back
NMB ad

धादिङमा बुक बस सञ्चालन

Kumari bank ad

धादिङ । झट्ट हेर्दा दमकल जस्तो देखिने बाहिरी आवरण भएको गाडी विद्यार्थीको आकर्षणको केन्द्र भएको छ । त्यो गाडी दमकल नभई बुक बस अर्थात् मोबाइल पुस्तकालय हो ।

बुक बसमा कथा, कविता, तथा उपन्यासका नेपाली र अंग्रेजी भाषाका दुई हजारको हाराहारीमा पुस्तक रहेको बसकी सञ्चालक निशा कार्कीले बताइनन् ।

बुक बस माघ १५ गतेदेखि फागुन ७ गतेसम्म जिल्लाको गजुरी गाँउपालिकाको गजुरी बजार स्थित आर्दश माध्यमिक विद्यालय, सिद्धलेक गाउँपालिकाको आदमटार स्थित सत्यवती माध्यमिक विद्यालय र गल्छी गाँउपालिकाको बैरेनी बजार स्थित बागेश्वरी माध्यमिक विद्यालयमा चार दिन बुक बस रहनेछ । सत्यवती माध्यमिक विद्यालयमा बस लान बाटो नभएकाले भरीया मार्फत पुस्तक स्कुलमा पु¥याइने छ ।

बुक बस विद्यार्थीहरुको अलावा अभिभावक, शिक्षक र पुस्तकका पारखीहरुका लागि बहुउपयागी हुने विश्वास आयोजकहरुको छ । कारोवार दैनिकमा समाचार ।

फागुन ५ र ६ गते बुक बसका प्रशिक्षक र विद्यार्थीहरुले गरेको कामको प्रदर्शनी आदर्श मावि गजुरीमा हुने छ । प्रदर्शनीमा विद्यार्थीहरुले रचना गरेका कथा, कविता, गित र चित्रहरु प्रर्दशनी गरिने कार्कीले बताइन् ।

अमेरिकी दूतावासका सहयोगमा शैक्षिक तथा सांस्कृतिक योजनाहरुको प्रवन्धन सेवा उपलव्ध गराउने संस्था सालोरी सेन्टर फर द आर्टस् बुक बस अमेरिकन स्पेस कार्यक्रम अन्तरगत सञ्चालन भएको हो । बुक बसले अन्तर्रा्ष्ट्रिय संस्था पिस कोरसँगको सहकार्यमा बुक बस सञ्चालनमा ल्याएको छ ।

सामुदायिक विद्यालयका विद्यार्थीहरुलाई लक्षित गरी सञ्चालनमा ल्याइएको बुक बसबाट अन्तरजातिय द्वन्द्व, शिक्षा, प्रविधि, तथा नयाँ कुराहरुको जानकारी लिन सक्नेछन् ।

पुस्तकालयको सुविधा नभएका विद्यालयका विद्यार्थीलाई सिर्जनात्मक शैलीमा पढ्ने अवसर दिन बुक बस प्रभावकारी हुने भएकाले विद्यार्थीहरुले आफूलाई मन परेका पुस्तकहरु रोजेर पढ्न पाउने व्यवस्था छ । सन् २०१३ बाट सञ्चालनमा ल्याएको बुक बस धादिङ जिल्लामा दोश्रो पटक ल्याएको हो ।

वि.सं.२०७६ माघ २३ बिहीवार ११:२४ मा प्रकाशित

You can share this post!

आगामी बजेट पर्यटन, सीप विकास र उद्योग सञ्चालनमा जोड दिनुपर्ने    

आगामी बजेट पर्यटन, सीप विकास र उद्योग सञ्चालनमा जोड दिनुपर्ने    

वि.सं.२०८१ वैशाख १८ मंगलवार १७:५४

काठमाडौँ, १८ वैशाख : सांसदहरुले आगामी आर्थिक वर्षको बजेट खेल...

नागरिक लगानी कोषले सुपर खुदीको शेयर प्रत्याभूति गर्ने   

नागरिक लगानी कोषले सुपर खुदीको शेयर प्रत्याभूति गर्ने   

वि.सं.२०८१ वैशाख १८ मंगलवार १७:४४

काठमाडौँ, १८ वैशाख : नागरिक लगानी कोषले सुपर खुदी हाइड्रोपावर...

क्रेष्ट माइक्रो लाइफले आईपीओ निष्कासन गर्ने

क्रेष्ट माइक्रो लाइफले आईपीओ निष्कासन गर्ने

वि.सं.२०८१ वैशाख १८ मंगलवार १७:३७

काठमाडौं । क्रेष्ट माइक्रो लाइफ इन्स्योरेन्स लिमिटेडले आईपीओ निष्कासन गर्ने...

बीमकहरूका परिपालन अधिकृतहरूसँग छलफल एवम् अन्र्तक्रिया  कार्यक्रम सम्पन्न

बीमकहरूका परिपालन अधिकृतहरूसँग छलफल एवम् अन्र्तक्रिया कार्यक्रम सम्पन्न

वि.सं.२०८१ वैशाख १८ मंगलवार १७:३१

काठमाडौं । नेपाल बीमा प्राधिकरणको आयोजनामा आज प्राधिकरणको केन्द्रीय कार्यालय,...

नेप्सेमा एक कम्पनीको बोनस सेयरमा मूल्य समायोजन

नेप्सेमा एक कम्पनीको बोनस सेयरमा मूल्य समायोजन

वि.सं.२०८१ वैशाख १८ मंगलवार १७:२४

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)ले मंगलबार एक कम्पनीको मूल्य...

जापानमा आर्थिक वर्ष २०२३ मा रोजगारीको उपलब्धता घट्यो   

जापानमा आर्थिक वर्ष २०२३ मा रोजगारीको उपलब्धता घट्यो   

वि.सं.२०८१ वैशाख १८ मंगलवार १७:०५

टोकियो, १८ वैशाख : जापानको रोजगार उपलब्धता अनुपात आर्थिक वर्ष...