back
NMB ad

आदर्श सञ्चारद्वारा श्रद्धाञ्जली सभा तथा राहत रकम हस्तान्तरण

Kumari bank ad

बागलुङ । आदर्श सञ्चार सहकारी संस्था लिमिटेड बागलुङले शेयर सदस्यका अभिभावकको निधनप्रति दुख व्यक्त गर्दै श्रद्धाञ्जली सभा सम्पन्न गरेको छ ।

शेयर सदस्यहरु पृथ्वी गन्धर्व र कमल गन्धर्वकी आमा तथा शेयर सदस्य अमृता राना गन्धर्वकी सासु आमा मनकुमारी गन्धर्वको निधनप्रति दुख व्यक्त गर्दै सोमबार श्रद्धाञ्जली सभा सम्पन्न गरेको हो । गलकोट नगरपालिका–३ हटिया निवासी मनकुमारी गन्धर्वको ५४ वर्षको उमेरमा माघ ११ गते निधन भएको थियो ।

गन्धर्वको निधन भएको दशौं दिनको पुण्य तिथि पारेर आदर्र्श सञ्चार सहकारीले मृतकको निवास गलकोटमा श्रद्धाञ्जली सभा सम्पन्न गरेको हो । संस्थाले शेयर सदस्य तथा सदस्यका परिवारको निधनमा प्रदान गरिने मृत्यु राहत रकम पनि स्तान्तरण गरेको छ ।

संस्थाका प्रवन्धक दिपकराज सापकोटा र कर्जा विभाग प्रमुख रुपादेवी ढकालले संस्थाको नियम अनुसार शेयर सदस्यका आफन्तको निधनमा प्रदान प्रति व्यक्ति पाँच हजारका दरले १५ हजार रुपैया स्वर्गीय गन्धर्वकी छोरी सीता गन्धर्वलाई हस्तान्तरण गर्नु भएको थियो ।

साविक धौलागिरि अञ्चलकै पहिलो सञ्चार सहकारीको रुपमा स्थापित आदर्श सञ्चार सहकारी संस्थाले शेयर सदस्यको परिवारका सदस्यको निधनमा ५ हजार र सेयर सदस्यको निधन भएमा १५ हजार रुपैया मृत्यु राहत स्वरुप हस्तान्तरण गर्दै आएको छ ।

सूचना र सञ्चार अन्तर्गत धौलागिरि जागरण दैनिक र अग्रसर साप्ताहिक पत्रिका प्रकाशन, धौलागिरि टेलिभिजनमा सहकार्य गर्दै आएको संस्थाले गत २०७६ भदौ २१ गतेदेखि आदर्शसञ्चार अनलाइन सञ्चालन गर्दै आइरहेको छ ।

आदर्श सञ्चार सहकारीले वित्तीय, सञ्चार र सहकारी सम्बन्धी विभिन्न कार्यक्रमका साथै जनचेतनामुलक कार्यक्रमहरु सञ्चालन गर्दै आइरहेको छ ।

संस्थामा १ हजार ५ सय ५० जना शेयर सदस्य, ३ करोड ५० लाख शेयर रकम, १९ करोड निक्षेप, २२ करोड कर्जा लगानी रहेको संस्थाका कोषाध्यक्ष पूर्ण बहादुर कार्कीले जानकारी दिनुभयो ।

वि.सं.२०७६ माघ २० सोमवार १७:०१ मा प्रकाशित

You can share this post!

आज यी १० कम्पनीमा झुम्मिए लगानीकर्ता, कुनको कति भयो कारोबार ?

आज यी १० कम्पनीमा झुम्मिए लगानीकर्ता, कुनको कति भयो कारोबार ?

वि.सं.२०८१ वैशाख २३ आइतवार १५:०६

काठमाडौं । साताको पहिलो कारोबार दिन सेयर बजार दोहोरो अंकले...

तापक्रम घट्यो: अब आउने वर्षाले आगलागी घटाउन सघाउने   

तापक्रम घट्यो: अब आउने वर्षाले आगलागी घटाउन सघाउने   

वि.सं.२०८१ वैशाख २३ आइतवार १४:५१

काठमाडौँ, २३ वैशाख : गर्मीका कारण आक्रान्त भइरहेका समयमा पछिल्लो...

सेक्युरिटी प्रिन्टिङ प्रेस बन्द गराएर बाहिरबाट पासपोर्ट छपाइ, बिचौलियाको सेटिङमा २० अर्ब राजस्व चुहावट

सेक्युरिटी प्रिन्टिङ प्रेस बन्द गराएर बाहिरबाट पासपोर्ट छपाइ, बिचौलियाको सेटिङमा २० अर्ब राजस्व चुहावट

वि.सं.२०८१ वैशाख २३ आइतवार १४:३४

काठमाडौं । काभ्रेको पनौतीमा स्थापना भएको करोडौं मूल्य बराबरको सुरक्षण...

कोरला नाकामा विद्युत् विस्तार   

कोरला नाकामा विद्युत् विस्तार   

वि.सं.२०८१ वैशाख २३ आइतवार १४:१५

म्याग्दी, २३ वैशाख : मुस्ताङको लोमान्थाङ गाउँपालिका–१ स्थित चीनको सिमाना...

नेपालगञ्ज नाकाबाट ७० करोड बढीको जडिबुटी निकासी   

नेपालगञ्ज नाकाबाट ७० करोड बढीको जडिबुटी निकासी   

वि.सं.२०८१ वैशाख २३ आइतवार १४:०८

खजुरा (बाँके), २३ वैशाख : जडिबुटी निकासीको प्रमुख नाकाका रुपमा...

ललितपुरको बाफलमा आगलागी, पाँच जना घाइते   

ललितपुरको बाफलमा आगलागी, पाँच जना घाइते   

वि.सं.२०८१ वैशाख २३ आइतवार १३:५०

पाटन (ललितपुर), २३ वैशाख : ललितपुर महानगरपालिका–१७ बाफलमा आगलागी हुँदा...