back
NMB ad

कागज उद्योग स्थापनाको तयारीमा बागमती प्रदेश सरकार

Kumari bank ad

हेटौंडा । मकवानपुरको मनहरीमा बाग्मती प्रदेश सरकारले कागज उत्पादन गर्ने उद्योग स्थापना गर्ने तयारी थालेको छ । सरकारी स्वामित्वको कागज उद्योग स्थापना गरी कायाज आयात न्यून गर्ने उद्धेश्यले प्रदेश सरकारले कागज उद्योगको डीपीआर तयारी शुरु गरेको हो ।

कागज उद्योग स्थापनाको मस्यौदामाथि छलफल भइरहेको बताइएको छ । प्रदेशको उद्योग, पर्यटन, बन तथा वातावरण मन्त्रालयले मनहरी गाउँपालिका–८ स्थित राप्तीको नदीउकास जमिनमा करिब दुई अर्ब रुपैयाँ लागतमा कागज उद्योग निर्माण गर्न लागिएको हो ।

नेपालमा प्रयोग हुने कागज बिदेशबाट आयात भइरहेकोले कागजमा आत्मनिर्भर बन्न उद्योग स्थापना गर्न लागिएको उद्योग, पर्यटन, बन तथा वातावरण मन्त्रालयले बताएको छ ।

प्रदेश सरकार, निजी क्षेत्र, संघीय सरकारसमेतको लगानीमा कागज उद्योग स्थापना गर्न लागिएको हो । हेटौंडा–मनहरी सडकखण्डको जयसिं नजिक जग्गाको टुंगो लागिसकेको छ ।

उद्योगी, सरकार र समुदायको साझेदारीमा छलफल गरेर काम अगाडि बढाउन लागिएको मन्त्री नेपालका निजी सचिव नवराज पुडासैनीले जानकारी दिए । तीन चरणको काम सकिएको उनले बताए ।

गाउँपालिका अध्यक्ष, सभासद र स्थानीयबासीसँग जग्गाको विषयमा छलफल गरी टुंगो लगाइएको उनले जानकारी दिए । कागज उद्योग सञ्चालनका लागि लगानीकर्ता र बैंकरसँगको छलफल पनि सकिएको छ ।

कच्चापदार्थको उपलब्धतादेखि उत्पादनलाई बजारीकरणसम्मको सम्भाब्यताबारे छलफल चलिरहेको छ । नाफामा जानसक्ने आधारहरु र सम्भाबित जोखिमका बारेमा बिस्त्रृत अध्ययन गर्न मन्त्रालयका सचिव शिव वाग्लेको संयोजकत्वमा सात सदस्यीय समिति पनि गठन गरिएको छ ।

वहुवर्षीय योजनामा राखेर काम गर्ने तयारी छ । चालू आर्थिक वर्षमा कागज उद्योगको डीपीआरका लागि रू.५० लाख उद्योग, पर्यटन, बन तथा वातावरण मन्त्रालयले छुट्याएको छ ।

कागज उद्योगका लागि पर्याप्त पानी आवश्यक पर्ने भएकाले राप्ती नदीउकास जमीन उपयुक्त हुने वातावरणबिदले सुझाएका छन् ।

कुन मोडालिटीमा उद्योग सफल रुपमा सञ्चालन गर्न सकिन्छ भन्ने विषयमा छलफल अगाडि बढाइएको छ । सरकारले मात्र उद्योग सञ्चालन गर्दा बिगतमा सरकारी उद्योगले भोग्नु परेको नियती नभोग्नका लागि मोडालिटीका बारेमा पनि छलफल जारी रहेको छ ।

निजी क्षेत्रसँगको साझेदारीमा उद्योग खोल्ने मोडालिटीमा सरकार र निजी क्षेत्रको शेयरमा कम्पनी तयार गरेर काम गर्न लागिएको उनले बताए । प्रदेश सरकारले निर्माण गर्न लागेको कागज उद्योगका लागि जग्गा व्यबस्थापन भएको मनहरी गाउँपालिका अध्यक्ष एकराज उप्रेतीले बताए ।

मनहरीमा सरकारी जमीन १० हजार रोपनीभन्दा बढी रहेको र भूउपयोग नीति बनाएर उद्योग स्थापना गर्ने तयारी गाउँपालिकाले गरिरहेको अध्यक्ष उप्रेतीले बताए । मनहरी गाउँपालिकाले ५ वर्षको आवधिक योजना तर्जुमा कार्यशाला शुक्रवार र शनिवार सम्पन्न गरेको छ ।

१० हजार रोपनीभन्दा बढी नदीउकास जमीनलाई उद्योग स्थापनाका लागि प्रयोगमा ल्याइने उनले बताए ।

वि.सं.२०७६ माघ २५ शनिवार १७:४९ मा प्रकाशित

You can share this post!

छुट्ला है, एक कम्पनीको लाभांश सुरक्षित गर्ने आज अन्तिम मौका

छुट्ला है, एक कम्पनीको लाभांश सुरक्षित गर्ने आज अन्तिम मौका

वि.सं.२०८१ वैशाख १८ मंगलवार १०:२७

काठमाडौं । आज वैशाख १८ गते मंगलबार सीइडीबी हाइड्रोपावरको लाभांश...

आजको मौसम : यी प्रदेशमा हुरीबतासको चेतावनी   

आजको मौसम : यी प्रदेशमा हुरीबतासको चेतावनी   

वि.सं.२०८१ वैशाख १८ मंगलवार १०:२२

काठमाडौँ, १८ वैशाखः हाल देशमा पश्चिमी वायु र स्थानीय वायुको...

श्रमिकको अवस्था सन्तोषजनक छैन : श्रम मन्त्री अर्याल   

श्रमिकको अवस्था सन्तोषजनक छैन : श्रम मन्त्री अर्याल   

वि.सं.२०८१ वैशाख १८ मंगलवार ०६:३७

काठमाडौँ : श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री डिपी अर्यालले संविधानले श्रमसम्बन्धी...

लगानी सम्मेलन : यी हुन् सम्पन्न भएका महत्वपूर्ण सम्झौता   

लगानी सम्मेलन : यी हुन् सम्पन्न भएका महत्वपूर्ण सम्झौता   

वि.सं.२०८१ वैशाख १८ मंगलवार ०६:२२

हेमन्त जोशी  काठमाडौँ : सोमबार यहाँ सम्पन्न दुईदिने लगानी सम्मेलनका...

इलाम – २ मा नेकपा (एमाले)का नेम्वाङ विजयी   

इलाम – २ मा नेकपा (एमाले)का नेम्वाङ विजयी   

वि.सं.२०८१ वैशाख १८ मंगलवार ०६:१२

फिक्कल (इलाम), १८ वैशाख: प्रतिनिधिसभा इलाम क्षेत्र नम्बर– २ मा...

आज १८ बैशाख २०८१ मंगलवार, कुन राशिको कस्तो छ ?

आज १८ बैशाख २०८१ मंगलवार, कुन राशिको कस्तो छ ?

वि.सं.२०८१ वैशाख १८ मंगलवार ०६:०५

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...