back
NMB ad

नेपालमै बनेको बजाजको डोमिनार विक्री सुरू : मूल्य घट्यो, कति पर्छ ?

Kumari bank ad

काठमाडौं । नेपालमै एसेम्बल भएको बजाजको ‘डोमिनार ४००’को विक्री सुरू भएको छ । यो ‘डोमिनार ४००’ हाल टेकुस्थित शोरूममा उपलब्ध छ ।

यो मोटरसाइकल भारतमा बनेको भन्दा सस्तो भएको बजाजको नेपालका लागि आधिकारिक वितरक एचएच बजाजका अध्यक्ष शेखर गोल्छाले जानकारी दिए।

केही समयपछि यो मोटरसाइकल अरु शोरूममा पनि उपलब्ध हुने उनले बताए । गत वर्षको बजेटले मोटरसाइकलमा सिसी अनुसार कर लगाएपछि यसको मूल्य ५ लाख ८९ हजार ९ सय पुगेको थियो ।

नेपालमै एसेम्बल भएपछि यसको मूल्य ५ लाख २९ हजार ९ सयमा झरेको छ । भरतमा निर्मित र नेपालमा निर्मित डोमिनारमा खासै भिन्नता नभएको कम्पनीका एक कर्मचारीको दाबी छ।

‘यसमा भाइब्रेसन घटाइएको छ र एग्जस्ट २ ओटा राखिएको छ अरु भिन्नता छैन,’ उनले भने । ३७३.३ सिसीको डोमिनार ८६५० आरपिएममा ४०पिएस पावर र ७००० आरपिएममा ३५ एनएम टर्क जेनेरेट गर्छ ।

यसको इन्धन क्षमता १३ लिटर छ भने २५.५९ किलोमिटर माइलेज दिने कम्पनीको दाबी छ । यसमा डुअल च्यानल एबिएस, एलइडी टेल लाइट, स्पिडोमिटर लगायतका फिचर्स छन् ।

वि.सं.२०७६ माघ २१ मंगलवार १२:०४ मा प्रकाशित

You can share this post!

जापानका परराष्ट्रमन्त्री आज आउँदै   

जापानका परराष्ट्रमन्त्री आज आउँदै   

वि.सं.२०८१ वैशाख २३ आइतवार ०६:४०

काठमाडौँ, २३ वैशाख: जापानका परराष्ट्रमन्त्री कामिकावा योको नेपालको औपचारिक भ्रमणमा...

आजको मौसम : यी स्थानमा हल्का वर्षाको सम्भावना

आजको मौसम : यी स्थानमा हल्का वर्षाको सम्भावना

वि.सं.२०८१ वैशाख २३ आइतवार ०६:३४

काठमाडौँ, २३ वैशाख: हाल देशमा पश्चिमी वायु र स्थानीय वायुको...

आज २३ बैशाख २०८१ आइतवार, यस्तो छ आजको दैनिक राशिफल

आज २३ बैशाख २०८१ आइतवार, यस्तो छ आजको दैनिक राशिफल

वि.सं.२०८१ वैशाख २३ आइतवार ०६:३०

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...

कसरी पक्षी अवलोकनले विद्यार्थीहरूलाई कष्ट कम र मानसिक स्वास्थ्य सुधार गर्न मद्दत गर्छ ?   

कसरी पक्षी अवलोकनले विद्यार्थीहरूलाई कष्ट कम र मानसिक स्वास्थ्य सुधार गर्न मद्दत गर्छ ?   

वि.सं.२०८१ वैशाख २२ शनिवार २०:२२

नर्थ क्यारोलिना, २२ वैशाख : कलेजका विद्यार्थीहरूको मानसिक स्वास्थ्य सुधार...

विदेश पठाइदिने भन्दै ३४ लाखभन्दा बढी रकम ठगी गर्ने पक्राउ   

विदेश पठाइदिने भन्दै ३४ लाखभन्दा बढी रकम ठगी गर्ने पक्राउ   

वि.सं.२०८१ वैशाख २२ शनिवार २०:१२

काठमाडौँ, २२ वैशाखः वैदेशिक रोजगारीका लागि बेलायत पठाइदिने भन्दै रु...

वेस्ट इन्डिज ‘ए’सँगको अन्तिम खेलमा नेपाल विजयी   

वेस्ट इन्डिज ‘ए’सँगको अन्तिम खेलमा नेपाल विजयी   

वि.सं.२०८१ वैशाख २२ शनिवार २०:०८

काठमाडौँ, २२ वैशाख : टी–२० शृङ्खलाको अन्तिम खेलमा नेपालले वेष्ट...