back
NMB ad

उपहारको यो कस्तो व्यापार ? उपभोक्तालाई कुहिएको चाउचाउ र चनाबाट दालमोठ..

Kumari bank ad

काठमाडौ । दालमोठ खाँदा होस् पु¥याउनुहोस् है ! केहि उद्योगले कुहिएको चाउचाउ, किरा परेका चना र दालका साथै अखाद्य पदार्थबाट तयार पारिएका दालमोठ बजारमा पठाउने गरेको रहस्य राजधानी काठमाडौबाटै खुलासा भएको छ ।
काठमाडौको गौरीघाटसँगैको कुमारीगालमा उपहार दालमोठ उद्योगको अनुगमनका क्रममा दालमोठ बनाउन प्रयोग गरिने सबै खाद्यवस्तु अखाद्य भेटिएका छन् । दालमोठ बनाउन प्रयोग गरिने मुख्य कच्चा पदार्थ चना र दालमा किरा भेटिएको छ ।
अनुगमनका क्रममा उद्योगको गोदाममा फोहोर मिश्रित ढुसी परेका चाउचाउका बोरा तथा ढलको पानीजस्तो तेलमा पकाउने गरेको फेला परेको हो ।
उद्योगमा फोहोर नै फोहोर भेटिएपछि दालमोठका लागि प्रयोग हुने कञ्चा पदार्थ सबै अखाद्य फेला परेपछि सरकारी अधिकारीहरुले उद्योगीहरुले दालमोठका नाममा उपभोक्ताहरुलाई विष बेचिरहेको बताएका छन् ।
खाद्य प्रविधि तथा गुण नियन्त्रण विभाग, काठमाडौ जिल्ला प्रशासन कार्यालय, उपभोक्ता अधिकारकर्मी प्रहरी र संचारकर्मीको टोलीले शनिबार दालमोठ उद्योगमा गरेको अनुगमनबाट चाउचाउ उद्योगहरुले फाल्नका लागि ठिक्क पारेका अखाद्य चाउचाउलाई प्रशोधन गरेर दालमोठ बनाउने गरिएको तथ्य खुलेको प्रहरी नायव उपरिक्षक नवराज कार्कीले वताए ।
उद्योगले कीरा परेका दाल र ढुसी परेका चाउचाउलाई लेदोजस्तो तेलमा भुटेर उपहार र ओबेद नाममा बजारमा दालमोठ पठाउने गरेको पाइएपछि अनुगमन टोलीले उद्योगमा शील लगाएको छ ।

अखाद्य वस्तु बजारमा पठाएर उपभोक्ताको स्वास्थ्यमाथि खेलवाड गर्दै आएको प्रमाण देख्दा देख्दै पनि प्रशासनले भने उद्योग संचालक सुनिल केशरीलाई नियन्त्रणमा लिएको छैन ।
काठमाडौ जिल्ला प्रशासन कार्यालयले उद्योग संचालक केशरीलाई आइतबार बयानका लागि बोलाएको छ । केशरीले उपहार दालमोठ उद्योग संचालन गरेको तीन वर्ष भएको छ ।

वि.सं.२०७२ चैत २७ शनिवार १७:१५ मा प्रकाशित

You can share this post!

मुलुकको अर्थतन्त्रको आकार ५७ खर्ब चार अर्ब हुने प्रक्षेपण   

मुलुकको अर्थतन्त्रको आकार ५७ खर्ब चार अर्ब हुने प्रक्षेपण   

वि.सं.२०८१ वैशाख १९ बुधवार ०६:३४

काठमाडौँ : चालु आर्थिक वर्षमा आर्थिक व्ृद्धिदर तीन दशमलव ८७...

यस्तो रहनेछ आज दिनभरीको मौसम

यस्तो रहनेछ आज दिनभरीको मौसम

वि.सं.२०८१ वैशाख १९ बुधवार ०६:२३

काठमाडौँ, १८ वैशाखः हाल देशमा पश्चिमी वायु र स्थानीय वायुको...

आज १९ बैशाख २०८१ बुधवार, हेर्नुहोस् आजको राशिफल

आज १९ बैशाख २०८१ बुधवार, हेर्नुहोस् आजको राशिफल

वि.सं.२०८१ वैशाख १९ बुधवार ०६:१८

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...

डिजेल र मट्टितेलको मूल्य घट्यो, यस्तो छ नयाँ मूल्यसूची

डिजेल र मट्टितेलको मूल्य घट्यो, यस्तो छ नयाँ मूल्यसूची

वि.सं.२०८१ वैशाख १८ मंगलवार २१:४३

काठमाडौं । नेपाल आयल निगमले डिजेल र मट्टितेलको मूल्य घटाएको...

श्रमिकको सुरक्षा र लगानीमैत्री वातावरणमा जोड : चेम्बर अफ कमर्स   

श्रमिकको सुरक्षा र लगानीमैत्री वातावरणमा जोड : चेम्बर अफ कमर्स   

वि.सं.२०८१ वैशाख १८ मंगलवार १९:३९

काठमाडौँ, १८ वैशाख : नेपाल चेम्बर अफ कमर्सले श्रमिक वर्गको...

आर्थिक वृद्धिदर ३.५४ प्रतिशत अनुमान   

आर्थिक वृद्धिदर ३.५४ प्रतिशत अनुमान   

वि.सं.२०८१ वैशाख १८ मंगलवार १९:३५

काठमाडौँ, १८ वैशाख : राष्ट्रिय तथ्याङ्क कार्यालयले चालु आर्थिक वर्ष...