back
NMB ad

बजेट खर्च गर्न प्रदेशलाई ‘सकस’ : ६ महिनामा करीब १२% पनि बजेट खर्च भएन

Kumari bank ad

काठमाडौं । वित्तीय संघीयताको अभ्यास गर्दै प्रदेश सरकारहरूले दुई बजेट पेश गरिसके पनि बजेटमा विनियोजित रकमको प्रभावकारी खर्च गर्न भने असफल देखिएका छन् ।

चालू आर्थिक वर्ष प्रदेश सरकारका लागि बजेट निर्माण र कार्यान्वयनका हिसाबले दोस्रो वर्ष हो । तर, दोस्रो वर्षमा पनि प्रदेश सरकारहरू बजेट कार्यान्वयनमा कमजोर देखिएका छन् ।

चालू आवको पहिलो ६ महीनामा सातै प्रदेशको कुल खर्च मात्र १२ प्रतिशतको हाराहारीमा छ । आर्थिक अभियानमा विजय दमासेले समाचार लेख्नुभएको छ ।

कुल २५९ दशमलव २८ अर्बको बजेट ल्याएका सातै प्रदेशको खर्च पहिलो ६ महीनामा कुल खर्च मात्र २९ दशमलव ४१ अर्ब रहेको छ । त्यसमा पनि पूँजीगत खर्चको अवस्था निराशाजनक रहेको छ ।

पहिलो ६ महीनाको तथ्यांकले सबैभन्दा बढी खर्च गर्नेमा प्रदेश ५ अगाडि रहेको देखाउँछ । यस प्रदेशले चालू आवको पूर्वाद्र्धमा करीब १९ प्रतिशत खर्च गरेको छ भने प्रदेश १ ले १६ प्रतिशत तथा गण्डकी प्रदेशले १५ प्रतिशत खर्च गरेका छन् । सुदूरपश्चिम र बागमती प्रदेशको खर्च १० प्रतिशतको हाराहारीमा छ भने प्रदेश २ र कर्णाली प्रदेशको खर्च १० प्रतिशतभन्दा पनि कम छ ।

संघीय संरचनामार्फत अधिकार प्रत्यायोजन भनिए पनि संघ र प्रदेश सरकारसँग कतिपय विषयमा समन्वय हुन नसक्नु, बजेट खर्च गर्न केन्द्रबाटै अंकुश लगाइनु, कर्मचारी तथा प्राविधिकको पर्याप्त व्यवस्था अझै नहुनु, पटकपटक कर्मचारीको सरुवाजस्ता कारणले बजेट खर्च गर्न नसकिएको प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्रीहरू बताउँछन् ।

प्रदेश नम्बर २ का आर्थिक मामिला मन्त्री विजय यादवका अनुसार बजेट खर्च गर्न विनियमावली नै बाधक भएको बताए । ‘विनियमावली संशोधन नभएसम्म प्रदेशको बजेट खर्च राम्रो हुने अवस्था छैन, केन्द्रसँग बारम्बार गुहारिरहेका छौं, तर हाम्रो माग सुनिएको छैन,’ उनले बताए । उनका अनुसार बजेट कार्यान्वयन कर्मचारीमा निर्भर हुने भएकाले कर्मचारीको बारम्बार सरुवाले समग्र आयोजना प्रभावित हुन पुग्छ ।

दक्ष कर्मचारी तथा प्राविधिक अभाव, कानून तथा योजना कार्यान्वयन गर्ने एकाइ तल्लो तहसम्म स्थापना नभएका कारण पनि बजेट खर्च प्रभावकारी हुन नसकेको कर्णाली प्रदेशका आर्थिक मामिलामन्त्री प्रकाश ज्वालाको भनाइ छ । उनका अनुसार कतिपय विकास आयोजना अघि बढाउन अध्ययन, बोलपत्रलगायत दस्तावेजको तयारीमा धेरै समय लाग्ने भएकाले आउँदो ६ महीनामा मात्रै विकासका कामले गति लिनेछ ।

उता, सुदूरपश्चिम सरकारका आर्थिक मामिला तथा योजनामन्त्री झपटबहादुर बोहरा आप्mनो प्रदेशले यस आवमा बजेट कार्यान्वयनमा सुधार ल्याएको बताउँछन् । ‘गत आवको पहिलो ६ महीनामा १ दशमलव ४१ प्रतिशत मात्र पूँजीगत खर्च गर्न सकेका थियौं । चालू आवको सोही अवधिमा यो १० प्रतिशत पुग्न सफल भएको छ,’ उनले बताए । अझै पनि आवश्यक कानून र संरचना बनिनसकेको बताउँदै बोहराले भने, ‘पर्याप्त कर्मचारी नरहेको अवस्थामा यो नतीजा हाम्रा लागि उत्साहजनक हो ।’

तर, संघीयताविद् खिमलाल देवकोटा भने प्रदेशको कुल खर्च २० प्रतिशतसम्म नपुग्नु लज्जास्पद भएको बताउँछन् । ‘हिजोको दिनमा संघीय सरकारको दोष देखाइयो, आज पनि त्यही अवस्था देखाएर प्रदेश सरकारहरूले छूट पाउनु हुँदैन,’ उनले बताए ।

विकास र सार्वजनिक सेवा प्रवाहलाई गति दिन मुलुकमा संघीयता अवलम्बन गरिए पनि प्रदेश सरकारकै कमजोरीका कारण बजेट कार्यान्वयनमा सकस परेको उनको भनाइ छ । देवकोटाका अनुसार खर्च गर्ने ‘एक्सन प्लान’ बनाई प्रदेशहरूले तत्काल बलियो रूपमा बजेट कार्यान्वयनमा जुट्नुपर्छ ।

२०७६ माघ १२ गते प्रकाशित

वि.सं.२०७६ माघ १२ आइतवार ०५:०९ मा प्रकाशित

You can share this post!

एडिबीद्वारा भारतमा विद्युत् आपूर्ति सुधार गर्न १४ करोड ८५ लाख डलर ऋण स्वीकृत   

एडिबीद्वारा भारतमा विद्युत् आपूर्ति सुधार गर्न १४ करोड ८५ लाख डलर ऋण स्वीकृत   

वि.सं.२०८१ जेठ ३ बिहीवार १६:४४

मनिला, ३ जेठ : एसियाली विकास बैङ्क (एडिबी) ले बिहीबार...

जाजरकोट भूकम्पपीडितलाई बेलायतद्वारा दुई अर्ब १८ करोडभन्दा बढीको सहयोग   

जाजरकोट भूकम्पपीडितलाई बेलायतद्वारा दुई अर्ब १८ करोडभन्दा बढीको सहयोग   

वि.सं.२०८१ जेठ ३ बिहीवार १६:३६

काठमाडौँ, ३ जेठः बेलायत सरकारले जाजरकोट भूकम्पपीडितको सहयोगार्थ रु दुई...

सगरमाथा आधार शिविरतर्फ पठाइयो ‘विश्व शान्ति दीप’   

सगरमाथा आधार शिविरतर्फ पठाइयो ‘विश्व शान्ति दीप’   

वि.सं.२०८१ जेठ ३ बिहीवार १६:३०

भैरहवा (रुपन्देही), ३ जेठ : प्रत्येक वर्ष सगरमाथा दिवसका (मे...

यी हुन् नेपाल टेलिकमका लोकप्रिय डाटा प्रविधि, यसरी रोज्नुुस्

यी हुन् नेपाल टेलिकमका लोकप्रिय डाटा प्रविधि, यसरी रोज्नुुस्

वि.सं.२०८१ जेठ ३ बिहीवार १६:१९

काठमाडौं । नेपाल टेलिकमले ग्राहकको रुचि र आवश्यकतालाई मध्यनजर गरी...

यस्ता छन् आज बसेका मन्त्रिपरिषद् बैठकका निर्णय

यस्ता छन् आज बसेका मन्त्रिपरिषद् बैठकका निर्णय

वि.सं.२०८१ जेठ ३ बिहीवार १६:११

काठमाडौँ, ३ जेठ : सरकारले न्यूनतम पारिश्रमिक निर्धारण समितिको अध्यक्षमा...

मदन-आश्रित स्मृति सभा- मदन भण्डारीका विचार र सिद्धान्त आज पनि उत्तिकै सान्दर्भिक: उपाध्यक्ष पाण्डे   

मदन-आश्रित स्मृति सभा- मदन भण्डारीका विचार र सिद्धान्त आज पनि उत्तिकै सान्दर्भिक: उपाध्यक्ष पाण्डे   

वि.सं.२०८१ जेठ ३ बिहीवार १६:०३

भरतपुर (चितवन), ३ जेठः नेपाल कम्युनिष्ट पार्टी (एमाले)का उपाध्यक्ष सुरेन्द्र...