back
NMB ad

जेष्ठ नागरिकहरुलाई ५ हजार रुपैयाँ ‘प्रोत्साहन भत्ता’ दिने सरकारको घोषणा

Kumari bank ad

काठमाडौं । एक नम्बर प्रदेश सरकारले ९० वर्ष उमेर पुगेका जेष्ठ नागरिकहरुलाई ५ हजार रुपैयाँ ‘प्रोत्साहन भत्ता’ दिने घोषणा गरेको छ ।

बुधबार विराटनगरमा आयोजित एक कार्यक्रमकाबीच प्रदेश नम्बर एकका मुख्यमन्त्री शेरधन राईले एक सय वर्ष नाघेका चार जना जेष्ठ नागरिकलाई प्रोत्साहन भत्ता तथा सम्मान गर्दै ‘प्रोत्साहन भत्ता वितरण’ कार्यक्रमको शुभारम्भ गर्नुभएको हो ।

शुभारम्भ कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री राईले प्रदेश सरकारले जेष्ठ नागरिकहरुको सामाजिक सुरक्षाका लागि विशेष कार्यक्रम ल्याउने गरी योजना बनाइरहेको जानकारी दिनुभयो ।

उहाँले जेष्ठ नागरिकको अनुभव, ज्ञान र सीपलाई नयाँ पुस्तामा हस्तान्तरण गरे मात्र समृद्धि सम्भव हुने बताउनुभयो । उक्त कार्यक्रममा प्रदेश नम्बर एकका सामाजिक विकासमन्त्री जीवन घिमिरेले जेष्ठ नागरिकहरुका लागि प्रदेश नम्बर एकमा जेष्ठ नागरिक ग्राम बनाउन लागिएको जानकारी दिनुभयो ।

प्रदेश सरकारले यस आर्थिक वर्षको बजेटमा ९० वर्ष माथिका जेष्ठ नागरिकलाई नगदसहित सम्मान गर्ने घोषणा गरेको थियो । प्रदेश नम्बर एकमा ९० वर्ष उमेर पुगेका करीब २ हजार ७ सय जेष्ठ नागरिकहरुको तथ्याङ्क संकलन भएको छ ।

प्रदेश नम्बर एकमा एक सय ३७ वटा पालिकाहरु रहेकोमा ४३ वटा पालिकाहरुले मात्र जेष्ठ नागरिकको तथ्याङ्क पठाएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

सम्बन्धित जेष्ठ नागरिकहरुलाई सम्बन्धित पालिकाबाट नै प्रोत्साहन भत्ता प्रदान गर्ने गरी रकम पठाइसकिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

वि.सं.२०७६ माघ २९ बुधवार १५:२९ मा प्रकाशित

You can share this post!

अर्थतन्त्रमा सकारात्मक संकेतहरु देखा परेका छन्ः अर्थमन्त्री पुन

अर्थतन्त्रमा सकारात्मक संकेतहरु देखा परेका छन्ः अर्थमन्त्री पुन

वि.सं.२०८१ वैशाख १९ बुधवार १६:३८

काठमाडौं । अर्थमन्त्री वर्षमान पुन अनन्तले अर्थतन्त्र शिथिलताबाट बाहिर आउन...

धादिङको तेम्बाह्यारा महभिरमा ‘हनी हन्टिङ’   

धादिङको तेम्बाह्यारा महभिरमा ‘हनी हन्टिङ’   

वि.सं.२०८१ वैशाख १९ बुधवार १६:२९

धादिङ : साहसिक पर्यटनको अत्याधिक सम्भावना बोकेको धादिङको गङ्गाजमुना गाउँपालिका–२...

नेपाल वेस्ट इन्डिज ‘ए’सँग पराजित   

नेपाल वेस्ट इन्डिज ‘ए’सँग पराजित   

वि.सं.२०८१ वैशाख १९ बुधवार १६:०८

काठमाडौँ, १९ वैशाख : टी–ट्वान्टी शृङ्खलाको तेस्रो खेलमा नेपाल वेस्ट...

श्रमिकको न्यूनतम पारिश्रमिक वृद्धि गर्न पहल गर्छु : प्रधानमन्त्री दाहाल   

श्रमिकको न्यूनतम पारिश्रमिक वृद्धि गर्न पहल गर्छु : प्रधानमन्त्री दाहाल   

वि.सं.२०८१ वैशाख १९ बुधवार १५:२२

काठमाडौँ, १९ वैशाख : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अनौपचारिक क्षेत्रमा...

उनन्तिसौँ पटक सगरमाथा आरोहण गर्दै कामिरिता   

उनन्तिसौँ पटक सगरमाथा आरोहण गर्दै कामिरिता   

वि.सं.२०८१ वैशाख १९ बुधवार १५:१४

सिबी अधिकारी  काठमाडौँ, १९ वैशाख : सगरमाथाको २८ पटक आरोहण...

श्रम मन्त्रालयद्वारा ‘श्रमदान’ अभियानको घोषणा   

श्रम मन्त्रालयद्वारा ‘श्रमदान’ अभियानको घोषणा   

वि.सं.२०८१ वैशाख १९ बुधवार १५:१०

काठमाडौँ, १९ वैशाख : श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले...