काठमाडौं । बुधवार नेप्से कारोबार भएको पहिलो घण्टामा ३ दशमलव ६२ अंकले बढेर १ हजार ३४० दशमलव ६६ विन्दुमा पुगेको छ ।
१ हजार ३३८ दशमलव ५१ विन्दुबाट शुरु भएको परिसूचक कारोबारकोे यस अवधिमा शून्य दशमलव २७ प्रतिशत बढेको हो ।
यस अवधिसम्म कारोबारमा आएका १० समूहको परिसूचकमध्ये विकास बैंक, जलविद्युत र लघुवित्त समूहको परिसूचक बाहेक बाँकी ७ समूहको परिसूचक बढेको छ । पहिलो घण्टाको कारोबारमा १४५ ओटा कम्पनीको रू. १७ करोड बराबरको शेयर कारोबार भएको छ ।
यस अवधिमा गुराँस लाइफ इन्स्योरेन्सकोे सर्वाधिक कारोबार भएको छ । उक्त कम्पनीको रू. २ करोड ४७ लाख बराबरको शेयर कारोबार भएको छ । सो समयमा कम्पनीको शेयर मूल्य रू. ७६६ मा कारोबार भइरहेको छ ।
कारोबार रकमकै आधारमा दोस्रोमा नेपाल इन्स्योरेन्सको रू. १ करोड ८८ लाख बराबरको शेयर कारोबार भएको छ । सो समयमा कम्पनीको शेयर मूल्य रू. ४५६ रहेको छ ।
वि.सं.२०७६ माघ २२ बुधवार १२:१२ मा प्रकाशित