back
NMB ad

नबिल बैंकको ‘नबिल सजिलो एक्सप्रेस कर्जा योजना’ यस्ता छन् सुविधाहरु

Kumari bank ad

काठमाडौं । नबिल बैंकले साना तथा मझौला उद्यम कर्जाको नयाँ प्रस्तुतिका रूपमा नबिल सजिलो एक्सप्रेस कर्जा योजना ल्याएको छ ।

कर्जासम्बन्धी निर्णय प्रक्रियालाई गति दिँदै जोखिममा आधारित मूल्यांकनसहित क्रेडिट स्कोरिङ मोडल कर्जा प्राप्तांकको आधारमा यो योजना आरम्भ गरिएको हो ।

सरल र शीघ्र प्रशोधनसहित अधिकतम १० दशमलव ५ प्रतिशतको ब्याजदरमा यो कर्जा उपलब्ध हुनेछ । नबिल सजिलो एक्सप्रेस कर्जा देशका सातै वटा प्रदेशमा लैजाने अभियानका क्रममा २३ डिसेम्बर, २०१९ मा राजधानीबाट सुरु गरिएको थियो ।

सो समारोहमा सिद्घार्थनगर उद्योग वाणिज्य संघका अध्ययक्ष कुलप्रसाद न्यौपाने, बुटवल उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्ययक्ष उज्वल कसजु तथा तिलोतमा उद्योग वाणिज्य संघका उपाध्ययक्ष रामचन्द्र पाण्डेको उपस्थिति रहेको थियो ।

योजनाको शुभारम्भ अवसरमा बैंकका प्रमुख कार्यकारी अधिकृत अनिलकेशरी शाहले भने, ‘नबिल सजिलो एक्सप्रेस कर्जा देशका विभिन्न क्षेत्रमा रहेका साना तथा मझौला व्यवसायीको अवश्यकतालाई सम्बोधन गर्ने उद्देश्यले ल्याइएको हो ।’

कर्जा प्रशोधन प्रक्रियालाई छिटोछरितो, सहज र सरल बनाउने दिशामा नबिल सजिलो एक्सप्रेस कर्जाजस्ता रचनात्मक योजना अघि सार्दै साना तथा मझौला उद्यमका ग्राहकको पहिलो रोजाइ बन्नेमा पनि उनले जोड दिए ।

साना तथा मझौला उद्यमको विकासका निम्ति बैंक र यूकेएड सक्षम एक्सेस टु फाइनान्ससँग मिलेर सहकार्य गरिरहेका छन् । यसैको परिणामस्वरूप नबिल सजिलो कर्जा र नबिल नारी कर्जा योजना ल्याइएको हो ।

यी साना तथा मझौला कर्जा योजनाको सफलतापछि बैंकले नबिल सजिलो कर्जाकै स्तरोन्नतिका रूपमा नबिल सजिलो एक्सप्रेस कर्जा योजना सार्वजनिक गरेको पनि विज्ञप्तिमा उल्लेख छ ।

यसबाट साना तथा मझौला उद्यमका ग्राहकका लागि ७५ लाखसम्मको कर्जा प्रतिष्पर्धी ब्याजदरमा उपलब्ध गराइनेछ । ऋणीको कर्जा आवेदनमा शीघ्र निर्णय लिँदै आवेदन प्राप्त भएको ३५ घण्टाभित्र स्वीकृति प्रदान गर्ने उद्देश्यले यो योजना जारी गरिएको विज्ञप्तिमा उल्लेख छ ।

नबिल सजिलो एक्सप्रेस कर्जा योजना निःशुल्क कारोबार सूचना, निःशुल्क मासिक विद्युतीय बैकिङ विवरण, व्यवसायको मुख्य मानिसलाई निःशुल्क क्रेडिटकार्ड हस्तान्तरणका साथै ३५ घण्टाभित्र निर्णय दिई सकिने आकर्षक प्याकेजका साथ आएको पनि विज्ञप्तिमा उल्लेख छ ।

सन् १९८४ देखि आफ्ना ग्राहकलाई समयानुकुल सेवा प्रदान गर्दै आएको यस नबिल बैंकको १ सय २ शाखा १ सय ४३ एटीएम र १ हजार ५सय बढी नबिल रेमिट एजेन्ट छन् । साथै बैंकले देशव्यापी रूपमा र विश्वभर धेरै एजेन्टमार्फत उच्चस्तरीय सेवा प्रदान गर्दै अघि बढ्ने विश्वास लिएको छ ।

वि.सं.२०७६ माघ २० सोमवार ०९:०७ मा प्रकाशित

You can share this post!

कसरी पक्षी अवलोकनले विद्यार्थीहरूलाई कष्ट कम र मानसिक स्वास्थ्य सुधार गर्न मद्दत गर्छ ?   

कसरी पक्षी अवलोकनले विद्यार्थीहरूलाई कष्ट कम र मानसिक स्वास्थ्य सुधार गर्न मद्दत गर्छ ?   

वि.सं.२०८१ वैशाख २२ शनिवार २०:२२

नर्थ क्यारोलिना, २२ वैशाख : कलेजका विद्यार्थीहरूको मानसिक स्वास्थ्य सुधार...

विदेश पठाइदिने भन्दै ३४ लाखभन्दा बढी रकम ठगी गर्ने पक्राउ   

विदेश पठाइदिने भन्दै ३४ लाखभन्दा बढी रकम ठगी गर्ने पक्राउ   

वि.सं.२०८१ वैशाख २२ शनिवार २०:१२

काठमाडौँ, २२ वैशाखः वैदेशिक रोजगारीका लागि बेलायत पठाइदिने भन्दै रु...

वेस्ट इन्डिज ‘ए’सँगको अन्तिम खेलमा नेपाल विजयी   

वेस्ट इन्डिज ‘ए’सँगको अन्तिम खेलमा नेपाल विजयी   

वि.सं.२०८१ वैशाख २२ शनिवार २०:०८

काठमाडौँ, २२ वैशाख : टी–२० शृङ्खलाको अन्तिम खेलमा नेपालले वेष्ट...

रेलसेवा तीन दिन बन्द हुने, यस्तो छ कारण   

रेलसेवा तीन दिन बन्द हुने, यस्तो छ कारण   

वि.सं.२०८१ वैशाख २२ शनिवार २०:०४

जनकपुर, २२ वैशाख: भारतमा हुने लोकसभा जयनगर–जनकपुर–भङ्गहा रेलसेवा तीन दिनसम्म...

वेस्ट इन्डिज ‘ए’द्वारा नेपाललाई १७३ रनको लक्ष्य   

वेस्ट इन्डिज ‘ए’द्वारा नेपाललाई १७३ रनको लक्ष्य   

वि.सं.२०८१ वैशाख २२ शनिवार १५:२८

काठमाडौँ, २२ वैशाख : वेस्ट इन्डिज ‘ए’ले टी–ट्वान्टी शृङ्खलाको अन्तिम...

त्रिशूलीसहित पाँच नदीलाई प्लास्टिकजन्य फोहर मुक्त बनाइने   

त्रिशूलीसहित पाँच नदीलाई प्लास्टिकजन्य फोहर मुक्त बनाइने   

वि.सं.२०८१ वैशाख २२ शनिवार १५:०८

मुग्लिन, (चितवन), २२ वैशाख : नेपालका पाँच वटा नदीलाई प्लास्टिकजन्य...