलाइन प्रणालीमा अपग्रेड गर्न नसक्दा विदेशमा रहेका हजारौं युवा बिना श्रम स्वकृति विदेशमा काम गर्न बाध्य हुनुपरेको छ ।

२०७६ माघ १२ गते प्रकाशित

वि.सं.२०७६ माघ १२ आइतवार ०७:२६ मा प्रकाशित

You can share this post!

नेपाल एसबिआई बैंकका ग्राहकलाई स्काईवाकको टिकटमा छुट

नेपाल एसबिआई बैंकका ग्राहकलाई स्काईवाकको टिकटमा छुट

वि.सं.२०८१ जेठ १ मंगलवार १८:२०

काठमाडौं । नेपाल एसबिआई बैंक लि. र वन्डर्स नेपाल प्रा....

निजामती सेवा कानुन यथाशीघ्र कार्यान्वयनमा ल्याउने   

निजामती सेवा कानुन यथाशीघ्र कार्यान्वयनमा ल्याउने   

वि.सं.२०८१ जेठ १ मंगलवार १८:०२

काठमाडौँ, १ जेठ : राष्ट्रपति रामचन्द्र पौडेलले सरकारको आगामी आर्थिक...

नेपाल उद्योग परिसंघको महानिर्देशकमा डा.घनश्याम ओझा नियुक्त

नेपाल उद्योग परिसंघको महानिर्देशकमा डा.घनश्याम ओझा नियुक्त

वि.सं.२०८१ जेठ १ मंगलवार १७:५८

काठमाडौँ, १ जेठ : नेपाल उद्योग परिसंघको महानिर्देशकमा डा. घनश्याम...

यी हुन् नीति तथा कार्यक्रमका मुख्य व्यवस्था  (पूर्णपाठ) 

यी हुन् नीति तथा कार्यक्रमका मुख्य व्यवस्था  (पूर्णपाठ) 

वि.सं.२०८१ जेठ १ मंगलवार १७:४६

काठमाडौँ, १ जेठ : आगामी आर्थिक वर्ष २०८१ / ८२...

प्रभु बैंक र काठमाण्डू मोडेल अस्पतालबीच विशेष छुट सम्झौता

प्रभु बैंक र काठमाण्डू मोडेल अस्पतालबीच विशेष छुट सम्झौता

वि.सं.२०८१ जेठ १ मंगलवार १७:२६

काठमाडौं । प्रदशनिमार्ग स्थित काठमाण्डू मोडेल अस्पताल र प्रभु बैंक...

सरकारले एक हजार युवालाई फेलोसिप उपलब्ध गराउने   

सरकारले एक हजार युवालाई फेलोसिप उपलब्ध गराउने   

वि.सं.२०८१ जेठ १ मंगलवार १७:२२

काठमाडौँ, १ जेठ : सरकारले विभिन्न विषय क्षेत्रका एक हजार...