back
NMB ad

सवारी कर्जाको सीमा बढाउने तयारी गर्दै राष्ट्र बैंक

Kumari bank ad

काठमाडौं । नेपाल राष्ट्र बैंकले आर्थिक वर्ष २०७६/७७ को मौद्रिक नीतिको अर्धवार्षिक समीक्षामार्फत सवारी कर्जाको सीमा बढाउने तयारी गरेको छ ।

बैंकले हाल सवारीसाधन किन्न गाडीको ५० प्रतिशत मात्र कर्जा उपलब्ध गराउँदै आएकोमा ६५ प्रतिशतसम्म कर्जा उपलब्ध गराउने तयारी गरिएको बैंक स्रोतले बताएको छ ।

पछिल्लो समय राष्ट्र बैंकले व्यक्तिगत कर्जा प्रवाहमा कडाइ गरेपछि सवारीसाधनका शोरूमहरूमा बुकिङ भइसकेका गाडीको पनि बुकिङ रद्द हुन थालेपछि त्यसलाई खुकुलो पार्न सवारीसाधन व्यवसायीहरूले लबिङ गर्दै आएका थिए ।

राष्ट्र बैंकले हालै यस्तो कर्जामा मासिक तिर्नुपर्ने किस्ता रकमभन्दा दोब्बर आम्दानी (कर कटाएर) हुनेलाई मात्र ऋण दिने व्यवस्थाले अटोमोबाइल बजारलाई थप मारमा पारेको भनाइ अटोमोबाइल डिलर एशोसिएशन अफ नेपाल (नाडा)को थियो ।

गतवर्ष कात्तिकमा अटो कर्जामा डाउन पेमेन्ट ३५ प्रतिशतबाट बढाएर ५० प्रतिशत र्पुयाएदेखि नै अटोमोबाइल व्यवसाय सुस्ताएको थियो ।

केन्द्रीय बैंक माघभित्रै चालू आर्थिक वर्षको मौद्रिक नीतिको अर्धवार्षिक समीक्षा गर्ने तयारीमा छ । स्रोतका अनुसार अर्थमन्त्री डा. युवराज खतिवडाकै निर्देशनमा राष्ट्र बैंकले अटो कर्जाको सीमा ६५ प्रतिशतसम्म र्पुयाउने तयारी गरेको हो ।
२०७४ चैतमा गाडी किन्दा डाउन पेमेन्ट गर्नुपर्ने रकमलाई ३५ प्रतिशतबाट बढाएर ५० प्रतिशत गर्नुपर्ने निर्णय गरिएको थियो । तर, व्यवसायीको दबाबपछि सरकारले २०७५र७६ को मौद्रिक नीतिमार्फत डाउन पेमेन्टको रकम पुनः ३५ प्रतिशत नै हुनुपर्ने गरेको थियो । तर, २०७५ कात्तिकमा त्यसलाई फेरि ५० प्रतिशतमा नै र्पुयाइयो ।

नाडाका प्रतिनिधि अटो कर्जालाई खुकुलोे पार्न भन्दै गत महीना मात्रै अर्थमन्त्री डा. युवराज खतिवडा र राष्ट्र बैंकका गभर्नर चिरञ्जीवी नेपाललाई भेट्न गएका थिए ।

अर्थमन्त्री र गभर्नर दुवै यसमा सकारात्मक देखिएको नाडाले बताएको थियो । अर्थमन्त्रीले त व्यवसायीले महसूस गर्नेगरी मौद्रिक नीतिको अर्धवार्षिक समीक्षामा उक्त माग सम्बोधन गर्ने वाचा गरेका थिए ।

नाडाका अनुसार पछिल्लो समय मुलुकको समग्र अटोमोबाइल बजार ४० प्रतिशतसम्मले घटेको छ । ‘अटो कर्जामा गरिएको कडाइले अटोमोबाइल व्यवसाय मात्र नभएर मुलुककै राजस्व र बैंकिङ क्षेत्रलाई पनि असर पु¥याएको छ,’ नाडाका अध्यक्ष कृष्णप्रसाद दुलालले बताए ।

नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष शेखर गोल्छा सरकारले राजस्व लक्ष्य घट्दा अटो कर्जा खुकुलो बनाउने तर पछि कडाइ गर्ने प्रवृत्ति दोर्होयाउनु नहुने बताउँछन् । ‘यदि सरकारले अटो कर्जाको सीमा बढाउन लागेको हो भने त्यो सकारात्मक समाचार हो,’ उनले बताए ।(आर्थिक अभियानबाट)

२०७६ माघ १५ गते प्रकाशित

वि.सं.२०७६ माघ १५ बुधवार ०६:५० मा प्रकाशित

You can share this post!

एडिबीद्वारा भारतमा विद्युत् आपूर्ति सुधार गर्न १४ करोड ८५ लाख डलर ऋण स्वीकृत   

एडिबीद्वारा भारतमा विद्युत् आपूर्ति सुधार गर्न १४ करोड ८५ लाख डलर ऋण स्वीकृत   

वि.सं.२०८१ जेठ ३ बिहीवार १६:४४

मनिला, ३ जेठ : एसियाली विकास बैङ्क (एडिबी) ले बिहीबार...

जाजरकोट भूकम्पपीडितलाई बेलायतद्वारा दुई अर्ब १८ करोडभन्दा बढीको सहयोग   

जाजरकोट भूकम्पपीडितलाई बेलायतद्वारा दुई अर्ब १८ करोडभन्दा बढीको सहयोग   

वि.सं.२०८१ जेठ ३ बिहीवार १६:३६

काठमाडौँ, ३ जेठः बेलायत सरकारले जाजरकोट भूकम्पपीडितको सहयोगार्थ रु दुई...

सगरमाथा आधार शिविरतर्फ पठाइयो ‘विश्व शान्ति दीप’   

सगरमाथा आधार शिविरतर्फ पठाइयो ‘विश्व शान्ति दीप’   

वि.सं.२०८१ जेठ ३ बिहीवार १६:३०

भैरहवा (रुपन्देही), ३ जेठ : प्रत्येक वर्ष सगरमाथा दिवसका (मे...

यी हुन् नेपाल टेलिकमका लोकप्रिय डाटा प्रविधि, यसरी रोज्नुुस्

यी हुन् नेपाल टेलिकमका लोकप्रिय डाटा प्रविधि, यसरी रोज्नुुस्

वि.सं.२०८१ जेठ ३ बिहीवार १६:१९

काठमाडौं । नेपाल टेलिकमले ग्राहकको रुचि र आवश्यकतालाई मध्यनजर गरी...

यस्ता छन् आज बसेका मन्त्रिपरिषद् बैठकका निर्णय

यस्ता छन् आज बसेका मन्त्रिपरिषद् बैठकका निर्णय

वि.सं.२०८१ जेठ ३ बिहीवार १६:११

काठमाडौँ, ३ जेठ : सरकारले न्यूनतम पारिश्रमिक निर्धारण समितिको अध्यक्षमा...

मदन-आश्रित स्मृति सभा- मदन भण्डारीका विचार र सिद्धान्त आज पनि उत्तिकै सान्दर्भिक: उपाध्यक्ष पाण्डे   

मदन-आश्रित स्मृति सभा- मदन भण्डारीका विचार र सिद्धान्त आज पनि उत्तिकै सान्दर्भिक: उपाध्यक्ष पाण्डे   

वि.सं.२०८१ जेठ ३ बिहीवार १६:०३

भरतपुर (चितवन), ३ जेठः नेपाल कम्युनिष्ट पार्टी (एमाले)का उपाध्यक्ष सुरेन्द्र...