back
NMB ad

एनसेललाई ९ मेगाहर्ज फ्रिक्वेन्सी

Kumari bank ad

काठमाडौं । नेपाल दूरसञ्चार प्राधिकरणले अक्सनमार्फत जितेको फ्रिक्वेन्सी एनसेललाई दिने भएको छ । प्राधिकरणको बोर्ड बैठकले एनसेललाई सर्तहरूसहित फ्रिक्वेन्सी दिने निर्णय गरेको हो ।

एनसेलले १८०० मेगाहर्ज ब्यान्डको बाँकी फ्रिक्वेन्सी अक्सनबाट जितेकोे हो । उसले माग गरेअनुसार नौ मेगाहर्जको फ्रिक्वेन्सी नै पाएको छ ।

नेपाल दूरसञ्चार प्राधिकरणका अध्यक्ष पुरुषोत्तम खनालका अनुसार एनसेललाई निश्चित सर्तहरू पालना गर्ने गरी फ्रिक्वेन्सी दिइएको हो । एनसेलले १८०० मेगाहर्ज ब्यान्डको नौ मेगाहर्ज फ्रिक्वेन्सी लिएसँगै ती सर्तहरू पनि पूरा गर्नुपर्नेछ ।

एनसेललाई सन् २०२० भित्र सहरी क्षेत्रका ९५ प्रतिशत मानिसलाई समेट्ने गरी फोरजी विस्तार गर्नुपर्ने र गाउँपालिकाको हकमा भने सन् २०२२ सम्म फोरजी सेवा उपलब्ध गराइसक्नुपर्ने सर्त रहेको छ ।

त्यस्तै, ९५ प्रतिशत पर्यटकीय क्षेत्र हाइवे, राष्ट्रिय निकुञ्जमा सन् २०२२ भित्र फोरजीको पहुँच पु¥याउनुपर्नेछ । सन् २०२२ सम्म एनसेलले ३ हजार नयाँ फोरजी साइट विस्तार गर्नुपर्नेछ ।

प्रयोगको हिसाबले एनसेलको फोरजीको स्पिड सहरी भेगमा न्यूनतम २० एमबीपीएस र ग्रामीण भेगमा १० एमबीपीएस हुनुपर्नेलगायत सर्त प्राधिकरणले राखेको छ ।

कभरेज विस्तार गर्न र सेवा बढाउन एनसेलले ३ हजार बढी नयाँ बीटीएस टावर जडान गर्नुपर्ने भएको छ । कम्पनीले दूरसञ्चार प्राधिकरणले उल्लेख गरेअनुसारको पर्यटकीय क्षेत्रमा सन् २०२० भित्रै नेटवर्क सेवा विस्तार गर्नुपर्नेछ भने महत्वपूर्ण राजमार्ग तथा तोकिएका स्थानमा गुणस्तर कायम हुने गरी सेवा विस्तार गर्नुपर्नेछ ।

लामो समयको पर्खाइ र विवादबीच अन्ततः एनसेलले १८०० सय ब्यान्डमा ९ मेगाहर्ज फ्रिक्वेन्सी प्राप्त गरेको छ । नेपाल दूरसञ्चार प्राधिकरणको गएको शुक्रबारको बोर्ड बैठकले बोलकबोलबाट एनसेलले प्राप्त गरेको फ्रिक्वेन्सी प्रयोग गर्न दिने निर्णय गरेको हो । गत शुक्रबार बसेको प्राधिकरण बोर्डले यो निर्णय गरेको भए पनि सोमबार मात्रै औपचारिकता पाएको छ ।

वि.सं.२०७६ माघ २८ मंगलवार ०६:३७ मा प्रकाशित

You can share this post!

पर्यटकीय राजधानीमा बसाइ लम्ब्याउन भ्यू फेवा, राउन्ड फेवा पदमार्ग   

पर्यटकीय राजधानीमा बसाइ लम्ब्याउन भ्यू फेवा, राउन्ड फेवा पदमार्ग   

वि.सं.२०८१ वैशाख २४ सोमवार १५:२७

गण्डकी, २४ वैशाख : पर्यटकीय राजधानी पोखरामा पर्यटकको बसाइ लम्ब्याउने...

नेपालमा ‘इन्ड्राइभ’को आधिकारिक रुपमा सेवा सुरु   

नेपालमा ‘इन्ड्राइभ’को आधिकारिक रुपमा सेवा सुरु   

वि.सं.२०८१ वैशाख २४ सोमवार १५:२३

काठमाडौँ, २४ वैशाखः राइड सेयरिङ एप ‘इन्ड्राइभ’ले आधिकारिक रुपमा आजबाट...

उच्च दरमा बढ्यो यी कम्पनीको सेयर मूल्य, कुनको कति ?

उच्च दरमा बढ्यो यी कम्पनीको सेयर मूल्य, कुनको कति ?

वि.सं.२०८१ वैशाख २४ सोमवार १५:१९

काठमाडौं । साताको दोस्रो कारोबार दिन सेयर बजार दोहोरो अंकले...

सेयर बजारमा १५ अंकको गिरावट, दुई कम्पनीमा नकरात्मक सर्किट

सेयर बजारमा १५ अंकको गिरावट, दुई कम्पनीमा नकरात्मक सर्किट

वि.सं.२०८१ वैशाख २४ सोमवार १५:१२

काठमाडौं । साताको दोस्रो कारोबार दिन सेयर बजार दोहोरो अंकले...

सिटिजन लाइफ इन्स्योरेन्ससहित यी १० कम्पनीमा झुम्मिए लगानीकर्ता, अन्य कुनको कति भयो कारोबार ?

सिटिजन लाइफ इन्स्योरेन्ससहित यी १० कम्पनीमा झुम्मिए लगानीकर्ता, अन्य कुनको कति भयो कारोबार ?

वि.सं.२०८१ वैशाख २४ सोमवार १५:०५

काठमाडौं । साताको दोस्रो कारोबार दिन सेयर बजार दोहोरो अंकले...

सवारी ‘लाइसेन्स’मा उठेका प्रश्नको समाधान गर्नुहोस् : प्रधानमन्त्री   

सवारी ‘लाइसेन्स’मा उठेका प्रश्नको समाधान गर्नुहोस् : प्रधानमन्त्री   

वि.सं.२०८१ वैशाख २४ सोमवार १४:५७

काठमाडौँ, २४ वैशाखः प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सवारी चालक अनुमतिपत्रको...