back
NMB ad

७१ उपसचिव स्थानीय तहमा खटाइँदै

Kumari bank ad

काठमाडौं । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले हालै उपसचिवमा बढुवा भएका ७१ जना शाखा अधिकृतलाई स्थानीय तहमा खटाउने गृहकार्य गरिरहेको छ ।

बढुवाको ३५ दिनपछि ती उपसचिवहरूलाई स्थानीय तहमा खटाउने मन्त्रालयका प्रवक्ता भूपाल बरालले जानकारी दिनुभयो ।

ती उपसचिवहरूको बढुवाविरुद्ध सर्वोच्च अदालतमा परेको रिट परेको सम्बन्धमा मन्त्रालयमा औपचारिक जानकारी नआएकाले खटाउने तयारी भएको बताउँदै प्रवक्ता बरालले भन्नुभयो–‘मैले पनि पत्रपत्रिका पढेर थाहा पाएँ ।’

उहाँले अब बढुवा हुने उपसचिवलाई पनि स्थानीय तहमा खटाउने तयारी भएको बताउनुभयो। एक महिनाभित्र अरू एक सयभन्दा बढी उपसचिवको बढुवा हुँदैछ ।

मन्त्रालयले प्रशासन सेवा कर्मचारीलाई मात्र स्थानीय तहमा प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी दिँदै आएको छ ।
२०६५ देखि २०७० सालसम्म लोकसेवा आयोगको प्रतिस्पर्धाबाट उत्तीर्ण भएका शाखा अधिकृतहरू आफूहरूलाई पछाडि पारिएको भन्दै अदालतमा पुगेका हुन ।

उनीहरूले निजामती सेवा ऐन, २०४९ को दफा २४ को उपदफा २ (ख) र (घ) तथा दफा २४ (घ) १ क, नेपालको संविधानको धारा १, १८ (१), (२) र (३) तथा ३३ (१) सँग बाझिई निजामती कर्मचारीको समानताको हक, रोजगारीको हक हनन हुनुका साथै वृत्ति विकासमा असर परेको बताएका छन् ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, प्रतिनिधि सभा, संघीय संसद् सचिवालय, कानुन न्याय तथा संसदीय मामिला मन्त्रालय, लोकसेवा आयोग, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय र बढुवा समिति, बढुवा समितिको सचिवालयलाई विपक्षी बनाई रिट दायर गरिएको छ ।

२०७६ माघ १४ गते प्रकाशित

वि.सं.२०७६ माघ १४ मंगलवार ०७:४९ मा प्रकाशित

You can share this post!

नेपालीको औसत आयु ७१.३ वर्ष   

नेपालीको औसत आयु ७१.३ वर्ष   

वि.सं.२०८१ वैशाख २३ आइतवार १७:५८

काठमाडौँ, २३ वैशाख : राष्ट्रिय तथ्याङ्क कार्यालयले नेपालीको औसत आयु...

ज्येष्ठ नागरिकप्रतिको दायित्व कसैले बिर्सनुहुँदैन : मन्त्री चौधरी

ज्येष्ठ नागरिकप्रतिको दायित्व कसैले बिर्सनुहुँदैन : मन्त्री चौधरी

वि.सं.२०८१ वैशाख २३ आइतवार १७:४६

काठमाडौँ। महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगबती चौधरीले आगामी...

कीर्तिपुर बस दुर्घटनामा एकको मृत्यु, तीन जना घाइते   

कीर्तिपुर बस दुर्घटनामा एकको मृत्यु, तीन जना घाइते   

वि.सं.२०८१ वैशाख २३ आइतवार १७:४०

काठमाडौँ, २३ वैशाख : काठमाडौँको कीर्तिपुरमा आज भएको बस दुर्घटनामा...

थप ४० लाख कित्ता बोनस सेयर नेप्सेमा सूचिकृत

थप ४० लाख कित्ता बोनस सेयर नेप्सेमा सूचिकृत

वि.सं.२०८१ वैशाख २३ आइतवार १७:१६

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा आइत्बार थप एक कम्पनीको...

दुनियाँले देख्ने गरी सरकार निजी क्षेत्रमैत्री रहेको सन्देश दिएका छौंः अर्थमन्त्री पुन

दुनियाँले देख्ने गरी सरकार निजी क्षेत्रमैत्री रहेको सन्देश दिएका छौंः अर्थमन्त्री पुन

वि.सं.२०८१ वैशाख २३ आइतवार १७:०८

काठमाडौं । अर्थमन्त्री वर्षमान पुन अनन्तले मुखले नभई व्यवहारमै सरकार...

नेपाल र जापानका परराष्ट्रमन्त्रीबीच भेटवार्ता   

नेपाल र जापानका परराष्ट्रमन्त्रीबीच भेटवार्ता   

वि.सं.२०८१ वैशाख २३ आइतवार १६:५८

काठमाडौँ, २३ वैशाख: उपप्रधानमन्त्री तथा परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठ र नेपाल...