back
NMB ad

ग्लोबल आईएमई बैंकको नाफा ३७% वृद्धि : सवा अर्ब बढी लाभांश बाड्न सक्ने, यस्तो छ वित्तीय अवस्था

Kumari bank ad

काठमाडौं । ग्लोबल आईएमई बैंकले चालु आर्थिक वर्षको दोस्रो त्रैमाशमा नाफा ३७ प्रतिशत बढाएको छ । पुससम्म बैंकले १ अर्ब ६८ करोड ५९ लाख रुपैयाँ खुदनाफा गरेको छ ।

गत वर्षको सोही अवधिमा बैंकले १ अर्ब २२ करोड ९३ लाख रुपैयाँ खुदनाफा गरेको थियो । जनता बैंकलाई मर्ज गराएपछि ग्लोबलको नाफा ४५ करोड ४५ करोड ६५ लाख रुपैयाँ बढेको छ ।

६ महिनामा गरेको नाफाबाट बैंकले सेयरधनीलाई १ अर्ब २० करोड ८५ लाख रुपैयाँ लाभांश बाड्न सक्ने छ । समीक्षा अवधिमा बैंकले ४१ करोड ३९ लाख रुपैयाँ पुरानो कर्जा असुली गरेको छ ।

बैंकको निष्क्रिय कर्जा १.२० प्रतिशत छ । ६ महिनामा बैंकले ३ अर्ब ५४ करोड ८६ लाख रुपैयाँ खुदब्याज आम्दानी गरेको छ । अघिल्लो वर्षको सोही अवधिमा २ अर्ब ३८ करोड १० लाख रुपैयाँ खुदब्याज आम्दानी गरेको थियो ।

प्रतिसेयर आम्दानी २२ रुपैयाँ ५३ पैसा छ । बैंकको निक्षेप लागत ६.७९, सीसीडी ७८.९८, आधारदर ९.६४ र स्प्रेड ५.३१ प्रतिशत छ । बैंकका सञ्चित कोषको आकार बढेर ७ अर्ब ४८ करोड ४१ लाख रुपैयाँ पुगेको छ ।

वि.सं.२०७६ माघ २६ आइतवार ०८:१९ मा प्रकाशित

You can share this post!

मेक इन नेपाल : स्वदेशी सम्मेलन ३५ बुँदे घोषणापत्र जारी गर्दै सम्पन्न

मेक इन नेपाल : स्वदेशी सम्मेलन ३५ बुँदे घोषणापत्र जारी गर्दै सम्पन्न

वि.सं.२०८१ वैशाख २५ मंगलवार १७:३५

काठमाडौं । मेक इन नेपाल – स्वदेशी सम्मेलन ३५ बुँदे...

सनराइज होल्डिङ्सलाई एलएस क्यापिटलले कर्पाेरेट एडभाइजरी सेवा दिने

सनराइज होल्डिङ्सलाई एलएस क्यापिटलले कर्पाेरेट एडभाइजरी सेवा दिने

वि.सं.२०८१ वैशाख २५ मंगलवार १७:२३

काठमाडौं । एलएस क्यापिटल र सनराइज होल्डिङ्स प्राइभेट लिमिटेड बीच...

सानिमा बैंकका ग्राहकहरुलाई स्काइवाक टावरमा छुट

सानिमा बैंकका ग्राहकहरुलाई स्काइवाक टावरमा छुट

वि.सं.२०८१ वैशाख २५ मंगलवार १७:०८

काठमाडौं । सानिमा बैंकले आफ्ना ग्राहकहरुलाई डिजिटल बैंकिङ्गका माध्यमहरु प्रयोग...

सहकारीले बैङ्कभन्दा ठूलो कारोबार गर्दा समस्या आयो : मन्त्री अधिकारी   

सहकारीले बैङ्कभन्दा ठूलो कारोबार गर्दा समस्या आयो : मन्त्री अधिकारी   

वि.सं.२०८१ वैशाख २५ मंगलवार १६:५९

काठमाडौँ, २५ वैशाख : भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री...

सेयर बजारमा सामान्य सुधार, कारोबार रकम घट्यो

सेयर बजारमा सामान्य सुधार, कारोबार रकम घट्यो

वि.सं.२०८१ वैशाख २५ मंगलवार १५:१८

काठमाडौं । साताको तेस्रो कारोबार दिन सेयर बजारमा सामान्य सुधार...

लघुवित्त कम्पनीहरुको सेयर मूल्यमा उछाल, कुनको कति बढ्यो ?

लघुवित्त कम्पनीहरुको सेयर मूल्यमा उछाल, कुनको कति बढ्यो ?

वि.सं.२०८१ वैशाख २५ मंगलवार १५:१०

काठमाडौं । साताको तेस्रो कारोबार दिन सेयर बजारमा सामान्य सुधार...