back
NMB ad

बैंकको उपस्थिति बिना संघीय नेपालको समृद्धि सम्भव छैनः गभर्नर नेपाल

Kumari bank ad

गोरखा । नेपाल राष्ट्र बैंकका गभर्नर डा. चिरञ्जीवी नेपालले मुलुकका सबै ठाउँमा बैंकको उपस्थिति विना संघीय नेपालको समृद्धि हुन नसक्ने बताएका छन् ।

गोरखाको धार्चे गाउँपालिकास्थित माछीखोलामा सिभिल बैंक लिमिटेडको शाखा कार्यालयको उद्घाटन गर्दै गभर्नर नेपालले मुलुकका दुर्गम स्थानसम्म वित्तीय पहुँच पुर्याउने लक्ष्यलाई सहयोग पुग्नेगरी राष्ट्र बैंकले नीतिगत व्यवस्था गरेको जानकारी दिए ।

मुलुकका ७५३ वटै स्थानीय तहमा वित्तीय पहुँच पुर्याउने राष्ट्र बैंकको नीतिगत अभियानमा सिभिल बैंकको धार्चे शाखाले अर्को ईंटा थपेको उल्लेख गर्दै उने भने, “सिभिल बैंकले गोरखाको विकट ठाउँमा वित्तीय सेवा विस्तार गरेकोमा म एकदमै खुशी छु ।”

यसरी ग्रामीण भेगमा बैंकको शाखा विस्तारले वित्तीय पहुँच र वित्तीय साक्षरता अभिवृद्धिमा महत्वपूर्ण योगदान पुग्ने विचार गभर्नर डा. नेपालले भने । “वित्तीय सेवाको पहुँच यसरी नै विस्तार हुँदै जाँदा त्यसले मुलुकको आर्थिक समृद्धिको दिशातर्फ उन्मुख गराउनेछ ।”

सो अवसरमा सिभिल बैंकका प्रमुख कार्यकारी अधिकृत गोविन्द गुरुङले धार्चे शाखाले यस क्षेत्रमा प्रभावकारी र गुणस्तरीय बैंकिङ सेवा उपलब्ध गराई उद्यम, व्यवसायको विकासमा सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे ।

साथै, उनले ग्रामीण अर्थतन्त्र उकास्नका निम्ति कृषि, पशुपालन, पर्यटन लगायतका क्षेत्रमा लगानी बढाउँदै ‘समृद्ध धार्चे’ को सपना साकार बनाउने लक्ष्यका साथ सहकार्य गरेर अघि बढ्ने उद्घोष गरे ।

गोरखाको बारपाकमा वित्तीय साक्षरता कार्यक्रम

त्यसैगरी, सिभिल बैंक लिमिटेडले गोरखाको सुलिकोट गाउँपालिकास्थित बारपाकमा २०७६ माघ १८ गते वित्तीय साक्षरता कार्यक्रम आयोजना गरेको छ । नेपाल राष्ट्र बैंकका गभर्नर डा. चिरंजीबि नेपालको प्रमुख आतिथ्यमा बैंकले उक्त कार्यक्रम आयोजना गरेको हो ।

सो अवसरमा गभर्नर डा. नेपालले सिभिल बैंकले आफ्नो शाखा नै नभएको बारपाकमा समेत वित्तीय साक्षरता कार्यक्रमको आयोजना गरेकोमा धन्यवाद दिँदै उक्त कार्यक्रमले बारपाकका जनतामा वचत गर्ने बानी र उद्यमशीलताको विकास गरी जीवनस्तर सुधारमा महत्वपूर्ण योगदान दिने विश्वास व्यक्त गरे ।

कार्यक्रममा सिभिल बैंकका प्रमुख कार्यकारी अधिकृत गोविन्द गुरुङले बैंक तथा वित्तीय संस्थाले आफ्नो ग्राहक तथा जनसाधारणलाई उपलब्ध गराउने विभिन्न किसिमका बचत, ऋण (कर्जा) तथा बैंकिङ सेवारसुविधाका बारेमा जानकारी दिनुभयो ।

नेपाल राष्ट्र बैंकका सञ्चालक रामजी रेग्मीले नागरिकमा औपचारिक साक्षरतासँगै वित्तीय साक्षरताको पनि आवश्यकता पर्नेमा जोड दिनुभयो ।

सो अवसरमा गभर्नरको कार्यालयका निर्देशक गोविन्दप्रसाद नागिलाले फजुल खर्चहरु घटाइ बचत गर्ने बानीको विकासले समृद्धितर्फ उन्मुख गराउने विचार व्यक्त गरे ।

कार्यक्रममा सुलिकोट गाउँपालिका वडा नं २ का अध्यक्ष लालबहादुर गुरुङले बारपाकमा वित्तीय साक्षरता कार्यक्रम आयोजना गरिदिनुभएकोमा कृतज्ञता प्रकट गर्दै यस कार्यक्रमले बारपाकका जनतालाई वित्तीय सेवातर्फ आकर्षण बढाउने विश्वास व्यक्त गरे ।

वि.सं.२०७६ माघ २१ मंगलवार १९:२३ मा प्रकाशित

You can share this post!

सिटिजन लाइफ इन्स्योरेन्सको लाभांश रद्द

सिटिजन लाइफ इन्स्योरेन्सको लाभांश रद्द

वि.सं.२०८१ वैशाख २५ मंगलवार १०:१५

काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले लाभांश रद्द गरेको...

आजको मौसम : यी स्थानमा पानी पर्ने सम्भावना

आजको मौसम : यी स्थानमा पानी पर्ने सम्भावना

वि.सं.२०८१ वैशाख २५ मंगलवार ०६:४८

काठमाडौँ, २५ वैशाख :हाल देशमा पश्चिमी वायु, स्थानीय वायुका साथै...

ललितपुर आगलागी : दुई बालिकाको मृत्यु, दुईको अवस्था गम्भीर   

ललितपुर आगलागी : दुई बालिकाको मृत्यु, दुईको अवस्था गम्भीर   

वि.सं.२०८१ वैशाख २५ मंगलवार ०६:२६

काठमाडौँ : ललितपुर महानगरपालिका-१७ ग्वार्कोस्थित एक टहरोमा आइतबार भएको आगलागीमा...

आज २५ बैशाख २०८१ मंगलवार, कस्तो छ आजको राशिफल ?

आज २५ बैशाख २०८१ मंगलवार, कस्तो छ आजको राशिफल ?

वि.सं.२०८१ वैशाख २५ मंगलवार ०६:२१

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...

एनआइसी एशिया बैंकले भाखा नाघेका ऋणिहरुलाई ब्याजदरमा भारी छुट दिने

एनआइसी एशिया बैंकले भाखा नाघेका ऋणिहरुलाई ब्याजदरमा भारी छुट दिने

वि.सं.२०८१ वैशाख २४ सोमवार २१:३०

काठमाडौं । एनआईसी एशिया बैंकले देशमा हाल कायम रहेको आर्थिक...

शेयर निष्कासन प्रक्रिया रोकिँदा जलविद्युतका आयोजनाको काम प्रभावित   

शेयर निष्कासन प्रक्रिया रोकिँदा जलविद्युतका आयोजनाको काम प्रभावित   

वि.सं.२०८१ वैशाख २४ सोमवार २१:१३

काठमाडोँ, २४ वैशाख : प्राथमिक (आइपिओ) हकप्रद शेयर निष्कासनका लागि...